×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

धनुषा– ३ मा दुई गठबन्धनको टक्कर : जुली महतो र अनिल झामा कसले मार्ला बाजी ?

मंसिर १, २०७९

NTC
Premier Steels

धनुषा- ३ मा सत्ता गठबन्धनका अनिलकुमार झा र प्रतिपक्षी गठबन्धनकी जुली महतोबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

Muktinath Bank

उमेश साह, सत्यनारायण साहसहित विभिन्न उम्मेदवारहरू भए पनि मुख्यतः सत्ता गठबन्धन तथा प्रतिपक्षी गठबन्धनकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने स्थानीयहरू बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अन्य सबै उम्मेदवारहरू २ देखि ३ हजार मतमा सीमित हुनसक्छन्,’ जनकपुरको जानकीचोकको एक चिया पसलमा भेटिएका श्याम साहले भने, ‘मुख्य प्रतिस्पर्धा एमालेकी जुली महतो र लोसपाका अनिल झाबीच नै हुन्छ।’


Advertisment
Nabil box
Kumari

एमाले उम्मेदवार महतो यस क्षेत्रका पुरानै अनुहार भए पनि ९ वर्ष पछि मात्र प्रत्यक्ष चुनावी मैदानमा ओर्लिएकी छन्।  

Vianet communication

महतोले २०७० सालको चुनावमा नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिसँग प्रतिस्पर्धा गरेकी थिइन्।

उक्त चुनावमा पराजित भएपछि समानुपतिकको बाटो रोजेकी उनी ९ वर्ष पछि फेरि प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छिन्।

२०६४ सालमा एमालेबाट समानुपातिक सांसद बनेकी महतो २०७० सालमा प्रत्यक्ष चुनावमा निधिसँग पराजित भएकी थिइन्। त्यसपछि २०७४ सालको चुनावमा फेरि उनी समानुपातिक सांसद बनेकी थिइन्। दोस्रोपटक उनी प्रत्यक्ष चुनावमा भिडेकी छिन् ।

अर्कातर्फ लोसपा उम्मेदवार झा पुरानै नेता भए पनि जनकपुरका लागि भने नयाँ अनुहार हुन् । २०७४ सालमा रौतहट- १ बाट उनी निर्वाचित भएका थिए। तर , उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार भएपछि झा धनुषा- ३ आएका हुन् ।

२०६४ सालमा समानुपातिक सांसद बनेका उनी सद्भावना पार्टीका पुराना नेता हुन्।

नेपाल विद्यार्थी मञ्चबाट राजनीतिमा सक्रिय भएका उनी सद्भावना पार्टीका महासचिव हुँदै अध्यक्ष समेत भइसकेका थिए।

झा संघीय समाजवादी पार्टीको अध्यक्ष, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डल सदस्य हुँदै मधेश आन्दोलनका शीर्ष नेतामध्ये एक हुन्। लोसपामा पनि उनी शीर्ष नेता नै हुन्।

छैन विगतको जस्तो रौनक

धनुषा- ३, नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको संसदीय क्षेत्र हो। २०७४ सालमा उनी हालका लोसपा वरिष्ठ नेता राजेन्द्र महतोबाट पराजित भएका थिए।

केही महिना अघिसम्म यस चुनावमा पनि महतो र निधिबीच नै प्रतिस्पर्धा हुन सक्ने धेरैजसोको अनुमान थियो। तर निधिले समानुपातिकको  बाटो रोजे भने महतो पनि आफ्नै गृहजिल्ला सर्लाही- २ पुगेका छन् ।

फलस्वरूप २०७४ सालका दुई मुख्य प्रतिस्पर्धी उम्मेदवार नै यसपटक धनुषा- ३ दोहोरिन पाएनन् ।

‘गत चुनावमा २ महिना अघिदेखि नै चुनावी चहलपहल थियो तर यसपटक त्यस्तो चहलपहल देखिएको छैन,’ जनकपुरमा ई-रिक्सा चलाउने गरेका ४५ वर्षीय रामआधार साहले लोकान्तरसँग भने, ‘एक किसिमले भन्ने हो भने धनुषाको अन्य क्षेत्रमा चुनाव लागिसकेको छ, तर जनकपुरमा त्यसको खासै प्रभाव देखिएको छैन ।’

दलहरू गठबन्धनमा रहेकाले बहुपक्षीय प्रतिस्पर्धा नहुँदा पनि चुनावी माहोल तात्न नपाएको उनको विश्लेषण छ ।

महतोको बढी चर्चा, कडा टक्कर दिँदै झा

धनुषा- ३ मा नेकपा एमालेकी जुली महतोको चर्चा बढी सुनिन्छ ।

जनकपुरधाम उपमहानगरपालिकामा एमालेबाट मेयर पदका उम्मेदवार समेत रहेका शिवशंकर साहका अनुसार निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता हुनुभन्दा एक महिना अघिदेखि नै उनले घरदैलो अभियान तथा चुनावको प्रचारप्रसार शुरू गरिसकेकी थिइन् ।  त्यसबाहेक एमालेको आफ्नै संगठन र जसपासँग भएको तालमेलका कारण महतोलाई जित्न धेरै नै सहज भएको उनी बताउँछन् ।

‘एक त उहाँ यहाँको स्थानीय नेत्री नै हुनुहुन्छ। यस क्षेत्रमा चुनाव लडेर हारे पनि क्षेत्रका जनताकै बीचमा बस्नुभयो,’ साहले लोकान्तरसँग भने, ‘अनिलजी बाहिरबाट आउनुभएको छ, नेपाली कांग्रेसको भरमा चुनाव त लड्नु भएको छ, तर सबै कांग्रेसी त के उहाँकै लोसपाले पनि सबै मत दिन्छ भन्ने ग्यारेन्टी छैन।’

यसअघि बाहिरका उम्मेदवार राजेन्द्र महतोलाई जिताए पनि अहिले अर्कै क्षेत्रमा गएको प्रभाव झालाई पर्ने टिप्पणी उनले गरे ।

त्यसबाहेक वैश्य समुदायको बाहुल्य रहेको जनकपुर शहरमा वैश्यको एकमुष्ठ मत महतोलाई जानसक्ने एमालेको विश्लेषण छ । तर, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले झालाई जिताउन कम्मर कसेर लागेका छन् ।

झाको प्रचारप्रसार तथा घरदैलो अभियानमा समेत सक्रिय रहेका लोसपाका नेता सञ्जय चौधरी भने चारदलीय गठबन्धनको मत आउनु नै झाको जीतको प्रमुख आधार रहेको बताउँछन् ।

'नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपासहित चार दलको मत आउँदा झाले सहजै जित्नुहुन्छ,’ चौधरीले लोकान्तरसँग भने, ‘त्यसमा पनि झालाई जिताउन  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले खुलेर प्रचारप्रसार गर्न थाल्नुभएपछि स्थिति नै फेरिएको छ । यो चुनाव झाजीभन्दा पनि निधीजीले लड्नुभएको कांग्रेसका आम कार्यकर्ताको बुझाइ छ ।'

जनकपुरमा वैश्य समुदाय (तेली, सुडी, कानु, कलवार)को बहुमत छ। त्यसबाहेक त्यति नै संख्यामा ब्राम्हण-भूमिहारको पनि मत छ। एमाले उम्मेदवार महतो वैश्य समुदायकी हुन् भने झा ब्राम्हण हुन्। ती दुवै उम्मेदवारबीच पार्टीभन्दा पनि जातिगत आधारमा नै मत जाने स्थानीयहरूको अनुमान छ। 

वैश्य समुदायको केही हदसम्म मत तान्न सके झालाई जित्न सहज हुने उनका समर्थकहरू बताउँछन् । लोसपा नेता चौधरी भने नेपाली कांग्रेस र लोसपामा आबद्ध रहेको वैश्य समुदायको मत पनि झालाई जाने हुनाले झाले जीत सहज रहेको विश्लेषण गर्छन् ।

लोसपाका अर्का नेता राजीव झाले पनि स्थानीय चुनावमा गठबन्धनको ७० प्रतिशत मत र प्रतिपक्षी गठबन्धनको ३० प्रतिशत मात्र मत आएकाले झालाई चुनाव जित्न सहज भएको दाबी गर्छन् ।

झा टुरिस्ट उम्मेदवार रहेको भनेर कतिपयले गरिरहेको आलोचनाका सम्बन्धमा उनले भने, 'त्यसो त महतो पनि धनुषा- ३ की मतदाता होइनन्। उनी धनुषा- ४ की मतदाता भएकाले बाहिरिया नै हुन् ।’

उनले झा र महतोबीच तुलना नै हुन नसक्ने दाबी गरे ।

वैश्य समुदायले पनि महासेठ दम्पतीलाई सञ्जय टकलापछिको अर्को  शक्तिकेन्द्र बनाउन नचाहेको जिकिर उनको छ ।

‘पञ्चायतकालमा हेमबहादुर मल्ल र शारदा मल्ल जसरी शक्ति केन्द्र बनेका थिए, त्यसैगरी महासेठ दम्पतीलाई वैश्य समुदायले अर्को शक्तिकेन्द्र बनाउन खोजेको छैन,’ झाले लोकान्तरसँग भने, ‘वैश्य समुदाय पनि महासेठ दम्पतीको हैकमवादबाट असन्तुष्ट छन्। त्यसकारण वैश्यबाट पनि झालाई मत आउने सम्भावना छ ।’

एमालेभित्र पनि महासेठ दम्पतीले मात्र सबै लाभको अवसर पाइरहेको, पटक–पटक सांसद र पालैपालो मन्त्री समेत बनिरहेका कारण उनीहरूको वर्चश्व भत्काउन एमालेभित्रै अन्तरघात हुने जिकिर उनले गरे ।

यता महतो भने विगत ९ वर्षदेखि यस क्षेत्रका जनताको सुखदु:खमा सँगै रहेका कारण जनताले आफूलाई जिताउनेमा ढुक्क छिन् । ‘यसपटक क्षेत्रका जनताले अभिभावक खोज्दै मलाई चुनाव लड्न आग्रह गर्नुभएको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘क्षेत्रको विकास तथा समृद्धिका लागि पनि जनताहरूले मलाई नै रोज्नुहुन्छ ।’

गठबन्धन नेताको बीचमा मात्र भएको तर जनताको तहमा नभएको जिकिर गर्दै उनले हरेक जातिबाट आफूलाई मत आउने बताइन् । ‘मलाई त २०७० सालको चुनावमा नै जनताले आफ्नो मत दिएर जिताइदिएका थिए । बदर मतका कारण मात्र मैले त्यो चुनाव हार्नुपरेको थियो,’ उनले थपिन्, ‘यसपटक जनताले जसरी पनि मतदान गरेर जिताउँछु भनेर भनिरहनु भएको छ ।’

श्रीमान र श्रीमती दुवैजना प्रत्यक्ष चुनावमा उम्मेदवार भएका कारण चुनावमा कुनै असर नपरेको उनको कथन छ।

एमालेलाई मधेशविरोधी पार्टी भनेर लागेको आरोप जसपासँग भएको तालमेलले नै खण्डन गरिसकेको जिकिर उनले गरिन् ।

‘यसपटक धनुषा-३ मा जातिभन्दा पनि धनुषाको आफ्नै मान, सम्मान तथा स्वाभिमानका लागि मतदान हुने हुनाले जनताले मलाई जिताउनुहुन्छ,’ उनले थपिन्, ‘गत वर्ष टुरिस्ट उम्मेदवार राजेन्द्र महतोलाई जिताएर क्षेत्रलाई भएको क्षतिबारे जनता अवगत भइसकेका छन्। यसपटक फेरि बाहिरी पर्यटकलाई जिताउनुभन्दा आफ्नै जिल्लाको नेतालाई जिताउने मन जनताले बनाइसकेका कारण मेरो जीत सुनिश्चित छ ।’

अर्कातर्फ लोसपा उम्मेदवार झा पनि जनकपुरले जहिल्यै पनि लोकतान्त्रिक शक्तिलाई रोजेको हुनाले आफूलाई नै रोज्ने दाबी गर्छन् ।

‘यो भूमि प्रजातान्त्रिक आन्दोलन र मधेश आन्दोलनको अगुवाई गरेको भूमि हो । परिवर्तनका हरेक आन्दोलनमा यहाँका अग्रजले आफ्नो शहादत नै दिनुभएको छ,’ झाले लोकान्तरसँग भने, ‘त्यसैले यो चुनाव कुनै व्यापारीको वा कुनै प्रालि कम्पनीको सीईओ चुन्ने चुनाव होइन । संसदमा कानून निर्माण गर्न तथा क्षेत्रको समस्या उठाउन उपयुक्त प्रतिनिधि चुन्ने चुनाव भएका कारण मतदाताले मलाई नै जिताएर पठाउनुहुन्छ भन्ने पूर्ण विश्वास छ।’

जनकपुरका जनताले हालसम्म कम्युनिस्टलाई नजिताएको उनले दाबी गरे । ‘सबै गणितको हिसाबकिताब गरेर नै धनुषा- ३ आएको छु,’ झाले थपे, ‘जनकपुरका जनताले जातपातको आधारमा नभएर वैचारिक सिद्धान्त, राजनीतिक लगानी, क्रान्तिको योगदान आदि हेरेर मलाई नै मत दिएर जिताउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’

धनुषा- ३ मा जनकपुरधाम उपमहानगरपालिकाको १७ वडा तथा अन्य पालिकाहरूसहित जम्मा ३८ वटा वडाहरू पर्छन् ।

नगराइन नगरपालिकाको सबै वडाहरू, मुखियापट्टि मुसहर्निया गाउँपालिकाको सबै ६ वटा वडाहरू, धनौजी गाउँपालिकाको साबिक ५ वटा वडाहरू तथा विदेह नगरपालिकाको एउटा वडा गरी कुल ३८ वटा वडाहरू पर्छन् ।

ती ३८ वडाहरूमध्ये १९ वटा वडाहरू नेपाली कांग्रेसले जितेको छ । एमालेले ११ वटा वडाहरू जितेको छ भने जनता समाजवादी पार्टीले ४ वटा वडा, लोकतान्त्रिक समाजवादी पार्टीले ३ वटा वडा र नेकपा एकीकृत समाजवादीले १ वडामा जितेको छ।

यस आधारमा पाँचदलीय गठबन्धनको मत बढी देखिए पनि जुली महतोको मेहनतका कारण कडा टक्करको स्थिति छ ।

महतोले फरवार्ड भोट तान्ने प्रयास गरिरहेकी छन् भने झाले पनि वैश्य समुदायको मत तान्ने प्रयास गरेको देखिन्छ ।

त्यसबाहेक मुस्लिम मतमा पनि दुवै उम्मेदवारहरूले एक्सरसाइज गरिरहेका छन्। अहिले जनकपुर बजारका मतदाताहरू खुलेका छैनन्। ‘जातको आधारमा मत पर्ने सम्भावना बलियो छ । हरेक चुनावमा त्यसको प्रभाव पनि प्रस्ट देखिन्छ यहाँ,’ ती विश्लेषकले भने, ‘बजारका मानिस होऊन्, वा बुद्धिजीवी वर्ग, नागरिक समाज कोही पनि अहिलेसम्म कसैको पक्षमा नखुलेका कारण कसको पल्ला भारी छ भन्ने कुरा अहिलेसम्म प्रस्ट भइसकेको छैन।’

मंसिर २ गतेदेखि त्यसको संकेत देखिने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x