×

NMB BANK
NIC ASIA

५० कविताको संग्रह 'नदीको तिर्खा' लिएर आइन् अमृता स्मृति

कात्तिक ६, २०७९

NTC
Premier Steels

कवि अमृता स्मृतिको नयाँ कविता कृति 'नदीको तिर्खा' लोकार्पण गरिएको छ ।

Muktinath Bank

हिजो (शनिवार) काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रम आयोजना गरि कविता कृतिको विमोचन गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा नदीको तिर्खा पुस्तकमा समावेश कविताहरूको चर्चा परिचर्चा गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

पुस्तकमाथि धारणा राख्दै कवि उमेश अकिञ्चनले कवि अमृता स्मृतिको कविता सशक्त र सरल रहेको बताए ।

Vianet communication

उनले कवितामा नारी विद्रोह समेत समावेश गरेको उल्लेख गरे ।

उनले भने,'समग्रमा कविता कृति विभेद विरुद्धको पैरवी गरेको मैले पाएँ, जुन साँच्चै राम्रो छ ।'

कार्यक्रमका विशिष्ट र अतिथि शैलेश साकारले अहिलेको समयको आवाज कवि स्मृति भएको बताए ।

उनले पुस्तकमाथि धारणा राख्दै कविले कवितामार्फत विद्रोह गरेको सुनाए ।

उनले भने,'अहिले देशको अवस्था नै यस्तै छ, कवितामा विद्रोह छ, शक्तिशाली छ ।'

विशिष्ट  अतिथि कवि साकारले कवितामा परिष्कृत विम्बको प्रयोग भएको बताए ।

उनले भने,'म कविता संग्रहको शीर्षकबाटै प्रभावित भएँ ।'

कार्यक्रममा प्रमुख  अतिथि रहेका  वरिष्ठ कवि तुलसी दिवसले कवितामा कवि इमानदारी भएको सुनाए ।

कवि अमृता स्मृतिले कविता संग्रहमा सशक्त कविता लेखेको सुनाए ।

कवि तुलसी दिवसले चर्चाको लागि मात्रै कविता लेख्न नहुने उल्लेख गरे । 

उनले भने,' पारिवारिक मात्रै हैन राष्ट्रिय घटनामा पनि कविता लेख्न सक्नुपर्छ, यसमा कवि इमानदारी हुनुपर्छ, यसमा कवि अमृता स्मृति सजग हुनुहुन्छ ।'

कविता संग्रह लोकार्पण कार्यक्रममा बोल्नेहरू सबै कवि रहेको भन्दै वरिष्ठ कवि तुलसी दिवसले खुशी व्यक्त गरे ।

'भाषा शैली र प्रस्तुतिमा कविको आफ्नो पन देखिएको छ, जुन निकै राम्रो छ,' उनले भने ।

कवि अमृता स्मृतिले कार्यक्रममा १० वर्षपछि नयाँ पुस्तक सार्वजनिक गर्न पाउँदा खुशी लागेको सुनाइन् ।

उनले कविता कृतिप्रति आआफ्नो सल्लाह सुझाव दिन आग्रह गरिन् ।

कविता संग्रहमा ५० वटा कविता संग्रहित छन् ।

पुस्तकको मूल्य ३५० रुपैयाँ छ ।

पहिलो कृति स्मृतिका आवाजहरू  करीब १० वर्ष अघि नै सार्वजनिक भएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x