माघ २१, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले बाहेकको पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। राष्ट्रपति पनि एमालेको भए उक्त राष्ट्रपति सरकारको आदेशपालक मात्र हुन सक्ने उन...
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन् ।
निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको बताए । ‘हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ । पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो’, आयोगले राखेका अपेक्षाको विश्लेषण गर्दै उनले भने, ‘यस कारण हामीले निर्वाचनमा यसपटक कुनै पनि पद पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गर्यौँ ।’
उनले विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनसाय बोकेका व्यक्तिले मिथ्या सूचना, दुष्प्रचार र द्ववेशपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने कार्यलाई नजिकबाट नियमन गर्न यस पटक सफल भइरहेको पनि बताए ।
थपलियाले अब भौतिकरुपमा वा सडकबाट मात्रै नभई सामाजिक सञ्जालमार्फत् पनि निर्वाचन प्रभावित गर्न नपाइने मान्यता स्थापित भएको बताए । निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाई दिनसक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको उनको भनाइ छ ।
उनले निर्वाचन अधिकृतहरूले उत्कृष्ट ढंगले काम गरेको भन्दै धन्यवाद दिँदै काम गर्दा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गरे । उनले आयोग वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताउँदै भने, ‘हामी वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौँ । हामी अब छिट्टै कानून संशोधनको प्रक्रिया अघि बढाइनेछ ।’ उनले नयाँ संसद्को नयाँ अधिवेशनमा कानून संशोशनले प्रवेश पाउने बताए । रासस
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले बाहेकको पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। राष्ट्रपति पनि एमालेको भए उक्त राष्ट्रपति सरकारको आदेशपालक मात्र हुन सक्ने उन...
राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ । सङ्घीय संसद्को ल्होत्...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शेरबहादुर देउवा नेतृत्वको वाम-लोकतान्त्रिक गठबन्धन भत्किनुमा ४ वटा कारण दिएका छन् । केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा नेपालले गठबन्धन...
गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी अडानबाट पछाडि हटेको छ । बिहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्...
सत्तारुढ नेकपा (एमाले) का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ...
दुई दिने अल्टिमेटम सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शनिबार साढे ८ बजेपछि बस्नेगरी पार्टी कार्यालय बसुन्धारामा बैठक बोलाइएको सभापति रवि...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...