×

NMB BANK
NIC ASIA

अदालतको पाँच आदेश पालना नगरे सन्दीप लामिछाने फेरि जेल जाने

पुस २८, २०७९

NTC
Premier Steels

उच्च अदालत पाटनले जारी गरेको पाँच सर्त पालना नगरे धरौटीमा रिहा हुने आदेश पाएका क्रिकेटर सन्दीप लामिछाने पुनः जेल जानुपर्ने अदालतको आदेशमा उल्लेख छ । 
कुनै सर्त वा सबै सर्तहरुलाई प्रतिवादीले उलंघन गरेमा लामिछानेलाई मुद्दाको पुर्पक्षको क्रममा धरौटी माग गर्ने गरी प्रस्तुत भएको आदेश स्वतः निष्क्रिय हुने अदालतको आदेशमा उल्लेख छ । आदेश निष्क्रिय भएमा प्रतिवादीलाई मुद्दाको पुर्पक्षको क्रममा थुनामा राखी जिल्ला अदालतले मुद्दाको कारबाही र किनारा गर्नुपर्ने आदेशमा उल्लेख छ । 

Muktinath Bank

बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बलात्कार आरोपी लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको हो । आदेशमा अभियुक्तलाई स्थानको बन्देजदेखि विद्युतीय माध्यमबाट संकेत र निगरानी गराउन सकिने मान्यता र अभ्यासको परिप्रेक्ष्यमा मुद्दाको संवेदनशीलतालाई दृष्टिगत गर्दै न्यायिक कारबाहीलाई शीघ्र टुंगोमा पुर्याउने उल्लेख छ । यस्तै न्यायिक कारबाहीमा प्रतिवादीको उपस्थिति प्रभावकारी बनाउने प्रयोजनका लागि न्याय प्रशासनसम्बन्धी अदालतको अन्तरनिहीन अधिकार प्रयोग गरी सर्त सहितको आदेश जारी गरिएको उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसअनुसार लामिछानेले काठमाडौं उपत्यका छाड्न समेत प्रहरीको अनुमति लिनुपर्ने छ ।  यसैगरी लामिछानेलाई मुद्दाको फैसला नहुँदासम्म विदेश जान रोक लगाइएको छ भने विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन तथा सार्वजनिक गर्न पाइनेछैन । 


Advertisment
Nabil box
Kumari

यसैगरी पीडित पक्षसँग सम्पर्क वा भेटघाटमा रोक लगाइएको छ भने आदेशहरुको प्रभावकारी पालनाका लागि मोबाइलमा पहुँच राखी प्रहरीले उपयुक्त व्यवस्था मिलाउन सक्ने अदालतको आदेशमा उल्लेख छ । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका थिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x