×

NMB BANK
NIC ASIA

प्रिमियरमा ‘महापुरूष’लाई उत्कृष्ट प्रतिक्रिया, निश्चल भन्छन् – प्रदीपको अर्को ‘ब्लकबस्टर’ फिल्म

कात्तिक ७, २०७९

NTC
Premier Steels

आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘महापुरुष’को ग्राण्ड प्रिमियर शो आयोजना गरिएको छ । आइतवार बेलुका राजधानीमा गरिएको प्रिमियरमा पुगेर थुप्रै फिल्मकर्मी एवं सञ्चारकर्मीहरूले ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराई निर्देशित एवं महजोडी अभिनित फिल्म हेरेका छन् । 

Muktinath Bank

प्रदर्शनको पाँच दिन अगाडि बिरलै फिल्मले प्रिमियर गर्ने आँट गर्छन् । किनकि, प्रिमियरमा मिलेको प्रतिक्रियाले फिल्म चम्किन र डुब्न पनि सक्छ । यद्यपि, ‘महापुरुष’ फिल्मले प्रिमियरमा प्रशंसा मात्र कमाएको छ । अभिनेता दीपकराज गिरी, किरण केसी, निश्चल बस्नेतदेखि स्वस्तिमा खड्का, केकी अधिकारीसम्मले फिल्म एकदमै राम्रो बनेको बताएका छन् । कलाकार किरण केसीले ‘महापुरूष’ उत्कृष्ट फिल्म बनेको भन्दै तारिफ गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

फिल्म हेरेपछि अभिनेता दीपकराज गिरीले फेसबुकमा लेखेका छन्, ‘महापुरुष । पारिवारिक मिठो फिल्म स–परिवार हेर्नु होला । हाम्रो महा–विश्वविद्यालय आदरणीय हरि दाइ, मदन दाइ, त्यस्तै प्रिय भाइ प्रदीप भट्टराई, रविन्द्र सिंह बानियाँ तपाईंहरूको मेहनत सफल होस् । सम्पूर्ण टिमलाई शुभकामना ।’ 

Vianet communication

अभिनेता एवं निर्देशक निश्चल बस्नेतले ‘महापुरुष’लाई प्रदीप भट्टराईको अर्को ब्लकबस्टर फिल्म भनेका छन् । ‘प्रदीप भट्टराईको फेरि अर्को ब्लकबस्टर महापुरुष । महको स्वाद गज्जब छ । भाइटीकाको भोलिपल्ट, ढुक्क भएर टिकट काट्नुहोला’, निश्चलले फेसबुकमा लेखेका छन् । 

फिल्म हेर्न निश्चल श्रीमती स्वस्तिमा खड्कासँग हल पुगेका थिए । अभिनेत्री स्वस्तिमाले फिल्म हेर्दा मज्जा आएको सञ्चारकर्मीमाझ प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘फिल्ममा जुन कुरा देखाइएको छ, त्यो धेरै राम्रोसँग पस्किएको छ । कलाकार छनोट एकदमै राम्रो छ । नयाँ कलाकार अरुण क्षेत्रीले त फाडिदिएको छ । प्रदीप भट्टराई दाइले अब डबल ह्याट्रिक गर्नुहुनेछ ।’ 

अर्की अभिनेत्री केकी अधिकारी ‘महापुरूष’लाई फिल्म मात्र भन्न चाहन्नन् । उनले फिल्मले बलियो सन्देश प्रवाह गरेको उनको बुझाइ छ । उनले भनिन्, ‘यो फिल्म मात्र होइन, बलियो सन्देश बोकेको फिल्म हो । फिल्मले प्रश्न खडा गर्छ । बुबा–आमाको सम्बन्ध हामी स्वीकार गर्दैनौँ । हामीले यो सही गरेका छौँ कि गलत भनेर फिल्मले प्रश्न छोडेर जान्छ । कलाकारको काम त कुरै नगरौँ ।’ 

बेनिशा हमालले फिल्म राम्रो मात्र नभई एकदमै राम्रो बनेको भन्दै प्रशंसा गरिन् । अभिनेता एवं निर्देशक खगेन्द्र लामिछाने ‘महापुरूष’लाई बाको कथामा बनेको उत्कृष्ट फिल्म भन्छन् । उनले बालकदेखि वृद्धसम्मले फिल्म हेर्नुपर्ने बताउँछन् । ‘नेपालमा बाहरूको कथामा फिल्मै बनेका थिएनन् । महापुरूषले बाको कथा उठाएको छ । फिल्म अत्यन्त बलियो छ’, खगेन्द्र भन्छन्, ‘फिल्ममा इमोसन, कमेडी, सन्देश सबै छ । यो फिल्म बच्चादेखि बुढासम्मलाई हेराउनु पर्छ । परिवारमा बाको भूमिका के हुन्छ भन्ने कुरा यो फिल्मले देखाएको छ ।’

पछिल्लो समय निकै तारिफ पाएको फिल्म ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले फेसबुकमा स्टाटस लेख्दै गज्जब फिल्म दिएकोमा निर्देशक प्रदीप भट्टराईसहित निर्माण टिमलाई धन्यवाद दिएका छन् । प्रिमियरमा ‘महापुरुष’का कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईली, राजाराम पौडेल, रबिन्द्र सिंह बानियाँलगायत उपस्थित थिए । 

निर्देशक प्रदीप भट्टराईले आफ्नो फिल्म देखाउन प्रिमियरमा पहिलोपटक आमा–बुबालाई लगेका थिए । षट्कोण आर्ट्सको व्यानरमा निर्मित ‘महापुरुष’का कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री हुन् । एकल पिताको बुढ्यौली उमेरमा अंकुराएको प्रेम र विवाह गर्न खोज्दा परिवार र समाज कसरी बाधक बन्छ भन्ने कुरालाई फिल्ममा मनछुने ढुंगबाट प्रस्तुत गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x