×

Nic Asia
Dabur
Prabhu Bank

गुराँस गाउँपालिकाले प्रहरी भर्ना गर्ने

काठमाडाैं | माघ १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सुर्खेत वीरेन्द्रनगरसँग सिमाना जोडिएको दैलेख गुराँस गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने भएको छ ।

yONNEX
IME BANK INNEWS

पालिकाका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा चुनौती, शान्ति, सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि गाउँ प्रहरी भर्ना गरिने भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

गुराँस गाउँ प्रहरी सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ तयार गरी माघ ११ गते बुधबार सम्मपन्न हिउँदे गाउँसभाबाट समेत पारित गरेको हो ।

यससम्बन्धी कार्यविधि गाउँसभाबाट पास भइसकेको भन्दै अब कार्यान्वयनमा जाने गाउँपालिकाले जनाएको छ ।


Advertisment
Lokantar App
Saurya island

वडा नम्बर ८ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता दीपेन्द्र ओलीका अनुसार गाउँपालिकाको शान्ति सुरक्षा कायम गर्न गुराँस गाउँ प्रहरी परिचालन हुनेछ ।

'कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्न होस्, अथवा गाउँको शान्ति सुरक्षा कायम गर्न किन नहोस्, त्यसमा गाउँ प्रहरीले सहयोग गर्नेछ', प्रवक्ता ओलीले भने, 'ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहने छ ।'

Vianet communication

सानो सानो सुरक्षा चुनौती सामना गर्न नेपाल प्रहरीलाई परिचालन गर्न पालिकाले नसक्ने भन्दै अब गाउँ प्रहरी भर्नापछि पालिकाको शान्ति सुरक्षा कायम हुने ओलीले बताए ।

यसैबीच, गाउँसभाबाट २४ वटा विभिन्न ऐन र कार्यविधि पास भएको छ । गाउँसभाबाट वन व्यवस्थापन गर्न बनेको ऐन, २०७९, न्यायिक समितिको ९कार्यविधि० सम्बन्धी ऐन, २०७९ र गुराँस कर्मचारी सेवा ऐन, २०७९ पास भएको प्रवक्ता ओलीले बताए।

गाउँपालिकाका अनुसार मदिरा नियन्त्रणसम्बन्धी कार्यविधि, २०७९, राउटे समुदायलाई सुविधा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, यौनिक अल्पसङ्ख्यकलाई सुविधा उपलब्ध बनाउनेसम्बन्धी कार्यविधि र कृषिउपज सङ्कलन केन्द्र सञ्चालनसम्बन्धी कार्यविधिलगायत २० वटा कार्यविधि पास गरिएको छ ।

यसअघिको सरकारले बनाएका ३४ वटा विभिन्न ऐन र कार्यविधिसहित गाउँपालिकामा ७९ वटा विभिन्न ऐन र कार्यविधि बनेको प्रवक्ता ओलीले जानकारी दिए ।

यसैगरी, पालिकाको गाउँसभाले वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयमा अति आवश्यक कर्मचारी सेवा करारमा भर्नाको प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय गरेको छ ।

साथै साविक जिविस र गाविसबाट गाउँपालिकामा समायोजन भएर सेवा करारमा लामो समय काम गरेका कर्मचारीलाई यसअघिको १० औँ गाउँसभाको निर्णयको प्रतिकूल नहुने गरी व्यवस्थापन गर्न जिल्ला समन्वयलाई पत्र पठाउन कार्यपालिकालाई अख्तियारी दिइएको उनले जानकारी दिए । 

यसअघि करार कर्मचारीको म्याद थप नगर्ने निर्णयपछि गत साउनमा पालिकामा कर्मचारीले आन्दोलन गरेका थिए ।

साविकको गाविस र जिविसबाट समायोजन भई आएका कर्मचारी व्यवस्थापनको जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिइने गरी यसको समाधान खोजिने गाउँपालिकाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन्।  बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली स्वदेशी उत्पादन...

चैत ९, २०७९

काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढ्न थालेको छ।  जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनामा यता राहदानी बनाउनेहरू बढ्न थालेका हुन्।  दिनहुँ राहदानी बनाउने सेवाग्राही...

चैत ९, २०७९

शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ। आयोगले आज ७७ वटै जिल्लाका लागि ६ हजार १३ जना प्रावि शिक्षक संख्या कोटा खुलाएको हो।  जसअनुसा...

चैत ९, २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन थालेको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको हो ।  ...

चैत ९, २०७९

काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो ३ महिनाको तथ्यांकअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको संख्या बढी देखिएको हो ।  दिनहँु र...

चैत ९, २०७९

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय शहर पोखराको लेकसाइडमा होटलको ११औं शाखा सञ्चालनमा ल्याएको छ ।  यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मी लगायत ठाउँबाट ह...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x