×

NMB BANK
NIC ASIA

कालो बोको काटेर मुख्यमन्त्री सरे, मन्त्रीहरू पनि धमाधम सरकारी निवास सर्दै

माघ १८, २०७९

NTC
Premier Steels

प्रदेश १ सरकार गठन भएको यतिका समयपछि बल्ल मन्त्रीहरू क्वार्टर सर्ने तरखरमा छन्।

Muktinath Bank

प्रदेश १ सभामुख बाबुराम गौतम र उपसभामुख सिर्जना दनुवारलाई प्रदेश सरकारले सरकारी आवास उपलब्ध गराउने कानुनी व्यवस्था छ। तर उनीहरू अझै महँगो सरकारी खर्च बेहोरेर होटलमा बसिरहेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघिका सभामुख प्रदीप कुमार भण्डारी र उपसभामुख सरस्वती पोख्रेल घरमै बस्ने गरेका थिए ।


Advertisment
Nabil box
Kumari

उनीहरूलाई घर भाडाबापत मासिक २० हजार संसद् सचिवालयले उपलब्ध गराउने गरेको थियो ।

Vianet communication

सरकारले अझै बासको टुंगो नलगाएकाले सभामुख र उपसभामुख गाउँमै व्यस्त छन् ।

सरकारले आवासको व्यवस्थापन गर्न नसकेपछि संसद नै स्थगित भएको थियो।

प्रदेश १ संसद् सचिवालयले आवासका लागि सूचना प्रकाशन गरेको भए पनि सरकारले आवश सुविधाका कुनै निर्णय गरेको छैन।

जसका कारण सभामुख उपसभामुख फर्केपछि कहाँ राख्ने भन्ने चिन्ता हुन थालेको संसद् कार्यालयका एक कर्मचारीले बताए । बैठक चल्दा सभामुख भने होटलमा बस्ने गरेका थिए ।

कालो बोको काटेर सरे मुख्यमन्त्री

यस्तै मुख्यमन्त्री हिकमत बहादुर कार्की भने सरकारी निवास सरेका छन्।

उनी यसअघिका मुख्यमन्त्री राजेन्द्र राई बसेको क्वाटरमा सरेका हुन् । मुख्यमन्त्री कार्यालयका कर्मचारीका अनुसार उनी कालो बोको काटेर क्वार्टरमा सरेका हुन् ।

विराटनगरस्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको भवनलाई सरकारी निवास बनाइएको छ ।

निवर्तमान मुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्रीका लागि सरकारी निवासका रुपमा सिँचाइ आयोजनाको भवन प्रयोग गरेका थिए ।

शेरधन राईका लागि भने सरकारी निवासका रुपमा एउटा घर भाडामा लिइएको थियो ।

मुख्यमन्त्रीको निवासका लागि भाडामा लिइएको घरको भाडाबापत मासिक ६० हजार रुपैयाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुझाउँदै आएको थियो ।

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी आफन्तको घरमा बसेका छन्। सडक पूर्वाधार मन्त्री दुर्गा चापागाईं भने क्वार्टरमा सरेका छन् । अघिल्लो मन्त्रीका लागि लिएको क्वार्टरमा उनी सरेका हुन् ।

वन, वातावरण तथा भू–संरक्षण मन्त्री जीवन आचार्य पनि क्वाटर सर्ने तयारीमा छन्।

प्रधानमन्त्रीसमेत रहका पुष्पकमल दाहाल 'प्रचण्ड'का ज्वाइँ आचार्यका लागि क्वार्टरको व्यवस्थापन गर्न आर्थिक मामिला मन्त्रालयसँग छलफल भइरहेको लेखा अधिकृत पेम्बा शेर्पाले बताए ।

आचार्यको घर विराटनगरमै छ । उनको घर र मन्त्रालय १ किलोमिटरको दूरीमा मात्र छ।

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्री भने नियुक्त गरेका छैनन् ।

कृषि मन्त्री भक्तिप्रसाद सिटौलाका लागि भने मन्त्रालयले निजी घरको व्यवस्था गरिसकेको छ।

मन्त्रीहरूका लागि आवास सुविधा भनेर २९ हजार दिने गरेको छ । अघिल्ला कार्यकालमा धेरै मन्त्रीहरू घरबाटै धाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x