कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
मंसिर ११, २०७९
प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम आएसँगै लुम्बिनी प्रदेशमा भावी सरकारको चर्चा शुरू भएको छ ।
ठूला राजनीतिक दलबाट भावी मुख्यमन्त्रीको ‘रेस’ मा रहेका नेताहरू निर्वाचनमा पराजित भएसँगै नेतृत्व कुन दलका नेताले गर्लान् भन्ने कौतुहलता छ ।
पहाडी ६ र तराईका ६ जिल्ला मिलेर बनेको लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री पाउनेछ । नेकपा एमालेबाट मुख्यमन्त्रीका दाबेदारमध्येका एक घनश्याम पाण्डे दाङ– ३ (१) बाट पराजित भएका छन् ।
कांग्रेसका निवर्तमान प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्र कनोडिया कपिलवस्तु–३ (२) र अर्का दाबेदार प्रदेशसभा सभापति अम्मरसिंह पुन रोल्पाबाट पराजित भए ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मी– १ (१) बाट पराजित भए । लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्य प्रदेशसभा रहेको छ ।
एमालेबाट प्रदेश सरकारका निवर्तमान मन्त्री तथा प्रदेश अध्यक्ष लीला गिरी, केन्द्रीय सदस्य तथा पूर्व संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल निर्वाचित भएका छन् । चुनाव जितेपछि उनीहरूले दौडधूप बढाएका छन् । गिरी रूपन्देही– २ (१) र ढकाल रूपन्देही–५ (१) बाट निर्वाचित भएका छन् ।
कांग्रेसबाट केन्द्रीय सदस्य तथा पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाक र डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीका आकांक्षी हुन् । पार्टीको संस्थापन खेमाका नेता रञ्जाक रूपन्देही–१ (२) बाट र चौधरी दाङ–३ (१) बाट निर्वाचित भएका छन् ।
त्यस्तै दाङ २ (१) बाट निर्वाचित राजु खनाल पनि मुख्यमन्त्रीका आकांक्षी रहेको बताइएको छ । त्यस्तै बराल पराजित भएसँगै माओवादीबाट रोल्पा १ (१) बाट निर्वाचित जोखबहादुर महराले मुख्यमन्त्री बन्ने इच्छा देखाएका छन् । महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव थिए ।
प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ सीटमध्ये कुन जिल्लाबाट कसले जीत ?
लुम्बिनी प्रदेशसभामा दलको संख्या योपटक बढेको छ ।
यसअघि पाँच दल रहेको प्रदेशसभामा अहिले प्रत्यक्षतर्फ ७ वटा पार्टीले निर्वाचन जीतको छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसद प्रदेशसभामा रहनेछन् ।
रूपन्देहीबाट एमालेले ४, कांग्रेसले २, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले २, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ र जनमत पार्टीले १ सीट जितेका छन् ।
त्यस्तैगरी गुल्मीमा एमालेले ३ र कांग्रेसले १ सीटमा जीत निकालेको छ । पाल्पामा एमाले २, कांग्रेस १ र माओवादी १ क्षेत्रमा विजयी भएका छन् ।
अर्घाखाँचीमा एमाले २, कपिलवस्तुमा एमाले ४, राप्रपा १ र कांग्रेसले १ क्षेत्र जितेका छन् । रूकुमपूर्वमा कांग्रेस १ र स्वतन्त्रले १ सीट जीतको छन् ।
रोल्पामा माओवादी र स्वतन्त्रले १/१ क्षेत्रमा जीत निकाल्दा प्युठानमा एमाले र कांग्रेसले १/१ क्षेत्र जितेका छन् । त्यस्तैगरी दाङमा माओवादीले २ र कांग्रेसले ४ क्षेत्रमा जितेका छन् ।
बाँकेमा एमालेले २, जनता समाजवादी पार्टीले २ र कांग्रेस तथा माओवादीले १/१ सीट जितेका छन् ।
बर्दियामा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले २/२ क्षेत्र जितेका छन् । पश्चिम नवलपरासीमा नवलपरासी कांग्रेसले ३ र स्वतन्त्रले १ क्षेत्र जितेका छन् ।
प्रत्यक्षतर्फ कुन दलको कति सीट ?
लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ठूलो दल एमाले बनेको छ । एमालेले लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ १८ क्षेत्रमा जीत निकालेको छ ।
यस्तै कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपाले २, जसपाले २, लोसपाले २, नागरिक उन्मुक्ति पार्टीले २, जनमत पार्टीले १ र स्वतन्त्र ३ जनाले जितेका छन् । नेकपा एकीकृत समाजवादी एक सीट पनि जित्न सकेन ।
फेरि मिलिजुली सरकार
२०७४ मा को प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनाव लडेका एमाले र माओवादीले दुईतिहाइ नजिकको सरकार बनाएका थिए ।
यसपालि सत्तारुढ गठबन्धन कांग्रेस र माओवादीले सोचेजस्तो परिणाम नआउँदा प्रदेश सरकार गठन सकसपूर्ण देखिएको छ ।
लुम्बिनीमा प्रत्यक्षतर्फको मत परिणामले दलहरूबीच ध्रुवीकरण हुने देखिन्छ । यसअघि शंकर पोखरेल नेतृत्वको तत्कालीन नेकपाले साढे ३ वर्ष सरकार चलायो । नेकपा विभाजनपछि माओवादीको नेतृत्वमा डेढ वर्ष सरकार चल्यो ।
अब फेरि कांग्रेस र माओवादीबीच तालमेल गरेर अन्य साना दललाई पनि मिलाएर सरकार बनाए कांग्रेसले सरकारको नेतृत्व पाउने सम्भावना बलियो छ ।
लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । मतपरिणामले कुनै एक दलको बहुमत पुग्ने देखिँदैन ।
एमाले र कांग्रेसमध्ये जसको लीड उसैको नेतृत्वमा सरकार
जनता समाजवादी पार्टीका नेता तथा राजनीतिक क्षेत्रका विश्लेषक मनिकर कार्कीले कांग्रेस र एमालेमध्ये जसले माओवादीसहित अन्य साना दलको विश्वास जित्न सक्छ, उसैको नेतृत्वमा सरकार बन्ने देख्छन् ।
‘घण्टीले अहिले असन्तुष्ट र आवेशात्मक भोट पायो । ठूला दलका सीट घटे । अब लुम्बिनीमा माओवादीदेखि राप्रपासम्मलाई मिलाएर एमाले र कांग्रेसमध्ये एउटाले सरकार बनाउने देखिन्छ । यो चुनावी परिणामले स्थिरता हैन, अस्थिरता निम्त्याउने जोखिम छ ।’
एमाले रूपन्देहीका नेता तेजेन्द्र केसी भने लुम्बिनीको मुख्यमन्त्री रूपन्देहीले पाउने सम्भावना बढी देख्छन् ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...