×

NMB BANK
NIC ASIA

कलाकार उम्मेदवार

उम्मेदवार बनेका कलाकार : चर्चा मात्रै बढी, मतगणनामा अधिकांश परे पछि

मंसिर ७, २०७९

NTC
Premier Steels

यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राजनीतिकर्मी मात्रै होइन्, कलाकारहरुको समेत उल्लेख्य सहभागीता रह्यो । 

Muktinath Bank

चर्चित गायक मुरलीधर मिझार, अभिनेत्री रेखा थापादेखि ‘सक्किगोनी’का कलाकार मधुसुदन पाठक (सिते बा), निर्माता रोज राणासम्म चुनावी मैदानमा होमिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपी, अधिकांश कलाकार उम्मेद्वारले सोँचेजस्तो मत भने ल्याउन सकिरहेका छैनन् । 


Advertisment
Nabil box
Kumari

जारी मतगणनामा अधिकांश कलाकार उम्मेद्वारहरु पछाडि परेका छन् । चर्चित गायक मुरलीधर मिझार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सिरहा –२ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका थिए । 

Vianet communication

उनको गाएको गीत ‘उडायो सपना सबै हुरीले’ भनेझै उनको सांसद हुने सपना पनि हुरीले उडाएझै भयो । उनी मतपरिणाममा धेरै पछाडि छन् । पछिल्लो मतपरिणामअनुसार, मुरलीधरले जम्मा १ सय ६५ मत ल्याउँदै चौथो स्थान बनाएका छन् । यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादव ४ हजार ४ सय ७२ मतका साथ अग्रस्थानमा छन् । 

यस्तै, मोरङ–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिभिसभा सदस्य उम्मेद्वार रहेकी चर्चित अभिनेत्री रेखा थापा पनि मतपरिणाममा पछाडि छिन् । पछिल्लो मतपरिणामअनुसार उनी २ हजार ९ सय ९६ मत ल्याउँदै तेस्रो स्थानमा छिन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा १४ हजार ३३ मतका साथ अग्रस्थानमा छन् भने नेकपा एमालेका भानुभक्त ढकाल ८ हजार ७ सय ४८ मतका साथ दोस्रो स्थानमा छन् ।

 दाङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेकी गायिका कोमल वली दोस्रो स्थानमा छिन् । नेकपा एमालेबाट उम्मेद्वार रहेकी उनले ६ हजार ६ सय ५२ मत पाएकी छिन् । यहाँ नेपाली कांग्रेसका दीपक गिरीले ८ हजार ४ सय ३५ मतका साथ अग्रता लिईरहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका कमेडियन हिमेश पन्त पनि मतपरिणाममा पछाडि परेका छन् । आफ्नै गृह जिल्ला धादिङ क्षेत्र नम्बर –१ बाट उम्मेदवारी दिएका पन्त मत परिणाममा तेस्रो स्थानमा छन् । पछिल्लो मतपरिणामअनुसार, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले १३ हजार ६ सय ८ मत पाएका छन् भने एमालेका भूमीप्रसाद त्रिपाठीले १२ हजार ६ सय २८ मत पाएका छन् । हिमेशले ४ हजार ४ सय ४३ मत मात्रै पाएका हुन् । 

काभ्रे क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवार रहेका ‘दासढुंगा’ फिल्मका निर्देशक मनोज पण्डित पनि मतगणनामा धेरै पछाडि परेका छन् ।

यहाँ गठबन्धनबाट नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १२ हजार ५ सय ९३ मतका साथ अग्रता लिईरहँदा एमालेका गोकुलप्रसाद बाँस्कोटाले १२ हजार ४ सय ८५ मतका साथ पछ्याईरहेका छन् । निर्देशक पण्डितले जम्मा ५४ मत पाएका छन् । 

त्यसैगरी, काठमाडौं–५ मा हाम्रो नेपाली पार्टीबाट उम्मेद्वारी दिएका ‘सक्किगोनी’का कलाकार मधुसुदन पाठक (सिते बा)ले ३ सय ६४ मत मात्रै पाए । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडल विजयी भईसकेका छन् । 

काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले हालसम्म ४ सय ९९ मतमात्रै ल्याएका छन् । नेकपा एमालेबाट सर्वेन्द्र खनाल उम्मेद्वार रहेको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिईरहेका छन् । 

प्युठानको प्रदेश निर्वाचन क्षेत्र नम्बर–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका रोज राणा (सरोज थापा) दोस्रो स्थानमा छन् । नेपाली कांग्रेबाट उम्मेद्वार रहेका राणाले हालसम्म ८ हजार ९ सय ६६ मत ल्याउँदा नेकपा एमालेका हरिप्रसाद रिजालले ९ हजार ८ सय ५० मत ल्याएर अग्रता लिईरहेका छन् । ​

काठमाडौं २ (१) बाट चुनावी प्रतिस्पर्धामा रहेका अभिनेता राजकुमार तिमिल्सिना पनि मतगणनामा पछाडि छन् । सिलसिला, मन मनै मन पराए, फैसला जस्ता हिट फिल्ममा अभिनय गरेका तिमिल्सिना हाम्रो नेपाली पार्टीबाट चुनावी मैदानमा उत्रिएका थिए । तर, उनको चुनावी अभिनय भने जम्न सकेन । उनले ९ सय २३ मत पाएका छन् । 

काठमाडौं–२ (१) मा राप्रपाका सुनिल केसीले ६ हजार ५ सय ९८ मतका साथ अग्रता लिईरहेका छन् । 

काठमाडौं–१ (२) मा उम्मेद्वार रहेका फिल्म निर्माता एवं वितरक करण श्रेष्ठ पनि चुनावी  नतिजामा पछि परे ।  

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उम्मेद्वार रहेका उनले ६७ मत मात्रै पाएका छन् । यहाँ नेपाली कांग्रेसका सुरजचन्द्र लामिछाने ४ हजार ५ सय १० मतका साथ अग्रस्थानमा छन् । 

धादिङबाट प्रदेश सभा सदस्य उम्मेद्वार रहेका अभिनेता एवं निर्माता मदुकुमार श्रेष्ठले भने विजयी हासिल गरिसकेका छन् । 

उनी धादिङ– १ (१) मा नेपाली कांग्रेसकोतर्फबाट विजयी भएका हुन् । निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेद्वार छन् । ‘कालो पोथी’ फिल्म निर्देशक मीन भाम प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसकोतर्फबाट समानुपातिक उम्मेदवार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x