×

NMB BANK
NIC ASIA

‘आफ्नै घर छु, तर पर–पर छु’ [भिडियो]

महिनावारी सचेतनाका लागि प्रकाश सपूत र केकी अधिकारीको सिर्जनात्मक प्रयास

मंसिर २३, २०७९

NTC
Premier Steels

‘१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत
त्यही रगतले पराईजस्तो भयो मेरो जगत


संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो
जन्मदिने बा–आमाले पानी बार्दिनु भो
आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु’

Muktinath Bank

माथिका शब्दलहर ‘पर–पर छु’ बोलको गीतका हुन् । गायक एवं सर्जक प्रकाश सपूतले यसका शब्दलहर तयार पारेका हुन् । उनैले भाका बनाएका हुन् । त्यसमा तुलसी बोहोराले स्वर दिएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा महिनावारी सचेतनाका लागि तयार पारिएको गीत अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसर पारेर हिजो (बिहीवार) बेलुका सार्वजनिक गरिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रकाश लोकसंगीतका एक यस्ता प्रतिभा हुन्, जो अलग–अलग विषयवस्तुलाई गीत–संगीतमार्फत पेश गर्दै आएका छन् । त्यो पनि अत्यन्तै मनछुने तरिकाले । ‘पर–पर छु’ भने सचेतनाका लागि प्रकाशको सिर्जनात्मक प्रयास हो । जसमा उनले एकदमै मनछुने शब्द लेखेका छन् । जुन उत्तिकै मर्मस्पर्शी पनि छन् । उत्तिकै मिठो भाका तयार पारेका छन् ।

Vianet communication

‘प्रकृतिको नियम होला तन दुखेको थियो 
समाजको नियमले झन मन दुखेको थियो 

 

प्रकृति र समाजको नियम मानिरहे 
केटाकेटी जस्तै थिए केटी मात्रै भए
आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु’

गायिका तुलसीले उत्तिकै मिठासपूर्ण तरिकाले गीत गाएकी छिन् । भिडियोमा अभिनेत्री केकी अधिकारी, प्रकाश सपूत र सेबिता अधिकारीले अभिनय गरेका छन् । कथानक तरिकाले यसको भिडियो निर्माण गरिएको छ, प्रकाशकै कथा एवं निर्देशनमा । गीतको मर्म झल्कनेगरी उनले भिडियो निर्माण गरेका छन् । 

केकी अधिकारी फिल्मस् र आरन प्रोडक्सनको प्रस्तुतीमा तयार गीतको भिडियोमा संवाद केकी र प्रकाशले संयुक्त रुपमा मिलेर तयार पारेका हुन् । केकी र प्रकाशले यसअघि बलात्कारको विषयमा निर्माण गरिएको ‘बदला बरिलै’ बोलको गीतमा सहकार्य गरेका थिए ।  

अमित पोख्रेलले सब–टाइटलका लागि अंग्रेजी अनुवाद गरेका छन् ।

भिडियोमा नवराज उप्रेतीको छायाँकन, प्रबिन भट्टको सम्पादन एवं रंग संयोजन छ । भाग १ भनिएको यस गीतलाई प्रकाशले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएसँगै गीतलाई लिएर सकारात्मक प्रतिक्रियाहरु आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x