माघ २०, २०७९
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक भोलि बस्दैछ । बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने जानकारी नेता गंगालाल तुलाधरले दिए । पार्टीले राजनीतिक प्...
धनगढी | मंसिर २२, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन् ।
बिहीवार धनगढीमा शुरू भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युुत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त गरे ।
उनले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए ।
पर्यटन तथा कृषिको विकासमार्फत आर्थिक समृद्धि गर्न सकिनेमा जोड दिँदै उनले विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए । कोरोना महामारीले थला परेको उद्योग व्यवसायलाई माथि उठाउन सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको कृषि तथा पर्यटन विकासका लागि महोत्सवले टेवा पुर्याउने बताए ।
यस क्षेत्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशको विकासका लागि महोत्सवले टेवा पुर्याउने बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उद्योग व्यवसायलाई सशक्त र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण भएको बताए । उनले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको दाबी गरे । देशमा पुँजी परिचालन अपेक्षाअनुसार हुन नसक्दा समस्या भइरहेको उनको भनाइ थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा लगानी भित्र्याउनका लागि लगानीकर्तालाई जग्गाको उपलब्धता, लगानीको सुनिश्चितता र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताए ।
समारोहमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरे । उक्त अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई प्रधानमन्त्री देउवाले सम्मानपत्र प्रदान गरेका थिए ।
समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नारासहित शुरू भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा झण्डै ४०० व्यापारिक कक्ष राखिएको छ ।
सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना हुँदै आएको छ ।
महोत्सव कोरोना महामारीका कारण भने विगतमा २ वर्ष हुन सकेको थिएन ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक भोलि बस्दैछ । बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने जानकारी नेता गंगालाल तुलाधरले दिए । पार्टीले राजनीतिक प्...
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उम्मेदवार नेपाली नागरिक हो/होइन र नागरिकताअनुसार उमेरले उम्मेदवार बन्न योग्य छ/छैन मात्र हेर्ने अधिकार आयोगलाई भएको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँग निर्वाचनबारे छल...
आफैंले चलाएको गाडी दुर्घटनामा परेपछि नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले कुनै गम्भीर समस्या नआएको बताएका छन् । गाडी बानेश्वरको सडक डिभाइडरमा ठोकिएपछि सिभिल अस्पतालमा उपचाररत भूसालले आफूलाई चोट...
सत्ता गठबन्धनमा राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयले तनावको स्थिति उत्पन्न भइरहेका बेला माओवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच ब्याक टु ब्याक वार्ता भएको छ । बिहीबार प्रधानमन्त्री एवं मा...
कांग्रेसले शनिबार बस्ने गरी विपक्षी मोर्चाको बैठक बोलाएको छ । राष्ट्रिय सभाका उपाध्यक्ष, लुम्बिनीमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनसहित विषयमा छलफल गर्न कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलाएको हो । ...
नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिर १० गते...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...