×

NMB BANK
NIC ASIA

प्लाष्टिकबाट बनेको फूलको बिक्री वितरणमा रोक, भण्डारण गरेको पनि भेटिए १ लाख जरिबाना

कात्तिक ३, २०७९

NTC
Premier Steels

वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलको उत्पादन, आयात बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ । तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलको आयात र बिक्री वितरणमा रोक लगाएको हो । 

Muktinath Bank

वातावरण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रवारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताए । उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलको उत्पादन, आयात बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीवारको सूचनामार्फत सचेत गराएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरू बिक्री बढ्ने भएकाले बिक्री-वितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको प्रष्ट पारे । घिमिरेले गत साउनदेखि नै  प्लाष्टिकजन्य फूलमालाको आयात प्रतिबन्ध रहेको बताए । उनले तिहार र छठजस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दा–गर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिबाना गरिने बताए । 


Advertisment
Nabil box
Kumari

उनले अनुगमनका क्रममा सरकारको निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को  खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिबाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिबाना हुने सूचनामा उल्लेखअनुसार नै कारबाही गरिने बताए । 

Vianet communication

‘प्लाष्टिकका फूलहरू बिक्रीवितरण नगर्नु भनेर वातावरण विभागले आज सूचना दिएको हो । तर, यो गत साउन १२ गते राजपत्रमा प्रकाशित सूचनाको जानकारी हो । सरकारको उद्धेश्य तिहारलगायतका चाडपर्वहरूमा प्लाष्टिकजन्य फूल तथा झल्लरहरूको बिक्री–वितरण रोक्नको लागि सूचना जारी गरिएको हो । यस्ता फूलको आयात गत साउनमा नै आयातमा रोक लगाइसकेको हो । भन्सारमा प्लाष्टिकबाट बनेका फूल, झल्लरहरू आयात गर्न पाइँदैन’, घिमिरेले भने, ‘अहिले विगतमा आयात गरेर स्टोरमा रहेका फूलहरू तिहारमा बजारमा बिक्रीवितरणमा वा प्रयोग नगर्न सचेतनाको लागि सूचना जारी गरिएको हो । बजारमा प्लाष्टिकजन्य फूलहरू प्रयोग नगर्न भोलिदेखि नै माइकिङ गर्छौं । शुक्रवार र शनिवार दिनभर माइकिङ गर्छौंं । माइकिङ गर्दै बजार अनुगमनमा जान्छौँ । यस्ता फूलहरूको प्रयोग नगर्दा जानकारी गराएपछि पनि अनुगमन गर्दा यस्ता सामान बजारमा भेटियो भने कारबाही गर्ने चरणमा जान्छौँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

बैशाख ६, २०८१

नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिना...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x