×

NIC ASIA

सिँचाइ सुविधाले किसान खुशी

कात्तिक ३, २०७९

Prabhu Bank
NTC
Premier Steels

धनुषाको सबैलाका किसान श्यामदेव यादवलाई यसपटक धानखेतीका समयमा सिँचाइको खासै समस्या भएन ।

Muktinath Bank

विगतमा आकाशे पानीको भरमा खेती गर्दै आएका उनलाई यस वर्ष धेरै वर्षा नभए पनि धानखेतीका लागि चाहिने सिँचाइका लागि समस्या भएन ।  किसानलाई सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइ नहर प्रणालीअन्तर्गत सिँचाइ सुविधा पुर्‍याएपछि किसान यादवले बर्सेनि धानबाली लगाउने बेलामा भोग्दै आएको सिँचाइको समस्याबाट छुटकारा पाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'अघिल्लो वर्षहरुमा खेती गर्न सिँचाइको ठूलै समस्या भोग्नुपर्दथ्यो', उनले भने, 'तर यसपालि कुलोमा समयमै पानी आयो, त्यसैले समयमै धान खेती गर्न भ्याइयो ।' पहिलाको जस्तो यसपालि खेती गर्न पानीको कुनै समस्या भएन उनको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

विगतमा धानखेतीयका लागि वैकल्पिक सिँचाइको भर पर्नुपर्ने समस्या भोग्दै आएका सिरहाको औरहीका किसान असर्फी साहले पनि यसपालि धानखेतीका लागि पानीको कुनै समस्या नभएको बताए ।

Vianet communication

'सिँचाइ सुविधा नहुँदा खेतीपातीको लागि पहिला पहिला कि त आकाशे पानीको भर पर्नुपर्दथ्यो कि विद्युतीय मोटर वा अन्य वैकल्पिक सिँचाइको व्यवस्था गरेर खेती गर्नुपर्दथ्यो', उनले भने, 'तर यसपालि कुलोमा पानी आएपछि सहजरुपमा सिँचाइ गर्न पाएँ ।' अब सायद हामीलाई सिँचाइ गर्न पानीको खासै समस्या हुँदैन होला, उनको विश्वास छ । 

'केही वर्षअघि सम्म गाउँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका थिए', उनले भने, 'यसका कारण समयमा वर्षाको भएको वर्षमा राम्रो धान खेती हुन्थ्यो, वर्षा नहुँदा अधिकांश खेत बाँझो नै रहन्थ्यो', 'तर पूर्वी नहरमार्फत किसानको खेतमा पानी आएपछि खेती गर्न सहज भएको छ,'उनले भने ।   

विगतका वर्षहरुमा वर्षा नहुँदा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने समस्यालाई दृष्टिगत गरी कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला नदीबाट सिँचाइ गर्न विभिन्न पूर्वाधार निर्माण गरेपछि किसानको खेत खेतमा पानी पुगेको हो । 

सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा धनुषा र सिरहातर्फ करिब छ किलोमिटर पक्की नहर निर्माण गरेको छ । सो अवधिमा पानी निकास र नियन्त्रणका लागि ५३ वटा पानी निकास गेट र ३५ वटा भिआरबी निर्माण गरिएको कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए । 

यस्तै सो अवधिमा धनुषा, सिरहा, सप्तरी र सिरहामा गरी चार जिल्लामा ३३ वटा डिप ट्युबेल जडानसँगै ५४ वटा डिप ट्युबेलमा पम्प हाउस तथा स्टोरेज ट्र्याकसमेत निर्माण गरिएको कार्यालय प्रमुख यादवले बताए ।

प्रमुख यादवका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सिरहाको औरहीमा एउटा साइफन, सिरहाकै विष्णुपुरस्थित हनुमान चोकमा एउटा स्केप र सिरहाको अर्नमा गाउँपालिकास्थित मैनाबती खोलामा दुई वटा हेडवक (पक्की बाँध) समेत निर्माण गरिएको छ ।

कमला सिँचाइ पश्चिमी नहर प्रणालीअन्तर्गत धनुषाको पूर्वी नहर प्रणाली, पश्चिमी नहर प्रणाली र हर्दिनाथ सिँचाइ प्रणालीमा करिब १० किलोमिटर सडकमा ग्राभेल गरिएको प्रमुख यादवको भनाइ छ । 

सिरहाको औरही शाखामा दुई वटा ड्रप स्टेक्चर निर्माणसँगै ४१ किलोमिटर नहरमा सरसफाइ गरिएको छ । आव २०७८/७९ मा छ सय आठ मिटर क्षेत्रफलमा नहर तथा संरचना संरक्षण कार्य गरिएको, २८ स्थानमा आउटलेट र आठ स्थानमा इनलेट निर्माण कार्य गरिएको उनले बताए ।

सो कार्यालयद्वारा निर्माण गरिएको सिँचाइ संरचनाका कारण आव  २०७८/७९ मा धनुषा, सिरहा, सप्तरी, महोत्तरीमा करिब एक हजार छ सय ९५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको प्रमुख यादवले जानकारी दिए । 

कमला सिँचाइ पश्चिमी नहर प्रणाली, पूर्वी नहर प्रणाली र हर्दिनाथ नहर प्रणालीमार्फत वर्षायाममा २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदैआएको जनाएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

जेठ २, २०८१

जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x