×

Dabur
MG

प्रचण्डको क्षेत्रमा पुग्दा

चुनावी 'ग्राउन्ड जिरो' गोरखा– २ : बिक्न छाडेछ बाबुराम ब्रान्ड, प्रचण्डप्रति मिश्रित प्रतिक्रिया !

कात्तिक २०, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

चुनावअघि नै भावी प्रधानमन्त्रीको रूपमा प्रचारित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्न लागेको गोरखा क्षेत्र नम्बर २ मा त्यस्तो चहलपहल छैन, जति उनको बारेमा काठमाडौं या देशका अन्य भेगमा चर्चा छ । चितवन– ३ बाट चुनाव लड्ने तयारीमा रहेका प्रचण्ड एक्कासि गोरखा– २ मा सरे पनि उनको निर्वाचन क्षेत्रका मतदाताले कुनै उत्साह नरहेको प्रतिक्रिया दिए ।

yONNEX
Sagarmatha Cement

भावी प्रधानमन्त्रीका एकजना सशक्त दाबेदार ‘हेभीवेट’ उम्मेदवार प्रचण्ड गोरखामा आउँदा स्थानीय मतदातामा उत्साह नदेखिनुमा पुराना दलहरूप्रतिको आक्रोश एउटा कारण हो । ग्रामीण भेगका जनता प्रचण्ड आएपछि विकास हुने विश्वास व्यक्त गर्छन् भने शहरी र सडक क्षेत्रका जनताले आक्रोश पोखिरहेको पाइयो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

उम्मेदवारी मनोनयनको दिन असोज २३, त्यसपछि कात्तिक १२ र १३ गते तथा शुक्रवार गरी प्रचण्ड तीनपटक गोरखाको कार्यक्रममा गए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

प्रचण्ड चुनाव लड्न आएसँगै गोरखामा विकासको मूल फुट्ने भयो भनेर डा. बाबुराम भट्टराईले उत्साहित अभिव्यक्ति दिए । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त प्रचण्ड नआएको भए गोरखाली जनताप्रति अन्याय हुने भाषण गरेका थिए । 

Vianet communication
Laxmi Bank

तर, बाबुराम र नारायणकाजीले दाबी गरेजस्तो प्रचण्डको उम्मेदवारीले गोरखामा त्यो स्तरको उत्साह भने ल्याएको छैन । ‘नेताहरू गाडीको लस्कर लिएर धूलो उडाउँदै आएका थिए । उनीहरू आए, गए । कार्यकर्ताबाहेक अन्य जनतालाई मतलब पनि छैन,’ पालुङटार बजारकी सूर्यकला भट्टराईले भनिन् । 

चितवनबाटै चुनाव लड्ने तयारी रहेपनि प्रचण्ड अन्तिम समयमा गोरखा पुगेका थिए । बरु चितवनका मतदाताले भने प्रचण्डले जिल्ला छाडेकोमा खिन्नता महसूस गरिरहेको पाइयो । गोरखा– २ का विभिन्न स्थानमा मतदातासँग कुरा गर्दा प्रचण्डको उम्मेदवारीले आफूहरूलाई कुनै उत्साह नरहेको बताए । 

‘विगतमा काठमाडौं, रोल्पा, सिराहा र चितवनबाट लडेका प्रचण्ड अहिले सुरक्षित स्थान खोज्दै गोरखा आउनुभएको हो,’ पालुङटारकै मधु लामिछानेले लोकान्तरसँग भने, ‘गोरखाको विकास गर्न आएको हुँ भन्ने प्रचण्डको कुरालाई मतदाताले पत्याएका छैनन् ।’

प्रचण्डले भने पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरेजस्तै गोरखाबाट चुनाव जितेपछि आफूले देशमा आर्थिक समृद्धिको अभियान ल्याउने दाबी गरिरहेका छन् । 

गोरखामै पुगेर बाबुरामले प्रचण्डलाई भावी प्रधानमन्त्री र उनकै प्यानलबाट प्रदेशमा चुनाव लडेका कांग्रेसका सुरेन्द्र पाण्डेलाई भावी मुख्यमन्त्री भनेर टिप्पणी गरिदिएका थिए । 

स्थानीय कार्यकर्ताले मतदातासँग भोट माग्दा गोरखा– २ ले प्रधानमन्त्री र मुख्यमन्त्री पाउने सुनिश्चित भयो भनिरहेका छन् । 

कस्तो छ, मतदाताको मनोविज्ञान ?

गोरखा क्षेत्र नम्बर २ छेवेटारका स्थानीय कांग्रेस समर्थक मेघराज रेग्मी प्रचण्डको उम्मदवारीले रौनक ल्याउन नसकेको बताउँछन् ।

‘छोप्राकदेखि माथि रौनक होला, यता देखिएको छैन । हामीले कांग्रेसलाई भोट हाल्न नपाएको धेरै भयो,’ रेग्मीले भने, ‘तर विकल्प नरहेकाले भोट चाहिँ प्रचण्डलाई नै हाल्नु पर्ला ।’

छेवेटारकै सोेम पोखरेल भने गोरखा– २ बाट प्रचण्डले चुनाव हार्छन् भन्ने आशंका गर्नु आकाश खस्छ भनेर कल्पना गर्नुजस्तै रहेको बताउँछन् ।

‘भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको मत हेर्दा पनि प्रतिस्पर्धी दलसँग गठबन्धनको भोट आकाश जमिनको फरक छ । त्यसैमाथि यसै क्षेत्रको नेता प्रधानमन्त्री बन्ने चर्चाले मतदातामा अर्कै उत्साह ल्याएको छ,’ पोख्रेलले भने । 

विगतमा बाबुराम भट्टराईलाई भोट हालेका पालुङटारका स्थानीय रवीन्द्र देवकोटा प्रचण्डले चुनाव जितेपनि त्यो प्राविधिक जीत मात्र हुने दाबी गर्छन् ।

रवीन्द्र देवकोटा

‘गठबन्धनको भोट र अन्य दलको भोटको तुलना नै हुन नसक्ने भएकाले प्रचण्डले चुनाव त जित्छन्, तर मतदाताले उत्साहित भएर भोट हाल्न लागेकाचाहिँ होइनन्,’ देवकोटाले दाबी गरे । 

पालुङटारमा भेटिएका टीकाराम देवकोटा (नेत्रहीन) गोरखामा माओवादीको छाप बलियो रहेकाले प्रचण्डले एकल उम्मेदवारी दिएको भएपनि जित्ने दाबी गर्छन् । 

टीकाराम देवकोटा

प्रचण्ड आएपछि पूर्वाधार विकासका अधुरा काम पूरा हुने, बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजनाले गति लिने, मध्यपहाडी राजमार्गको गोरखा खण्ड छिट्टै पिच हुने जस्ता अपेक्षा राख्ने मतदाता पनि छन् । 

बिक्न छाडेको बाबुराम ब्रान्ड

एसएलसीमा बोर्ड फर्स्ट भएदेखि नै बाबुराम भट्टराईप्रति गोरखाको विशेष सम्मान थियो । अन्य दलका कार्यकर्ता पनि बाबुरामप्रति आकर्षित नै थिए । 

परीक्षा बोर्डले एसएलसीमा ‘बोर्ड फस्ट’को व्यवस्था हटाउने निर्णय गरेपछि एसएलसीको दिन सम्झने मेधावी विद्यार्थीले पनि बाबुरामलाई बिर्सन थाले । राजनीतिक रूपमा पनि बाबुरामको ओरालो यात्रा शुरू भयो ।  

२०६४ सालको संविधानसभा चुनावमा बाबुरामले गोरखाबाट कीर्तिमानी जीत निकाले । २०७० सालमा सहज जीत हासिल गरेका बाबुरामले २०७४ सालमा वामपन्थी गठबन्धनविरुद्ध कठिन जीत निकालेका थिए । 

बाबुरामसँग पराजित वाम गठबन्धनका प्रतिस्पर्धी उम्मेदवार नारायणकाजी श्रेष्ठ ‘गोरखामा बाबुराम ब्रान्डसँग नसकिने रहेछ,’ भन्दै काठमाडौं फर्केका थिए । 

तर, गोरखामा बाबुरामको त्यो क्रेज घट्दो छ । ‘देख्नु भएन पालुङटार आउने बाटोको दुर्दशा, धूलोले मान्छेलाई दम निकाल्ने भइसक्यो । पटक–पटक जितेर के गर्नुभयो उहाँले ?’ पालुङटारकी सूर्यकला भट्टराईले प्रश्न गरिन् । 

पालुङटारमा बजार विस्तारको थालनी गरेका स्थानीय सुन्दरमान श्रेष्ठ बाबुरामजस्तो केन्द्रमा पहुँच भएको व्यक्तिले आफ्नो क्षेत्रको विकासका लागि अपेक्षित काम गर्न नसकेको आरोप लगाउँछन् ।

‘उहाँसँग भेट त भइरहन्छ, तर यहाँको विकास भएन भनेर स्थानीयमा आक्रोश छ,’ श्रेष्ठले भने । 

सुन्दरमान श्रेष्ठ

गोरखा– २ र पालुङटारमा राम्रो अस्पताल नभएको, राम्रो कलेज नभएको सिँचाइ नहुँदा युवाहरू खाडी देशमा जानुपरेको, चेपेखोलाबाट ल्याइएको पानी पनि भरपर्दो नभएको जस्ता समस्या रहेको स्थानीयहरू बताउँछन् । 

‘बाबुरामले सोच विचार गरेरै यहाँबाट चुनाव नलड्नु भएको हो, अघिल्लो चुनावमा मतदान सकिएसँगै कांग्रेसलाई म्युजियममा खोज्नुपर्छ भनेर दिएको अभिव्यक्ति यहाँका कांग्रेस कार्यकर्ताले बिर्सिएका छैनन्,’ रवीन्द्र देवकोटाले भने । 

नाम नखुलाउने अर्का एक स्थानीय (एमालेप्रति आस्था राख्ने मतदाता)ले भने यस क्षेत्रमा बाबुरामले पूर्वाधार विकासमा गरेको योगदान बिर्सन नमिल्ने बताए । 

‘कतिपय ठाउँमा पिच भएको छैन, कतै बनेको पनि भत्कियो । बाबुरामले काम गरेनन् भन्नचाहिँ मिल्दैन,’ उनले भने । 

प्राविधिक रूपले ‘सेफ जोन’मा प्रचण्ड

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले पाएको मतको आधारमा प्रचण्ड सबैभन्दा सुरक्षित छन् ।

माओवादी, कांग्रेस, नेपाल समाजवादी पार्टीपछि मात्र एमालेको भोट छ । सत्ता गठबन्धन बाहेकको भोट भने एमाले, राप्रपा र स्वतन्त्र पार्टीका उम्मेदवारबीच बाँडिने सम्भावना छ । 

प्रचण्डविरुद्ध एमालेले नवप्रवेशी अब्दुस मियालाई उम्मेदवार बनाएको छ । राप्रपाका सुशील पन्त र स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् । 

२०७४ सालको प्रतिनिधिसभा चुनावमा कांग्रेसको समर्थनमा बाबुराम भट्टराई गोरखा– २ बाट निर्वाचित भएका थिए । बाबुरामले ३१ हजार ८ सय ७ भोट पाउँदा वाम उम्मेदवार नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गोरखा– २ मा माओवादीले २२ हजार २५० मत पाउँदा कांग्रेसले २१ हजार १३६ मत पाएको थियो । एमालेको ७ हजार ९२६, बाबुरामको पार्टीको ७ हजार ५०४ र राप्रपाको ८७८ मत छ । 

गोरखा– २ मा गठबन्धनको भोट ५० हजार छ भने एमाले र राप्रपाको भोट जोड्दा झण्डै साढे ८ हजार हुन्छ । स्थानीय तह चुनावको मतलाई आधार मान्दा पनि प्रचण्ड निकै सुरक्षित देखिन्छन् ।

शनिवार साँझ पालुङटारमा भेटिएका राप्रपा उम्मेदवार सुशील पन्तले आफूले चुनाव हार्नुपर्ने कुनै कारण नभएको बताए ।

राप्रपा उम्मेदवार पन्त मन्तव्य दिँदै

पर्यटन व्यवसायका साथसाथै विभिन्न संघ–संस्थामा आबद्ध पन्तले आफूले गोरखाको विकासमा गरेको योगदानका कारण मतदाताले निर्वाचित गराउने दाबी गरे । ‘मैले चुनाव जित्नु नपर्ने के कारण छ ? म के कुरामा अयोग्य छु ? गोरखाका जनताले यसपटक मलाई भोट दिन्छु भनेका छन् । म कन्फिडेन्ट छु,’ पन्तले भने । 

मंसिर ४ गते हुने मतदानका लागि दुई हप्ताको समय बाँकी रहँदा उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । धान काट्ने सिजन शुरू भएको हुँदा उम्मेदवारहरू किसानको खेतबारीमा पुगेर मतदातासँग भोट मागिररहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गराएका छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल रहेका छन् भने ...

असोज १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको 'चुच्चे नक्सा' नसमेटिएको बारे भ्रमणमा चर्चा भएको दाबी गरेका छन् । नक्साबारे पहिले नै कुरा भएको र आगामी दिनमा सकारात्मक ढं...

असोज १३, २०८०

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति'सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह ...

असोज १३, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाएको हो ।  यससँगै अब ग्यासको मूल्य २११० रुपैयाँ प...

असोज १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा विभिन्न समयमा बन्द भएका चिनियाँ नाका खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्...

असोज १३, २०८०

आन्दोलनरत चिकित्सक र सरकारबीच गृह मन्त्रालयमा शनिवार साँझ वार्ता जारी छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्ता शुरू ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x