माघ १९, २०७९
नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाको...
काठमाडाैं | मंसिर २१, २०७९
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग १० महिनापछि निष्क्रिय भएको छ ।
मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायिक मर्यादाविपरीतको काम गरेको भन्दै जबराविरुद्ध अहिलेको सत्ता गठबन्धनका ९८ सांसदले गत फागुन १ मा महाभियोग दर्ता गराएका थिए ।
त्यसयता चोलेन्द्र निलम्बनको अवस्थामा थिए । लामो समय संसद्मा अल्मल्याएर कार्यकालको अन्तिमतिर चोलेन्द्रविरुद्धको महाभियोग प्रस्तावमाथि महाभियोग सिफारिश समितिमा छलफल गरिएको थियो ।
कार्यकाल सकिने अन्तिम दिन महाभियोग सिफारिश समितिले सभामुखलाई प्रतिवेदन बुझाउँदै अर्को संसद्ले यसको टुंगो लगाउनुपर्ने सुझाव दिएको थियो ।
२०७९ असोज १ गते प्रतिनिधिसभाको कार्यकाल सकिएलगत्तै महाभियोग निष्क्रिय भएको भन्दै चोलेन्द्र सर्वोच्च फर्किन खोजे पनि सरकारले रोक लगाएको थियो ।
त्यो बेला चोलेन्द्रले सरकारले आफूलाई नजरबन्दमा राखेको आरोप लगाएका थिए । यसपालि भने उनलाई सर्वोच्च प्रवेश गर्न दिने तयारी छ ।
क्लिनचिटको पत्र आइनपुगेको र आइपुगेमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए ।
संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बुधवार जबरालाई महाभियोग निष्क्रिय भएको पत्र थमाइएको जानकारी दिए ।
‘हिजो उहाँले निवेदन दिनुभएको थियो । आज सचिवालयबाट महाभियोग निष्क्रिय भयो भनेर पत्र दिएका छौं,’ पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि झण्डै १० महिना निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश जबराले आफूले ‘क्लिन चिट’ पाएको र आजै अदालत जाने तयारी गरेको बताए ।
‘भोलि अदालत बिदा भएकाले सकभर आजै अदालत जाने गरी तयारी गरेको छु,’ राणाले लोकान्तरसँग भने ।
महाभियोग सिफारिश समितिमा बयानका क्रममा चोलेन्द्रले आफूमाथि लागेका आरोप खण्डन गरेका थिए । साथै उनले सहकर्मी न्यायाधीशमाथि पनि गम्भीर आक्षेप लगाएका थिए ।
उमेर हदका कारण मंसिर २८ गते अवकाश पाउन लागेका चोलेन्द्रलाई एक हप्ता पहिले सफाइ दिइएको हो । २०७८ फागुन १ गते उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो ।
नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाको...
दुवै मिर्गौला फेल भएपछि नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्। मिर्गौला फेल भएर डाइलसिस गराउँदैआएका कटवालको स्वास्थ्यमा थप समस्या देखिएपछि छाउनीस्थित सैनिक अस्पतालको आईसीयूमा उ...
बिहीबार काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् । त्यस्तै उनले आजै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल लगाय...
बिहीवार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान भएका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रवार कारागार चलान गरिएक...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनभित्र सत्ता साझेदार दलका नेताहरूले राजनीतिक इमानदारिता नदेखाए पार्टीले सरकारबाट बाहिरिने जस्तो अप्रिय निर्णय लिन सक्ने स्पष्ट गरेको छ । बिहीबार बसेको केन्द्रीय...
नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भ...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...