×

NMB BANK
NIC ASIA

बङ्गलादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा

मंसिर १८, २०७९

NTC
Premier Steels

उच्च स्तरको वायु प्रदूषणको सम्पर्कमा आउँदा बङ्गलादेशमा बसोबास गर्दै आएका लाखौँ मानिस यसबाट बढी प्रभावित बन्नेगरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

Muktinath Bank

प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा सङ्क्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढ्ने विश्व बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ब्रेथिङ हेभी - न्यू एभिडेन्स अन एयर पोलुशन एण्ड हेल्थ इन बङ्गलादेश’ नामक प्रतिवेदनले ढाका र सिलहट शहरहरूमा शारीरिक र मानसिक स्वास्थ्यमा बाह्य वायु प्रदूषणको प्रभावको मूल्यांकन गरेको छ । प्रदूषणका कारण पाँच वर्षमुनिका बच्चाहरू, वृद्धहरू र मधुमेह, मुटु वा श्वासप्रश्वासको अवस्था जस्ता अन्य रोगहरू भएका व्यक्तिहरू सबैभन्दा असुरक्षित रहेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

प्रतिवेदनले स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव कम गर्न, सार्वजनिक स्वास्थ्य सेवाहरू र प्रतिक्रिया संयन्त्रहरू सुधार गर्न, वायु प्रदूषण तथ्याङ्क निगरानी प्रणालीमा सुधार गर्न, प्रणालीहरूमा लगानी गर्न र थप अनुसन्धानमा संलग्नसहित तत्काल सावधानीका कार्यहरू गर्न प्रारम्भिक चेतावनीसहित सिफारिस गरेको छ । 

Vianet communication

अध्ययनले ढाका शहरमा प्रमुख निर्माण र लगातार ट्राफिक भएका स्थलहरूमा वायु प्रदूषणको उच्चतम स्तर रहेको पत्ता लगाएको छ । यी स्थलमा स्वास्थ्यको लागि सबैभन्दा खतरनाक मानिने ‘पार्टिकुलेट म्याटर (पीएम) २.५’ डब्ल्यूएचओ वायु गुणवत्ता दिशानिर्देश (एक्यूजी) भन्दा औसत १५० प्रतिशत माथि रहेको जनाइएको छ । यो स्वास्थ्यको लागि सबैभन्दा खतरनाक मानिन्छ र यसमा प्रति दिन लगभग १.७ खिल्ली चुरोटको धूम्रपानको बराबर हुन्छ । 

बङ्गलादेश र भुटानका लागि विश्व बैंकका कार्यवाहक देशीय निर्देशक डन्डन चेनले भने, “वातावरणीय वायु प्रदूषणले बच्चादेखि वृद्धसम्म सबैलाई जोखिममा पार्छ । सन् २०१९ मा, वायु प्रदूषण बङ्गलादेशमा मृत्यु र अशक्तताको दोस्रो ठूलो कारण रहेको थियो र यसले देशको कुल गार्हस्थ्य उत्पादनको लगभग ३.९ देखि ४.४ प्रतिशत खर्च गरेको थियो ।”

“वायु प्रदूषणलाई सम्बोधन गर्नु देशको दिगो र हरित वृद्धि र विकासको लागि महत्वपूर्ण छ । विश्लेषणात्मक कार्य र नयाँ लगानीको माध्यमबाट, विश्व बैंकले बङ्गलादेशलाई वायु प्रदूषण कम गर्न मद्दत गरिरहेको उनले बताए । 

प्रतिवेदनअनुसार सन् २०१९ मा वायु प्रदूषणजन्य समस्याका कारण बङ्गलादेशमा ७८ हजार १४५ देखि ८८ हजार २२९ जनाको मृत्यु भएको थियो । 

विश्व बैंक स्वास्थ्य विशेषज्ञ र रिपोर्टका प्रमुख वामेक अजफर रजाले भने, “वायु प्रदूषण जलवायु परिवर्तन को कारण बन्छ र जलवायु परिवर्तनले वायु गुणस्तरलाई खराब गर्दछ ।'' 
समयसँगै  जलवायु परिवर्तन र शहरीकरणले वायु प्रदूषणलाई अझ तीव्र बनाउनेछ । वायु प्रदूषण र जलवायु परिवर्तनबाट उत्पन्न हुने वर्तमान् स्वास्थ्य सङ्कटको सामना गर्न स्वास्थ्य क्षेत्र राम्ररी तयार हुन आवश्यक रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x