×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद : टेनिसमा गण्डकीका प्रदीपलाई ह्याट्रिक स्वर्ण

कात्तिक ३, २०७९

NTC
Premier Steels

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका प्रदीप खड्काले व्यक्तिगत विधामा बिहीवार स्वर्ण पदक जित्दा समग्रमा तीन इभेण्टमा तीन स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका छन् । बिहीवार पोखरा रंगशाला टेनिस कोर्टमा व्यक्तिगत विधामा स्वर्ण पदक जित्दै स्वर्णको ह्याट्रिक गरेका हुन् । व्यक्तिगत विधामा टेनिसका शीर्ष वरियताका खड्काले एनआरएनका आरभ हाडालाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

Muktinath Bank

०–३ सेटको दयनीय अवस्थामा पुगेका प्रदीपले लगातार सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट टाईब्रेकरमा लिँदै खेलमा फर्किएका थिए । आफ्नो सर्भिस प्वाइन्ट गुमाएपछि दबाबमा रहेको प्रदीपले खेल उल्ट्याउन निकै मेहनत गरे । एकपछि अर्को सर्भिस ब्रेक गरेपछि खड्का खेलमा फर्किएका थिए । ६–६ को अवस्था निकै प्रतिष्पर्धात्मक रह्यो । टाईबेकमा ७–६ (७) ले लिँदै पहिलो सेट आफनो पक्षमा पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सेटले पछि परेका आरभ दोस्रो सेटमा भने प्रतिष्पर्धात्मक बन्नै सकेनन् । दोस्रो सेट ६–३ ले सोझो रुपमा लिएपछि प्रदीपले टेनिसका तीन विधामा तीन स्वर्ण पक्का गर्दै ह्याट्रिक गरे । महिला एकलतर्फको प्रतिष्पर्धामा नेपाली सेनाकी अभिलाषाले सेनाकै इरा रावतलाई ६–१, ६–६ सेटमा पराजित गर्दै स्वर्ण जितिन् । पुरुष सशस्त्र प्रहरीका सन्तोष खत्री र नेपाली सेनाका प्रणव खनालले कास्य जिते ।


Advertisment
Nabil box
Kumari

महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा वागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जित्न सफल भए ।  पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडी रजत पदक जितेको छ । गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जिते । गण्डकी प्रदेशले पुरुष टिम इभेण्टमा समेत स्वर्ण पदक जितेको थियो ।

Vianet communication

टेनिसमा विभागीय नेपाली सेना चार स्वर्णसहित दश पदक जितेर टिम च्याम्पियन बनेको छ । यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर द्वितीय बन्न सफल भयो । वागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते । नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x