असोज १३, २०८०
नेकपा (एमाले) कोशी प्रदेशले जनतामा व्यापक निराशा र असन्तुष्टि उत्पन्न भएको स्वीकार गरेको छ । एमालेको जारी प्रदेश अधिवेशनमा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमा जनतामा व्यापक निराशा र असन्तुष्टिको अवस्था ...
कात्तिक २६, २०७९
मंसिर ४ गतेपछि देशको निर्णायक शक्ति बन्ने महत्वकाङ्क्षा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा एमालेसँग देशका तीन जिल्लामा चुनावी तालमेल गरेको छ । त्यसमध्ये एक हो बाँके, जहाँ राप्रपा महामन्त्री डा. धवल शमशेर राणा चुनावी प्रतिस्पर्धामा छन् ।
एमालेसँग देशव्यापी चुनावी तालमेल गरेको जसपाका प्रभावशाली नेता इस्तियाक राईसँग धवलको प्रतिस्पर्धा हुँदैछ । तर, प्रतिनिधि सभातर्फ बाँके २ मा भने एमाले र जसपाको तालमेल छैन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा दुई पार्टीबीच चुनावी तालमेल गर्नका लागि राप्रपाले बाँकेमा धवललाई सघाउनुपर्ने शर्त राखेको थियो । जसका कारण एमालेसँग कैयौं स्थानमा तालमेल हुँदा पनि इस्तियाकले एमालेको ‘मुबारक’ पाएनन् ।
२०७४ सालमो स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरको मेयर जितेर धवलले राप्रपाको नाक जोगाइदिएका थिए । मेयर छँदा खेलेको भूमिकाका कारण धवल नेपालगञ्ज र सिंगो बाँके जिल्लामा परिचित छन् । स्थानीयहरू उनलाई भ्रष्टाचार नगर्ने नेताकोरूपमा चिन्छन् । दुईपटक नेपालगञ्जको मेयर रहेको समयमा उनले कैयौं सुधारका काम गरेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका स्थानीय मतदाता सन्तोष थापा राप्रपा पार्टीभन्दा पनि बाँकेमा धवलशमशेर ब्राण्ड रहेको बताउँछन् । ‘पार्टी भन्दा पनि व्यक्तिगत प्रभावका कारण धवलले बाँकेमा चुनावी रौनक तताइरहेका छन् । उनको मुख्य प्रतिस्पर्धा जसपाका इस्तियाक राइसँग हुने सम्भावना ज्यादा छ’ थापाले लोकान्तरसँग भने ।
नेपालगञ्जमा भेटिएका जसपाका एक नेताले सांसद हुँदा गरेको कामका कारण मतदाताले इस्तियाकलाई रोज्ने बताउँछन् ।
त्रिपक्षीय प्रतिस्पर्धामा स्वतन्त्रको चुनौती
बाँके–२ मा एमाले समर्थित राप्रपा उम्मेदवार, जसपा उम्मेदवार र सत्ता गठबन्धनका उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा छ । २०७४ सालको प्रतिनिधि सभा चुनावमा यो क्षेत्रबाट जसपाका इस्तियाक राईले चुनाव जितेका थिए । यो क्षेत्रबाट उनले विगतमा चुनाव जित्दै आएका छन् । नेपालगञ्जका ठूला भवनमा उनले आक्रामक प्रचार गरिरहेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सुदिप नरसिंह राणा चुनावी मैदानमा छन् । यसपटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई चुनौती दिएका छन् ।
नेपाली कांग्रेसकी स्थानीय नेतृ अनिता हमाल सुशील कोइरालाले शुरू गरेको विकासको अभियानलाई निरन्तरता दिन कांग्रेसले चुनाव जित्ने दावी गरिन् । ‘नेपाली कांग्रेस आफैमा बलियो छ, त्यसैमाथि सत्ता गठबन्धनका दलको समर्थन छ । स्थानीय तह निर्वाचनमा पाएको मत पनि एउटा आधार हो’ हमालले भनिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरी घण्टी चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् । लामो समय अष्ट्रेलिया बसेर फर्केका अग्रहरी टेलिकम इन्जिनियर हुन् । ‘पूराना राजनीतिक दलप्रति मतदातामा रहेको आक्रोशको भोट स्वतन्त्र पार्टीका उम्मेदवारले पाउने सम्भावना छ, उनले पाउने भोटले समीकरण फेरबदलल हुन पनि सक्छ’ सन्तोषले विश्लेषण गरे ।
प्रदेश सभामा उठेका बुवा सुरेन्द्र हमालको चुनाव प्रचारमा हिडेकी श्रीया हमाल राणा प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनका सबै उम्मेदवारले चुनाव जित्ने दावी गरिन् । ‘मतदाताबाट धेरै राम्रो रेस्पोन्स पाएका छौं, हामीले चुनाव जित्नेमा कुनै शंका छैन’ श्रीयाले भनिन् ।
गत स्थानीय तह निर्वाचको वडा तहको मतमा कांग्रेस पहिलो, एमाले दोस्रो र जसपा तेस्रो स्थानमा छन् । कांग्रेसले १८ हजार ३७ मत पाउँदा एमालेले १५ हजार ४७८ र जसपाले १३ हजार ८०९ मत पाएका थिए । राप्रपाले ८ हजार ४९४ मत पाउँदा माओवादीले ६ हजार ८५९ र नेकपा एसले ८२१ मत पाएका थिए । स्थानीय तह निर्वाचन र प्रतिनिधि सभाको सन्दर्भ फरक भएकोले पुरानो जनमतको आधारमा विश्लेषण गर्न नमिल्ने मतदाताहरुको भनाई छ ।
के भन्छन् मतदाता ?
स्थानीयहरू सम्मानस्वरुप धवलशमशेरलाई ‘राजा’ सम्बोधन गर्छन् । मेयर रहेको समयमा होस या नरहेको समयमा पनि उनी समाजसेवामा सक्रिय हुन्छन् । त्यही कारण मूलधारमा दललाई पाखा लगाएर उपमहानगरको मेयरमा राप्रपालाई जिताएका थिए ।
नेपालगञ्ज–४ पिपल चौताराका सञ्जय कौशल प्रतिनिधिसभामा ‘धवल राजा’को सम्भावना धेरै देख्छन् । ‘इस्तियाक राइ र धवल शमशेर राणाबीच कडा टक्कर होला जस्तो देखिन्छ, सत्ता गठबन्धन पनि बलियो रहेकोले यसै भन्न सकिन्न’ कौशलले भने ।
नेपालगञ्ज–२ बागेश्वरी टोलका सन्तोषकुमार गुप्ता पनि मुख्य प्रतिस्पर्धा धबल र इस्तियाकको हुने बताउँछन् । ‘केन्द्रीय मन्त्री भएर इस्तियाकले बाँकेका विकास गरेका छन्, मेयर भएर गरेको कामका कारण मतदाताले धवललाई पनि रुचाएका छन्’, गुप्ताले भने ।
नेपालगञ्जको बागेश्वरी टोलका मतदाता मनिष श्रीवास्तव स्थानीयमाझ धवलको धवी भ्रष्टाचार विरोधी नेताकोरुपमा स्थापित भएको बताउँछन् । ‘जतिबेला राप्रपाको राजनीति ओरालो लागेको थियो चुनाव जितेर इतिहास रचेका थिए, राजनीतिक दल भन्दापनि व्यक्ति हेरेर मतदाताले धोट दिने सम्भावना छ’ श्रीवास्तबले भने ।
बाँके क्षेत्र नम्बर २ हिन्दु र मुस्लिम समुदायका मतदाता मिश्रित क्षेत्र हो । उपमहानगर भए पनि यहाँका कतिपय बस्ती धेरै विकट र पिछडिएका छन् । त्यहाँका मतदाताको भोट चुनाव जित्नको लागि निर्णायक हुन्छ ।
नेपालगञ्ज ४ का स्लाम शेख नेपालगञ्जको विकासका लागि इस्तियाक राईले राम्रो काम गरेको बताउँछन् । उनको भनाइमा समर्थन जनाउँदै नेपालगञ्ज-११ का स्लाम खानले धवल र इस्तियाकबीच प्रतिस्पर्धा रहेको बताए ।
नेपालगञ्जको बीपी चोकमा बाँके–२ को चुनावी नतिजाको सम्भावनाबारे स्थानीय तीनजना मतदाताबीच कुराकानी चलिरहेको थियो । नेपालगञ्ज १० भृकुटीनगरका विजय मण्डल धवल र इस्तियाकबीत नै मुख्य प्रतिस्पर्धा रहेको बताए । ‘हुन त यहाँ सत्ता गठबनधन पनि छ, स्थानीय चुनावमा गठबन्धनले नै मेयर जितेको थियो । मतदाताको कुरा सुन्दा धवल र इस्तियाकबीच नै प्रतिस्पर्धा हुने ठानिएको छ’ मण्डलले भने ।
नेपालगञ्ज–१ धम्बोजीका उमेश सापकोटा मेयर छँदा गरेको कामका कारण धवलको सम्भावना रहेको बताउँछन् । ‘यहाँका मतदाताले राजनीतिक दल भन्दा पनि सक्षम व्यक्तिलाई हेरिरहेका छन् । त्रिपक्षीय प्रतिस्पर्धामा धवल अगाडि जस्तो देखिन्छन्’ सापकोटाले भने ।
नेपालगञ्ज–११ का रमेशकुमार डबगर मेयर छँदा गरेको काम र व्यक्तिगत लोकप्रियताका कारण प्रतिस्पर्धामा धवल अगाडि रहेको बताउँछन् ।
नेपालगञ्जकै अर्को एक चियापसलमा यस्तै चुनावी गफ भइरहेको थियो– सौभाग्य थापा, शिखर श्रेष्ठ र सन्तोष थापाबीच । ‘इस्तियाक र धवलबीच रोचक भिडन्त छ, निवर्तमान मेयर भएकोले स्थानीयबीच धवलको लोकप्रियता कायम छ’, थापाले नेपालगञ्जको मनोविज्ञान सुनाए ।
चुनाव जितेर यहाँका अधुरा काम पूरा गर्छु
‘जितेगा भाइ जितेगा, हलो सूर्य जितेका’को नारा लगाउँदै एमाले र राप्रपाको टोली प्रचामा हिँडेको छ । धवलको क्षेत्रमा रहेको प्रदेश सभामा दुवै एमालेका उम्मेदवार छन् । एमालेबाट राम्रो सहयोग पाइरहेकोले चुनाव जित्नेमा आफू ढुक्क रहेको धवलले बताए ।
‘यहाँका जनताले मलाइ माया गर्छन, जनताको मायालाई मैले जतन गरेर राखेको छु । मेयर बन्दा कुनै पनि दाग धब्बा नलागी दुईपटक नगरपालिकालाइ नमुना बनाएको छु’ राणाले भने, ‘मैले कामले प्रमाणित गरेरे देखाएकोले । प्रतिनिधि सभा सदस्यको लागि नेपालगञ्ज र डुडुवाका जनताले देशको सेवा गर्न दिनु हुनेछ भन्ने विश्वासमा छु ।’
धवलको चुनाव प्रचारका लागि ह्वील चेयरमा हिडिरहेका प्रज्वल शाहीले नेपालगञ्जको विकासका लागि धवल आवश्यक रहेको बताए । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरू भोट माग्न घरघरमा पुगेका छन् । बहुपक्षीय प्रतिस्पर्धाले यहाँको चुनावी माहौललाई रोमाञ्चक बनाइदिएको स्थानीयको प्रतिक्रिया छ ।
भिडियाेमा हेर्नुहाेस् धवल शम्शेरसँगकाे कुराकानी
तस्वीरमा हेर्नुहाेस् नेपालगञ्जकाे चुनावी राैनक
नेकपा (एमाले) कोशी प्रदेशले जनतामा व्यापक निराशा र असन्तुष्टि उत्पन्न भएको स्वीकार गरेको छ । एमालेको जारी प्रदेश अधिवेशनमा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमा जनतामा व्यापक निराशा र असन्तुष्टिको अवस्था ...
नेकपा (एकीकृत समाजवादी)ले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानको तयार...
नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालिकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघ...
काँकडभिट्टा– नेकपा (एकीकृत समाजवादी)ले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न ला...
नेकपा (एकीकृत समाजवादी) पार्टी पूर्वी नवलपरासीका जिल्ला अध्यक्षसहित ३१ जना जिल्ला र प्रदेश तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले प्रेस विज्ञप्ति जारी गर्दै क...
नेकपा एमाले कोशी प्रदेश कमिटीको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत प्यानल बनेको छ । ओलीले प्यानल बनाउन निर्देशन दिए पनि त्यसविपरीत उनी निकटकै नेताले प्यानल बनाएका हुन् । ओलीले ग्...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...