चैत ७, २०७९
देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलवार बिहान बुलेटिन जारी...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माग पूरा गर्नका लागि आफूहरुले प्रधानमन्त्रीलाई कुनै अल्टिमेटम नदिएको दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले रास्वपाको मागको विषयमा दुई दिन समय मागेकाले मात्रै आफूहरुले दुई दिन कुर्ने भनेको सो पार्टीको दाबी छ ।
‘त्यो दुई दिन समय हामीले दिएको होइन । हामीलाई अस्तिको दिन हामी बैठक बसिरहँदा राजनीतिक संयन्त्रको संयोजक र प्रधानमन्त्रीले माग्नु भएको हो’, नेता सन्तोष परियारले भने, ‘त्यो हाम्रो अल्टिमेटम होइन, त्यो उहाँहरुले दुई दिन छलफल गरौँ है भनेर भन्नु भएको हो । यो बीचमा छलफल भयो र हाम्रा यो मात्रै नभएर अन्य कुराहरु पनि रहेका छन् ।’
उनले सत्ता साझेदार दलमा मन्त्रालयका साथसाथै राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र उपनिर्वाचनका विषयमा पनि छलफल भइरहेको बताए । उनले सरकारको विषयमा आइतबार बस्ने बैठकले निर्णय लिने पनि बताए ।
यसअघि बिहीबार रास्वपाले दुई दिनभित्र आफूहरुको माग पुरा नभए जस्तोसुकै निर्णय पनि लिनसक्ने बताएका थियो । जुन समय शनिबार नै सकिएको छ । सभापति रावि लामिछानेले नागरिकता अवैध ठहर भएपछि सर्वोच्चको फैसलाअनुसार सांसदसँगै गृह मन्त्रालय गुमाएका थिए । लगत्तै काठमाडौँ जिल्ला अदालतबाट उनको नागरिकता कायम भएसँगै उनले गैरसांसदको रुपमा आफूलाई फेरि गृहमन्त्रीकै शपथ गराउन माग गरेका थिए ।
तर प्रधानमन्त्री प्रचण्डले रविको विषयमा अझै पासपोर्टको विवाद बाँकी रहेकाले सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदासम्म कुर्नुपर्ने बताउँदै आएका छन् । यसपछि प्रधानमन्त्रीको अडानबाट चिढिएको रास्वपाले सरकारबाट बाहिरिने चेतावनी दिँदै आएपनि निर्णय भने गर्न नसकेको हो ।
देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलवार बिहान बुलेटिन जारी...
निर्वाचन आयोगले प्रतिनिधिसभामा जनता समाजवादी पार्टीका रिक्त सांसद पदमा मञ्जु शर्मालाई निर्वाचित गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएका हुन् । ज...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार वैशाखसम्म मात्र रहने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको बताएका छन् । कांग्रेससँग राष्ट्रपतिबारे सहमति हुनुअघिको अन्तिम भेटमा ओलीले पटक-पटक यो सरकार वैशाख...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालकोट नगएको दाबी गरेका छन् । बरु एमालेले नै आफूलाई बोलाएको जिकिर उनले गरे । सोमवार प्र...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेसम्बन्धी प्रस्...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमवार भएको मत विभाजनमा प्रचण्डको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको छ । २६२ स...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...