×

NMB BANK
NIC ASIA

पत्रकारिताको विश्वसनीयतामाथि गम्भीर भएर चिन्तन गर्न राष्ट्रपति भण्डारीको आग्रह

पुस ८, २०७९

NTC
Premier Steels

राष्ट्रप्रति विद्यादेवी भण्डारीले पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि गम्भीर भएर चिन्तन गर्न आग्रह गरेकी छन् ।

Muktinath Bank

नेपाल पत्रकार महासंघको शुक्रवार सुर्खेतमा आयोजित केन्द्रीय साधारणसभालाई सम्बोधन गर्दै उनले पत्रकारिता आचारसंहिताको पालना र यसमा देखिएका समस्या समाधानको पहल गर्न आग्रह गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति भण्डारीले पत्रकारले सूचना प्रवाह गर्दा सत्यतथ्य हो कि होइन, समाजलाई हित गर्छ कि गर्दैन, व्यक्तिको आत्मसम्मानमा ठेस पुर्‍याउने काम भएको छ कि छैन भनेर विचार गर्नुपर्ने बताइन् ।


Advertisment
Nabil box
Kumari

‘पत्रकारिता क्षेत्रका समस्याबारे तपाईंहरू पनि पक्कै चिन्तित हुनुहुन्छ होला, पत्रकारिताले राष्ट्र र समाजप्रतिको हाम्रो दायित्व पूरा गर्न मद्दत पुर्‍याएको छ कि छैन, लोकतन्त्र बलियो बनाउने, आवाजविहीनको आवाज बन्ने काम भएको छ कि छैन, पत्रकारिताको व्यावसायिक अभ्यास भएको छ कि छैन, त्यसतर्फ गम्भीर हुन आग्रह गर्दछु,’ उनले भनिन्, ‘स्वच्छ पत्रकारिताको विकास र अभ्यासले मात्र राष्ट्र र समाजप्रतिको दायित्व पूरा हुने अपेक्षा लिएको छु ।’

Vianet communication

अनलाइन र सामाजिक सञ्जालको बढ्दो प्रभावले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपिएको राष्ट्रपति भण्डारीको भनाइ छ । ‘डिजिटल मिडियाको प्रभाव अत्यन्तै बढेको छ, प्रविधिले ल्याएको यो परिवर्तनलाई नराम्रो भन्न मिल्दैन,’ उनले भनिन्, ‘यो अवसरसँगै चुनौती पनि हो ।’ 

उनले पत्रकारिता क्षेत्रको कानून निर्माण, सुरक्षा र रोजगारी तथा व्यावसायिक विकासमा जिम्मेवार निकायलाई ध्यान दिन ध्यानाकर्षण गराएकी छन् । राष्ट्रपति भण्डारीले सूचनाको हक र पे्रस स्वतन्त्रतालाई संविधानले नै प्रत्याभूत गरेकाले पे्रसलाई अंकुश लगाउने तथा संकुचित पार्ने काम गर्न नहुने विचार व्यक्त गरिन् ।

महासंघको साधारण सभामा शुभकामना व्यक्त गर्न नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा लगायतका नेताहरू सहभागी भएका छन् । 

साधारण सभामा स्वदेश तथा विदेशमा रहेका महासंघका शाखाबाट गरी करीब ७०० प्रतिनिधिको सहभागिता रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x