
प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।
प्रदेशसभामा शुक्रवार भएको मत विभाजनमा कार्कीको पक्षमा ५९ र विपक्षमा ३२ मत पर्यो ।
कार्की ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
सभामुख सत्ता गठबन्धनकै रहेकाले उनले मताधिकार प्रयोग गर्न नपाउँदा ५९ मत मात्र पाएका हुन् ।
विपक्षमा ३३ सांसद रहे पनि कांग्रेसका एक सांसद अनुपस्थित रहेकाले ३२ मत खस्यो ।