×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

ओखलढुङ्गाको रोचक चुनावी प्रतिस्पर्धा– रामहरि र यज्ञराज को बलियो ?

कात्तिक १५, २०७९

NTC
Premier Steels

केन्द्रमा स्थापित दुई युवा नेताको चुनावी प्रतिस्पर्धाले ओखलढुङ्गाको चुनावी रौनक बढाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा साझा उम्मेदवार छन् । नेकपा एमालेबाट निवर्तमान सांसद यज्ञराज सुनुवार चुनावी प्रतिस्पर्धाको मैदानमा छन् । 

Muktinath Bank

खतिवडा र सुनुवारबीच प्रतिनिधि सभाको चुनावी ब्याटलमा यो दोस्रो भेट हो । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सुनुवार खतिवडालाई पराजित गर्दै प्रतिनिधि सभामा आएका थिए । २०७० सालको संविधान सभामा भने खतिवडा र सुनुवार दुवै सांसद थिए । सुनुवारको प्यानलबाट प्रदेश (क)मा अम्बिरबाबु गुरूङ र (ख)मा ज्ञानबहादुर खड्का उम्मेदवार छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खतिवडाको प्यानलबाट प्रदेश सभा (क) मा कांग्रेसका प्रदीपकुमार सुनुवार र (ख) मा माओवादीका बाबुराम गौतम उम्मेदवार छन् । ओखलढुङ्गा माओवादीको पनि प्रभाव भएको क्षेत्र हो । केहीदिन अघि बाथरुममा लडेर मृत्यु भएका बालकृष्ण ढुंगेल २०६४ सालको संविधान सभा निर्वाचनमा विजयी भएका थिए । 


Advertisment
Nabil box
Kumari

चुनाव जित्नेमा दुवै उम्मेदवार ढुक्क ! 

Vianet communication

तीव्र प्रतिस्पर्धा हुने ठानिएको ओखलढुङ्गाको चुनावमा भिडेका कांग्रेस र एमालेका दुवै उम्मेदवार चुनाव जित्नेमा ढुक्क छन् । पाँच वर्षको समयमा गरेको कामका कारण मतदाताले फेरि चुनाव जिताउने यज्ञराजको विश्वास छ । चुनाव हारे पनि आफू निरन्तर जनतासँगको सम्पर्कमा रहेका कारण यसपटक मतदाताले आफूलाई रोज्ने खतिवडाको विश्वास छ । 

‘मतदाताबाट एकदमै राम्रो प्रतिक्रिया पाएको छु, अघिल्लो चुनाव हारे पनि जिल्लाको विकास र हाम्रो दुःख सुखमासँगै रहेकोले तपाईंलाई भोट दिन्छौँ भन्नुभएको छ’, चुनावी अभियानमा जिल्लामा रहेका खतिवडाले लोकान्तरसँग भने ।

प्रतिनिधि सभामा नभए पनि जितेको सांसदले भन्दा आफूले कम काम नगरेको खतिवडाको दाबी छ । ‘कोरोनाको समयमा म गाउँ-गाउँमा पुगेको थिए, काठमाडौंमा समस्यामा परेकालाई सहयोग गर्न मैले कुनै कञ्जुस्याइँ गरेको थिइनँ’, खतिवडाले भने । 

निवर्तमान सांसद रहेका सुनुवारले चुनाव जितेपछि गरेको कामका कारण आफूलाई मतदाताले विश्वास गरेको बताए । ‘यहाँका मतदाताले शिर निहुर्‍याउनु पर्ने गरी मैले केही काम गरेको छैन, जे जति गर्नसके जिल्लाको विकासका लागि गरें’, आफ्नो कार्यकालको समीक्षा गर्दै सुनुवारले भने । जनताबाट पाएको प्रतिक्रियाले आफू उत्साहित रहेको सुनुवारले बताए ।

‘जिल्लामा एमाले र जनताको गठबन्धन बनेको छ, केन्द्रमा नेताले गरेको गठबन्धनको प्रभाव यहाँ पर्दैन’, सुनुवारले लोकान्तरसँगभने । 

जिल्लाका उम्मेदवारसँग स्थानीय एक रेडियोले सोमवार सदरमुकाममा अन्तरक्रिया गरेको थियो, जहाँ खतिवडा र सुनुवार एउटै मञ्चमा बसेर मतदाताका प्रश्नको जवाफ दिएका थिए । दुवैले जिल्लाको विकासका लागि आफ्ना एजेण्डा पेश गरेका थिए ।

यस्तो छ अंकगणित

२०७४ सालको प्रतिनिधि सभामा एमाले र माओवादीको गठबन्धनबाट साझा उम्मेदवार सुनुवार विजयी भएका थिए । सुनुवारले ३२ हजार ५ सय ८० मत पाउँदा खतिवडाले २७ हजार ३ सय २७ मत पाएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस चारवटा स्थानीय तह निर्वाचनमा विजयी हुँदा एमाले, माओवादी र जसपाले एक–एक पालिका जितेका थिए । एउटा गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । 

वडा तहमा पाएको मतको आधारमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ३२ हजार २८८ मत पाउँदा एमालेले २९ हजार ५९१ मत पाएको छ । नेकपा माओवादीले ६ हजार ९१६ मत पाउँदा जसपाले २ हजार १०४ तथा नेकपा एसले ५ सय २१ मत पाएका थिए । 

स्थानीय तह निर्वाचनको मत विश्लेषणका आधारमा सत्ता गठबन्धनको मत धेरै छ । तर, स्थानीय तहको चुनाव र प्रतिनिधि सभाको चुनावको सन्दर्भ फरक हुने भएकोले स्थानीय तहको मत कति रुपान्तरण हुन्छ यसै भन्न सकिने अवस्था भने छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x