चैत ६, २०७९
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ- १ र बारा - २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण ग...
काठमाडाैं | माघ २१, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक निष्कर्षविहीन भएको छ । शनिबार राति अबेरसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे ठोस निर्णय गर्न नसकेको हो ।
राति ९ देखि झण्डै ११ बजेसम्म चलेको बैठकमा अहिलेको राजनीतिक अवस्था र पार्टीको अडानका विषयमा छलफल केन्द्रीत भएको नेता सन्तोष परियारले जानकारी दिए । ‘आज हामीले बैठकमा समसामयिक नेपाली राजनीतिमा जे भइरहेको छ, त्यो विषयमा कुरा गरेका छौँ’, उनले भने, ‘पार्टीले जुन किसिमको राजनीतिक अवस्था भोगिरहेको छ त्यसमा सदस्यहरुले मत राख्नुभयो ।’
यस्तै राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका साथै समग्र विषयमा पनि छलफल भएको बताउँदै उनले छलफल अझै जारी रहेकाले आइतबार बिहान साढे ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
उनका अनुसार बैठकमा सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा भएको छलफलबारे जानकारी गराएका थिए । उनले गृह मन्त्रालयको विषयमा मात्रै पार्टी नअड्किएको भन्दै समग्र विषयमा छलफल भएको बताए ।
यसअघि रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी पेश गर्दै सो माग पुरा नभए सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएको थियो । जसअनुसार शनिबारसम्मको अल्टिमेटम दिइएकामा रास्वपा अनिर्णित बनेको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ- १ र बारा - २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण ग...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालकोट नगएको दाबी गरेका छन् । बरु एमालेले नै आफूलाई बोलाएको जिकिर उनले गरे । सोमवार प्र...
देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलवार बिहान बुलेटिन जारी...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा दोस्रोपटक विश्व...
निर्वाचन आयोगले प्रतिनिधिसभामा जनता समाजवादी पार्टीका रिक्त सांसद पदमा मञ्जु शर्मालाई निर्वाचित गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएका हुन् । ज...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमवार भएको मत विभाजनमा प्रचण्डको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको छ । २६२ स...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...