×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

रेखा थापाको प्रवेशले रोचक बनेको मोरङ– ३ को चुनाव : ढकाल र शर्मामा को अब्बल ?

कात्तिक ६, २०७९

NTC
Premier Steels

मोरङको क्षेत्र नम्बर ३ मा ३३ जना उम्मेदवार चुनावी मैदानमा छन् । ३३ मध्ये १९ जना स्वन्तन्त्र हुन् ।

Muktinath Bank

उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा. सुनिल शर्मा, विपक्षी गठबन्धनका तर्फबाट एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल मुख्य प्रतिस्पर्धी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस र एमाले नेतृत्वको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको यस क्षेत्रको चुनावी माहोललाई थप तताउने काम गरेकी छन्, पूर्व नायिका समेत रहेकी नेतृ रेखा थापाले । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी रेखा उक्त पार्टीकी केन्द्रीय सदस्य हुन् ।


Advertisment
Nabil box
Kumari

२०७४ को निर्वाचनमा यस क्षेत्रमा ढकाल र शर्माबीच टक्कर परेको थियो । अहिले रेखा पनि थपिँदा चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।

Vianet communication

यस क्षेत्रमा नेमकिपाका ओमनारायण राजवतार, लोकतान्त्रिक समाजवादी पार्टीका भवन राई, हाम्रो नेपाली पार्टीका खगेन्द्रप्रसाद न्यौपाने, नेकपा मालेका उद्धिमबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिकादेवी लिम्बू, नेसनलिस्ट पिपल्स पार्टीबाट नारायण शर्मा, समाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती पनि चुनावी मैदानमा छन् ।

अन्य स्वतन्त्रहरूमा दिनेश चापागाईं, जयराज संयोग, कृष्ण राई, पंकजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला उम्मेदवार बनेका छन् ।

भानुभक्तलाई रुष्ट मतदाता फकाउने चुनौती

मोरङ क्षेत्र नम्बर ३ मा अघिल्लोपटक वाम गठबन्धनका उम्मेदवार भएका ढकाल यसपटक पनि चुनावी प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धी पुरानै भएपनि परिस्थिति फेरिएको छ ।

गएको कार्यकालमा उनी लामोसमय मन्त्री रहे । तीनपटकसम्म मन्त्री हुँदा पनि चुनावी वाचा पूरा नगरेको भन्दै कार्यकर्ता र आम मतदाता उनीसँग रुष्ट छन् ।

तर, यस क्षेत्रका एमालेकै कार्यकर्ताहरूले ढकाललाई चतुर खेलाडी पनि भन्ने गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले १० बुँदे पक्षधर नेताहरूलाई पाखा लगाएको आरोप लागे पनि ढकालले आफ्नो क्षेत्रमा नेताहरूलाई समेटेका छन् ।

प्रदेशसभाका दुवै क्षेत्रमा १० बुँदे पक्षधर नेतालाई टिकट दिएर असन्तुष्ट पक्षलाई समेट्ने प्रयास उनले गरेका हुन् । प्रदेशसभा क्षेत्र नं. ३ (१) मा पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान मेयर दिलिपकुमार राई (किशोर) र ३ (२)मा बेलबारी नगरपालिकाका निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदीलाई टिकट दिलाएर आफू सुरक्षित हुन खोजेको चर्चा छ ।

दुवैजना मेयर हुँदा खासै विवादमा परेनन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्ने भनेर उत्तरी मोरङका जनप्रतिनिधि तथा कार्यकर्ताहरूलाई तयारीमा अवस्थामा थिए । अन्तिम दिन अर्थात् भदौ २२ गते हस्ताक्षर गर्न नगएर उनीहरू एमालेमै बसेका थिए ।

त्यतिबेलै ओलीले फोन गरेर फेरि मेयरको टिकट दिने भनी मनाएको चर्चा भएको थियो । तर, ओलीकै समकालीन नेता गुरु बराल र भानुभक्त ढकालबीच कुरा नमिल्दा उनीहरूले मेयरको टिकट पाएनन् ।

अहिले ढकालकै जोडबलमा दुवै नेताले प्रदेशसभाको टिकट पाएका छन् । 

अर्को खेमालाई समेट्न प्रयास गर्दा ढकाललाई संस्थापन समूहबाटै चुनौती थपिएको छ । अध्यक्ष केपी ओली खेमाकै नेताहरू रामकुमार बस्नेत लगायत असन्तुष्ट छन् ।

ढकालको चुनावी नारा अधुरा काम पूरा गर्छु भन्ने छ ।

उनले कांग्रेसका उम्मेदवार शर्मालाई राजनीतिज्ञ नभएर व्यवसायी भन्ने गरेका छन् ।

‘उहाँलाई म सफल व्यवसायीका रूपमा चिन्छु । उहाँले सफलता प्राप्त गरेकै क्षेत्रमा रहनुभएको भए हुन्थ्यो,’ ढकालले भन्ने गरेका छन् ।

शर्मालाई छैन आफ्नैको भर

कांग्रेसका महासमिति सदस्य सुनिल शर्माका लागि आफ्नै पार्टीभित्र असन्तुष्टि मिलाउन मुस्किल छ । उनी कांग्रेसको संस्थापनइतर समूहका हुन् ।

उक्त क्षेत्रमा शर्माले टिकट पाएपछि संस्थापन पक्षका नेताहरू चुपचाप छन् । सुन्दरहरैँचाका निवर्तमान मेयर समेत रहेका शिवप्रसाद ढकाल सो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता मानिन्छन् । 

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनमा ढकाल सचिवको उम्मेदवार समेत बनेका थिए । मोरङमा सिटौला समूह मिल्दा पनि संस्थापन इतर समूहलाई हराउन भने सकेनन् । शर्मासँगको चुनावी अभियानमा पनि संस्थापन पक्षका नेताहरू खुलेर हिँडेका छैनन् । 

उनको घर बेलबारी हो । बेलबारीमा शर्माको आफ्नै पहुँच छ भने सुन्दरहरैँचामा संस्थापन पक्षको असहयोग देखिएको चुनावी अभियानमा हिँडेका नेताहरू बताउँछन् । 

सुन्दरहरैँचामा प्रभाव पार्न सक्ने प्रदेशका गठबन्धनतर्फका एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मी श्रेष्ठलाई उनी सँगै लिएर हिँड्छन् । शर्माले चुनावी एजेन्डा पुरानै बनाएका छन् ।

उनले स्वास्थ्य, शिक्षा, यातायात र रोजगारी मुख्य एजेन्डा बनाएका छन् । ढकाललाई दोब्बर मतले जित्ने उनको दाबी छ । ‘अघिल्लो चुनावमा थोरै मतले मात्रै हारें, यसपटक गठबन्धनको समेत साथ रहेकाले दोब्बर मतले जित्छु,’ उनले भने ।

भानुभक्त पाहुना उम्मेदवार भएको जिकिर गर्दै शर्माले यसपटक उनलाई बिदाइ गर्ने बताए । प्रदेशसभामा ३ (१) मा संस्थापन पक्षका नेता समेत रहेका प्रदेश १ का वन तथा वातावरण मन्त्री शेखरचन्द्र थापा उम्मेदवार छन् ।

गत चुनावमा ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए । अघिल्लोपटक गाडी लिएर भोट माग्न हिँड्ने उम्मेदवार यसपटक भने मोटरसाइकलमा भोट मागिरहेका छन् । 

रेखालाई ज्योतिषीको भरोसा 

रेखाको उम्मेदवारीले ठूला दलका उम्मेदवारलाई पनि प्रभाव पर्ने देखिएको छ ।

लामो समयसम्म फिल्म क्षेत्रमा रमेकी रेखाले शर्मा र ढकालका लागि चुनौती खडा गरेकी छन् । साइत हेराएर चुनावी अभियान शुरू गरेकी रेखाले मतदातालाई फकाउन कुनै कसरत छाडेकी छैनन् ।

ज्योतिषीले चुनाव जित्छौ भनेकाले उनी आशावादी देखिन्छिन् । तामझाम गर्दै घरदैलो र भोट माग्नमा उनी व्यस्त छिन् । आवश्यक पर्दा नाचागन पनि गर्छिन् ।

अघिल्ला चुनावमा जितेका सांसदले काम नगरेपछि आफू जन्मभूमि फर्किएर उम्मेदवारी दिएको उनको भनाइ छ । उनले महिलालाई विशेष ध्यान दिएर चुनावी अभियान अगाडि बढाएको देख्न सकिन्छ ।

मोरङको ३ नम्बर क्षेत्रमा ४ पालिकाका २६ वडा छन् । सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका गरी २६ वटा वडा मोरङको ३ नम्बर क्षेत्रमा पर्छन् ।

सुन्दरहरैँचाका ६, बेलबारीका ८, कानेपोखरीका ४ र पथरी शनिश्चरेका ८ वडा मोरङ– ३ मा समेटिएको छ । यस क्षेत्रमा १ लाख ४९ हजार ८३३ मतदाता छन् ।

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत हेर्दा सत्ता गठबन्धन बलियो देखिएको छ । एकल मतमा भने एमाले थोरै अगाडि छ ।

एमालेको ३७ हजार ४१० र जसपाको ४६३ मत छ । जसपा एमाले गठबन्धनमा ३७ हजार ८७३ मत देखिएको छ । मोरङमा राप्रपा आफैं चुनावी मैदानमा छ । राप्रपाको २ हजार १२१ मत छ ।

अर्कातर्फ कांग्रेसको ३६ हजार ९१६, माओवादीको ७ हजार ३७३, एसको १ हजार ८५५ मत रहेको छ । सत्ता गठबन्धनको कूल मत ४६ हजार १४१ मत रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x