×

NMB BANK
NIC ASIA

पहाडी विमानस्थलको चर्चा

पहाडमा विमानस्थल– आवश्यकता कि राजनीतिक स्वार्थ ?

विमानस्थल बन्छन् तर चल्दैनन्

माघ २, २०७९

NTC
Premier Steels

निर्माण शुरू भएको झण्डै १७ वर्षपछि गत पुस अन्तिम हप्ता गुल्मीको सिमीचौरस्थित रेसुङ्गा विमानस्थल ठूलो तामझामका साथ प्रदर्शन उडान भयो । एमाले उपमहासचिव प्रदीप ज्ञवाली विक्रम संवत् २०६३ सालमा पर्यटनमन्त्री भएका बेला निर्माण शुरू भएको एयरपोर्ट बनाउँदा ३३ करोड रुपैयाँ खर्चिए पनि नियमित सञ्चालन हुनेमा सबै क्षेत्रको आशंका छ । २०७६ जेठमा परीक्षण गरिएको विमानस्थलमा त्यसपछि कुनै उडान भएका थिएनन् ।  

Muktinath Bank

तीब्र बसाइँसराइँले गाउँबस्ती रित्तिँदैछन् । धेरै मानिसहरू पहाडी जिल्लाबाट निस्केर तराई र शहर जाने गरेका छन् । जहाँ जानका लागि विमानस्थल प्रयोग हुँदैन तर रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले यात्रुको सुनिश्चितता नगरपालिकाले गर्ने भन्दै एयरपोर्ट नियमित सञ्चालनमा हुनेमा आशंका नगर्न आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गुल्मीले अहिलेसम्म हवाई यातायातका लागि कि त भैरहवा कि त पोखरा जानुपर्ने अवस्था छ,’ पन्थीले लोकान्तरसँग भने, ‘हप्तामा २ दिन, नभए १ दिन विमान चले पनि गुल्मीमा पर्यटन विकाससँगै अर्घाखाँची र बागलुङको पश्चिम भेगलाई समेट्छ । यहाँका व्यापारी काठमाडौं जाने हप्तामा ३० जनाभन्दा  बढी हुनुहुन्छ । नचल्ने कुरै छैन ।’


Advertisment
Nabil box
Kumari

गुल्मी–काठमाडौं ४५ मिनेटको हवाई यात्राका लागि प्रतियात्रु भाडादर न्यूनतम् ८ हजार रूपैयाँ हुने एयरलाइन्सहरूले बताएका छन्, जुन महंगो भाडादर हो । 

Vianet communication

७ अर्ब रूपैयाँभन्दा बढी खर्चेर बनेको दाङको टरीगाउँ विमानस्थल नियमित सञ्चालनमा छैन । यस्तो हुनुको मुख्य कारण हो यात्रुकै अभाव । तुलसीपुर उपमहानगरपालिका–१० स्थित विमानस्थलमा विक्रम संवत् २०१० सालमै पहिलो जहाज अवतरण भएको थियो । विक्रम संवत् २०६९ सालमा निर्माण पूरा भएको विमानस्थलमा उडान गर्न दंगालीले माग गर्दै आएका छन् तर यात्रु नपाएपछि निजी विमान कम्पनीहरूले उडान भर्न मानेका छैनन् । ६ दशकभन्दा पुरानो विमानस्थल इन्धन अभाव देखाउँदै नेपाल एयरलाइन्सले उडान रोकेको थियो ।

टरिगाउँ विमानस्थल

नेपाल आयल निगम टरीगाउँ विमानस्थलमा ६० हजार लिटर क्षमताको हवाई इन्धन ‘रिफ्युलर’ सेन्टर पनि सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले विमानस्थललाई पर्याप्त बजेट छुट्याएका थिए । विमानस्थल खर्च धान्न सक्ने अवस्थामा समेत छैन । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले निजी विमान कम्पनीहरू उडान भर्न आकर्षित गरिए पनि नआउँदा विमानस्थलले समस्या झेल्नुपरेको बताए ।

‘अहिले नेपाल एयरलाइन्सले हप्तामा ५ दिन मात्र १५ जना यात्रु बोक्दै आएको छ,’ खड्काले लोकान्तरसँग भने, ‘भैरहवा र नेपालगञ्जले यात्रु तान्दा यहाँ निजी विमानले उडाउन मान्दैनन् । जम्मा १५ यात्रुले विमानस्थल चलेको छ भन्ने कि छैन भन्ने ?’ दाङ, रूकुम, रोल्पा, सल्यान, प्यूठान र जाजरकोट लगायतका नागरिक दाङको विमानस्थल प्रयोग गर्न सक्थे । 

अर्घाखाँचीमा निर्माणाधीन विमानस्थल

अर्घाखाँचीमा हरेक निर्वाचनमा अर्घा भगवती विमानस्थल निर्माण पूरा गरेर नियमित उडान गर्ने नारा बन्छ । सन्धिखर्क नगरपालिका–१० स्थित विमानस्थलमा ४८ सिट क्षमताका जहाज ल्याउने भनेर अहिले धावनमार्ग १ हजार ६०० मिटरको बनाउने कार्य भइरहेको छ । विमानस्थलको एमाले सचिव तथा अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले ३ पटकसम्म शिलान्यास गरिसकेका छन् । विमानस्थलमा अहिलेसम्म ३० करोडभन्दा बढी लगानी भइसकेको छ । 

तर सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णकुमार श्रेष्ठ विमानस्थल नचल्ने देख्छन् । ‘नेताहरूले खाली एयरपोर्ट एयरपोर्ट भन्छन्,’ श्रेष्ठले भने, ‘गुल्मीमा विमानस्थल, अर्घाखाँची, प्यूठानमा विमानस्थल बनाएर चल्दैनन् । गोरुसिङ्गे सन्धिखर्क सडकलाई बरु स्तरोन्नति गरे हुन्छ । सडकलाई ७ करोड छुट्याउँछन् । विमानस्थललाई १० करोडभन्दा बढी बजेट हुन्छ । विमानस्थल बनाउन सजिलो होला, चल्न धेरै गाह्रो छ ।’ 

गुल्मीमा विमानस्थलमा परीक्षण उडानपछि सांसद एवं कांग्रेस नेता चन्द्र भण्डारी र एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायत

मेयर श्रेष्ठले थपे, ‘बन्न लागेकोलाई पूर्णता त दिनुपर्‍यो । चल्लेमा म चाहिँ आशंका देख्छु ।’ २०७३ असार १३ गते तत्कालीन उपप्रधान तथा ऊर्जामन्त्री रहेका बेला टोपबहादुर रायमाझीले २०७३ असार १३ गते अर्घा भगवती विमानस्थलको शिलान्यास गरेका थिए तर अहिलेसम्म विमानस्थल निर्माण पूरा हुन सकेको छैन, प्रचार अनुसारको निर्माण जोड पनि दिइएको छैन । हवाई क्षेत्रका जानकारहरू अर्घाखाँचीको विमानस्थल उपयोगी बन्नेमा आशंका गरिरहेका छन् ।

प्युठानको स्वर्गद्वारी नगरपालिका–८ सल्लेटारमा स्वर्गद्वारी विमानस्थल निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । जिल्लाबाट निर्वाचित एमाले सांसद सूर्य थापाले विमानस्थल बनाउने चुनावी नारा पनि बनाएका थिए । 

सांसद थापा भन्छन्, ‘जिल्लाका लागि मात्र विमानस्थल भनेको होइन । स्वर्गद्वारी असाध्यै पुण्यभूमि हो । जहाँ वार्षिक ७ लाख पर्यटक हरेक वर्ष जान्छन् । त्यहाँ विमानस्थल बनेमा बनारस, गोरखपुर लगायत भारतका विभिन्न शहरदेखि नेपालबाट आउने हजारौं पर्यटकले विमानस्थल प्रयोग गर्छन् भन्ने हो ।’

थापाले थपे, ‘स्वर्गद्वारी विमानस्थलको डीपीआर सम्पन्न भएको छ । विष्णु पौडेल यसअघि अर्थमन्त्री भएको बेला बजेट विनियोजन गर्नुभएको छ । विमानस्थल अन्य पहाडी जिल्लाका एयरपोर्टभन्दा स्वर्गद्वारी विमानस्थल चल्नेमा म ढुक्क छु ।’

१२ जिल्ला रहेको लुम्बिनीमा २ वटा विमानस्थल मात्र व्यवस्थित रूपमा चलेका छन् । नेपालगञ्ज विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलेका छन् । अहिले गौतमबुद्ध विमानस्थलमा यात्रु अभाव र भिजिविलिटी नपुगेको भन्दै अन्तर्राष्ट्रिय उडान ठप्प छ । अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले यात्रुको सुनिश्चितताका लागि माग गर्दै आएका छन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक रतिश चन्द्रलाल सुमनले राज्यले व्यावसायिक योजना हेरेर विमानस्थल निर्माण गर्नुपर्ने बताए । ‘तराई क्षेत्रका विमानस्थल व्यावसायिक रूपमा चलेका छन् । ट्राफिक पनि राम्रो छ । मध्यपहाडका विमानस्थल कम चलेकाले कनेक्टिभिटी हेरेर दीर्घकालीन सोचमा विमानस्थल बनाउनुपर्ने आवश्यक म देख्छु,’ उनले लोकान्तरसँग भने ।

पछिल्लो समय पाल्पा, रोल्पा र रुकुमपूर्वमा पनि विमानस्थल बनाउने कुरा बेलाबेला चर्चामा आउने गर्छ । २०–२५ वर्ष पछाडिको भविष्य हेरेर बसोबास र ठूला शहरउन्मुख क्षेत्रमा विमानस्थल बने भने त्यो दीर्घकालीन रूपमा चल्न सक्ने सुमनको भनाइ छ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x