×

NMB BANK
NIC ASIA

के चाहन्छन् गगन–राजनको क्षेत्रका मतदाता ?

कात्तिक २५, २०७९

NTC
Premier Steels

आम निर्वाचनमा निकै चासोका साथ हेरिएको काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्फ विभिन्न १७ राजनीतिक दल र १४ स्वतन्त्रसहित ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा राजन भट्टराईलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । थापा र भट्टराईबीच यो दोस्रोपटकको चुनावी प्रतिस्पर्धा हो ।  
राष्ट्रिय राजनीतिमा महत्वपूर्ण प्रभाव राख्न सक्ने उम्मेदवार यो क्षेत्रमा प्रतिस्पर्धी भए पनि उनीहरूसँग जनताका अपेक्षा भने खासै ठूला देखिँदैनन् । सडकको धुँवा–धुलो, फोहर, खानेपानी व्यवस्थापनलगायतका समस्या मतदाताले सुनाउने गरेका छन् ।

Muktinath Bank

यस्तै पुरानो राजनीतिक दल र उम्मेदवारको विकल्प खोज्नुपर्ने धारणा राख्ने मतदाता भेटिए। “पुरानै दल र पुरानै नेता हुनुपर्छ भन्ने छैन । हामीले लामो समयदेखि उनीहरूलाई हेरिसक्यौँ । अब नयाँ दल र नयाँ अनुहार खोज्नुपर्छ”, बुधबार बिहान कपन पिपलबोटमा भेटिएका ३४ वर्षीय सुमन उप्रेतीले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत १०, ११ र १२ नं वडामा पर्ने कपन क्षेत्रको डुबान समस्याबारे स्थानीयवासीको आक्रोशसँगै निर्वाचित प्रतिनिधिहरूसँग अपेक्षा पनि रहेको देखिन्छ । कपनको नेपाल टेलिकम कार्यालय नजिकै खाद्यान्न पसल सञ्चालन गर्दै आएकी सदीक्षा रोकाले त्यस क्षेत्रका उम्मेदवारले बाढी नियन्त्रणका लागि पहल गरिदिनुपर्ने अपेक्षा रहेको बताइन् । “पानी पर्नेबित्तिकै बाटो खोलाजस्तो बन्छ । घर, पसलमा पानी छिरेर हैरान बनाउँछ”, उनले भनिन्, “नेताहरु आउँदा यहाँका स्थानीयवासीले बढी माग पनि यही बाढीको समस्या नियन्त्रणका लागि राख्छन् ।” 


Advertisment
Nabil box
Kumari

कपन क्षेत्रको बाढी नियन्त्रणका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणले बक्स कल्भर्ट बनाउने भने पनि त्यो प्रभावकारी नदेखिएकाले अरु नै विकल्प खोज्नुपर्ने रोकाको भनाइ छ ।

Vianet communication

गौशाला, रातोपुल र ज्ञानेश्वर क्षेत्रको सडक विस्तारमा भएको ढिलाइबारे पनि स्थानीयवासीको आक्रोश सुनिने गरेको छ । “वर्षौँदेखि यहाँ सडक विस्तारको काम चाँडै हुन्छ भनेर सुनेको हुँ । सडक खन्ने तर कालोपत्र नगरेर त्यसै छाड्ने गर्नाले वर्षामा हिलो र हिउँदमा धुलोको समस्या यहाँ मात्र होइन सबैतिर हामीले भोग्नुपरेको छ”, रातोपुलमा भेटिएका पैदलयात्री श्रीजन महर्जनले भने ।
 
थापा र भट्टराईसँग काठमाडौँ क्षेत्र नं ४ का जनताको मात्रै अपेक्षा रहेको नभई देशभरका जनताको आशा उनीहरूमाथि रहेको चाबहिल गणेशस्थानमा भेटिएका दिलीप सुवेदीको धारणा छ । “देश हाँक्ने क्षमता भएका नेतालाई हामीले स–साना समस्या देखाएर मात्रै हुँदैन । तर निर्वाचन क्षेत्र भएपछि अपेक्षा त स्वाभाविकरूपमा रहन्छ । मेलम्चीको पानी कहिले आउँछ ? भनेर सोध्ने त उहाँहरूलाई नै हो”, उनले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x