माघ १५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि छलफल गर्ने बताएका छन्। कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध शुरु भएको छ। आजै...
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख गरे ।
उनले भने, ‘अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।’ अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए ।
संसद्मा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनको भनाइ थियो ।
देशमा आर्थिक र राजनीतिक संकट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने उनले बताए । निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताए ।
‘एमाले र कांग्रेस सच्चिनुपर्छ,’ उनले भने, ‘जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइयो ।’ तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेको भनाइ छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि छलफल गर्ने बताएका छन्। कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध शुरु भएको छ। आजै...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बन्नुभएको बताएका छन्। ...
गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताएका छन् । ...
रवि लामिछाने फेरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भएका छन्। पार्टीलाई उनलाई आज पुनः सभापतिको जिम्मेवारी दिएको हो। आज (आइतबार) जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुनः प्राप्ति गरेका थिए। आजै उनल...
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रवि लामिछानेले नागरिकता पाएका छन्। आज बिहान लामिछाने नागरिकता पुनः प्राप्तिका लागि सीडीओ कार्यालय पुगेका थिए। जिल्ला प्रशासन कार्यालयबाट बाहिरिने क्रममा उनले कुनै अभव्...
अखिल क्रान्तिकारीले स्ववियु चुनावसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार उपत्यका विशेष प्रदेश समितिले शनिबार काठमाडौंमा कार्यशाला सम्पन्न गरेको हो । कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...