चैत ९, २०७९
शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ। आयोगले आज ७७ वटै जिल्लाका लागि ६ हजार १३ जना प्रावि शिक्षक संख्या कोटा खुलाएको हो। जसअनुसा...
दाङको तुलसीपुर उपमहानगरपालिका–११ ले वडाका गरीब परिवारलाई लिजमा जग्गा दिने भएको छ ।
६ महिनासम्म खाना नपुग्ने गरीब घरपरिवार पहिचान गरी प्रत्येक परिवारलाई ५ कट्ठाका दरले जग्गा दिने भएको छ ।
वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए । ‘हाम्रो वडामा अधिकांश खेती किसानी गरेर जीवन निर्वाह गर्ने समुदाय छ,’ उनले भने, ‘उहाँहरूको जीवन निर्वाहका लागि हामीले यो योजना अघि बढाएका हौं ।’
त्यसका लागि सूचना समेत प्रकाशन गरिएको छ । फागुन महिनासम्म सूचना आह्वान गरिएको र त्यसपछि गरीब घरपरिवार तथा बेरोजगारको मूल्यांकन गरेर जग्गा दिने उनको भनाइ छ । ‘हामीले प्रत्येकलाई ५ कट्ठा जग्गा दिने छौं,’ अध्यक्ष रावतले भने, ‘त्योबापत कुनै रकम पनि लिइने छैन ।’
किसानलाई त्यो जग्गामा फलफूल तथा तरकारी खेती गर्नुपर्नेछ । उत्पादन भएको तरकारी बजारीकरण गर्ने जिम्मा पनि वडाले नै लिने वडाध्यक्ष रावतको भनाइ छ ।
उत्पादन भएको तरकारी बजारीकरणमा पनि उत्तिकै समस्या रहने गरेको भन्दै त्यसलाई बजारीकरणमा पनि वडाले नै जिम्मा लिने उनले बताए । बीउ, मलमा पनि सहयोग गर्ने उनले बताए । त्यहाँ करीब २० बिघा क्षेत्रफलमा सिँचाइ गर्न जलाशय निर्माण भएको र त्यसलाई लिफ्टमार्फत खेतमा पुर्याउने तयारी छ । करीब ३० लाख रुपैयाँमा त्यहाँ जलाशय निर्माण गरिएको हो ।
वडाले किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । केही समय अघि उत्पादित कृषिजन्य वस्तु घोडामार्फत बजार लैजाने व्यवसायीलाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । त्यस्तै भैंसीपालन व्यवसायीलाई पनि प्रोत्साहन गर्ने तयारी रहेको वडाध्यक्ष रावतले बताउनुभयो । व्यावसायिकरूपमा भैंसीपालन व्यवसाय गरेकालाई दानाका लागि सहयोग गर्ने उनले बताए ।
शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ। आयोगले आज ७७ वटै जिल्लाका लागि ६ हजार १३ जना प्रावि शिक्षक संख्या कोटा खुलाएको हो। जसअनुसा...
काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो ३ महिनाको तथ्यांकअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको संख्या बढी देखिएको हो । दिनहँु र...
प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरूको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन्। बिहीवार सामुदायिक ...
महँगो ड्राइ फ्रुटमा पर्ने काजु खानु स्वास्थ्यका लागि निकै लाभदायक छ। पछिल्लो समय त झन् यसको प्रयोग विभिन्न परिकारमा समावेश गर्न थालिएको छ। नेपाली तथा भारतीय खानाका विभिन्न परिकारमा यसलाई समावेश ग...
बाराको निजगढ नगरपालिका-१३ मा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। निजगढ साँघुस्थित सडकमा ना२३प ६२७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना भएको हो। दुर्घट...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्। बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री ड...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...