×

NMB BANK
NIC ASIA

राष्ट्रपतिमा लडाईं

सुदूरपश्चिम सरकारको परकम्प असरः फेरिएला केन्द्रीय सत्ता समीकरण ?

माघ २८, २०७९

NTC
Premier Steels

‘नेपाल र राजनीतिको बिडम्बना नै भन्नुपर्छ ठूलो पार्टी भएर पनि नेपाली कांग्रेस सत्तामा छैन । हामी सत्ताभन्दा बाहिर छौं । नेपालको विकास गर्ने पार्टी कांग्रेस हो । ढिलोचाँडो हामी सत्तामा आउँनेछौं । सत्ताको नेतृत्व गर्नेछौं ।’

Muktinath Bank

प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोट पुगेर शनिबार यस्तो बताइरहँदा अरू दुई नेताले पनि उसैगरी हौसिएर बोले।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुदूरपश्चिममा मुख्यमन्त्री भएका एमालेका राजेन्द्र रावलको सरकार विश्वासको मत पाउन नसक्दै एक महिनामा गिर्‍यो । कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भए । महतकै शैलीमा अरू नेताले पनि उस्तै गरी सत्तामा फर्किने उद्घोष गरेका छन् ।


Advertisment
Nabil box
Kumari

पूर्वएमाले र तर अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपालमा झन् बढी उत्साह देखिन्छ ।

Vianet communication

‘नेकपा एस कहाँ छ ? यसको काम छैन भनेर एमालेका नेताले भन्थे तर सुदूरपश्चिममा नयाँ सरकार बन्यो, नयाँ सरकारमा कांग्रेस र नेकपा एकीकृत समाजवादी छन्’, जनसांस्कृतिक महासंघले शनिबार गरेको कार्यक्रममा उनले उत्साहित हुँदै भने, ‘हामीसँग मान्छेहरू खुशी नभएका होइनन् तर हामीले त देखायौंसुदूरपश्चिमबाट उदायौं । यो एमालेलाई पहिलो धक्का हो । तर यो पहिलो शुरूआत मात्रै हो । यसो हुनाले हौसला बुलन्द गरौं कमरेडहरू ।’ 

प्रदेशको सरकार एक महिनामा गुमेपछि यी नेताहरूको संकेत अब अरू प्रदेश र केन्द्रीय सत्ता समीकरण नै फेरबदल हुनेतिर लक्षित छ ।

कांग्रेसकै नेता प्रकाशमान सिंहले दाङ पुगेर शनिबार राष्ट्रपति निर्वाचन भएपछि सत्ता समीकरण नै फेरिन सक्ने दाबी गरे ।

पुरानै गठबन्धन ब्युँतिने गरी समीकरण बन्न लागिसक्यो भन्ने त होइन तर पछिल्ला संकेतले अहिलेको सत्ता समीकरण कायम रहिरहन्छ भन्ने देखिएको छैन’, सिंहले भने, ‘कांग्रेसले किन विश्वासको प्रधानमन्त्री प्रचण्डलाई दियो भन्ने नतिजा राष्ट्रपतिको निर्वाचनपछि देखिनेछ ।’

यतिखेर एमालेले सत्ता गठबन्धनको समझदारी अनुसार राष्ट्रपति पाउनुपर्ने अडान राखिरहेको छ । सत्ता सहयात्री माओवादीले भने राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने विषयलाई निक्कै प्राथमिकता राखेरहेको छ । अहिलेको सत्ता समीकरणमा एमाले पहिलो र माओवादी दोस्रो दल छन् ।

यसैले राष्ट्रपति चुनावमा हुने सम्भावित समीकरणअनुसार अहिलेको सत्ता समीकरणले आकार लिने राजनीतिक विश्लेषक मुमाराम खनाल बताउँछन् । 

सुदूरपश्चिम सरकार ढल्नुको कारण अलि फरक छ । नागरिक उन्मुक्तिको नेतालाई जेलबाट छोड्नुपर्ने माग पूरा नगर्दा सरकार ढलेको देखिन्छ’, मुमाराम भन्छन्, ‘तर केन्द्रीय सत्ता गठबन्धनमा राष्ट्रपतिको चुनावले असर पार्ने पक्का छ । किनकि राष्ट्रिय सहमतिबाट राष्ट्रपति चुन्नुपर्ने माओवादीको निरन्तरको अडानबाट एमाले झस्किएको छ ।’

एमाले प्रचण्डसँग झस्किएपछि अध्यक्ष केपी ओलीले दिनदिनै जस्तो भेट गर्न थालेका छन् । यही बेला शुक्रबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा आफैं प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । यस्ता प्रयासलाई एमालेले सहज रूपमा नलिएको खनाल बताउँछन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेको विषयलाई एमालेले सहज रूपमा लिएको छैन । यस्तै बेला प्रधानमन्त्रीले कांग्रेस सभापतिलाई भेट्दा झन् सहज रूपमा लिने नै भएन’, खनाल थप्छन्, ‘अब अझै पनि एमाले र माओवादीको सम्बन्ध भत्किने र बिग्रने अवस्थासम्म पुगिसकेको छैन । तर राष्ट्रपतिको उम्मेदवार को हुन्छ त्यसले यो गठबन्धनको भविष्य तय गर्छ ।’

एमाले केन्द्रीय सचिवालय बैठकले बिहीबार ‘मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने’ निर्णय गरेको थियो । राष्ट्रपति चुनावलाई लिएर माओवादी कांग्रेससँगको सम्पर्कमा बढी पुग्ने गरे पनि उसलाई नचिढ्याउने र बरु फकाउने नीति एमालेको देखिन्छ ।

कांग्रेसले पनि खुला रुपमा माओवादीसँग सत्ता सहकार्यको इच्छा राखे पनि एमालेले अझै माओवादीसँग भरोसा राखिरहेको खनाल बताउँछन् । 

‘अझै पनि एमालेले राष्ट्रपति पाउँदा यो गठबन्धन निरन्तर जाने अवस्था देखिन्छ । माओवादीले माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्‍यो र उनको पार्टी एमालेमा समाहित हुने शर्तमा सहमति भए कोर्स बेग्लै बाटोमा जान सक्छ’, खनाल भन्छन्, ‘अन्यथा कांग्रेसनिकट राष्ट्रपतिमा माओवादी तयार भए अहिलेकै सत्ता गठबन्धन सहजै अगाडि बढ्ने देखिँदैन ।’

यसअघि राष्ट्रपतिमा 'डा. बाबुराम भट्टराई कार्ड'ले काम नगरे पनि यसपटक नेपालको कार्डले एउटा विकल्प र समाधान दिन सक्ने टिप्पणी खनालको छ । नेकपाकालमै नेपाललाई राष्ट्रपति बनाउन खोजिए पनि उनले आफ्नो उमेर नभएको भन्दै प्रस्ताव अस्वीकार गरेका थिए । 

के छ प्रचण्डको तयारी ?

उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबारको बैठकमा एमाले अध्यक्ष केपी ओलीले रास्वपा सरकारबाट बाहिरिएको र राष्ट्रपति एमालेले नै पाउनुपर्ने विषयलाई प्राथमिकतासाथ उठाएका थिए । तर राष्ट्रपतिमा राष्ट्रिय सहमति भन्दै आएका प्रचण्डले यसमा कुनै प्रस्ट जवाफ नदिएको प्रचण्डनिकट स्रोत बताउँछ ।

‘उच्चस्तरीय संयन्त्रको बैठकमा एमाले अध्यक्षको चासो राष्ट्रपतिको चुनाव र रास्वपालाई फेरि सरकारमा समाहित गर्नमा केन्द्रित थियो’, प्रचण्ड निकट स्रोत भन्छ, ‘तर शतप्रतिशत जस्तो विश्वासको मत आएपछि राष्ट्रपति सबैको सहमतिमा छानेर जानुपर्छ भन्ने प्रयत्न प्रधानमन्त्रीको हो ।’

ओलीले दबाब दिएकै दिन शुक्रबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका थिए । एक घण्टा भएको यो भेटमा सामाजिक प्रतिष्ठा भएको व्यक्तिलाई राष्ट्रपति बनाएर जाने विषयमा केन्द्रित भएको प्रचण्ड निकट स्रोत बताउँछ ।

‘प्रधानमन्त्रीले राष्ट्रपति अहिले सामाजिक प्रतिष्ठा आर्जन गरेको व्यक्तिलाई बनाऊँ । भारतको अभ्यास पनि यस्तै छ भनेर भेटघाट गर्दै आउनुभएको छ’ स्रोत भन्छ, ‘कांग्रेस सभापतिसँग पनि सहमतिमा राष्ट्रपति चुन्नुपर्छ भन्नेमा छलफल भएको हो ।’

तर देउवा राष्ट्रपतिमा कांग्रेस नेतालाई जिताउने, केन्द्रीय र प्रादेशिक सत्ता समीकरण बदलेर नयाँ कोर्समा बढ्नुपर्ने पक्षमा छन् ।

मंसिरको चुनावबाट कांग्रेस केन्द्र र चारवटा प्रदेशमा सबैभन्दा ठूलो दल भएको थियो । यसैले ढिलोचाँडो सत्तामा फर्किने दाउ कांग्रेसले हेरिरहेको छ । राष्ट्रपति र प्रधानमन्त्री दुवै आफ्नो दलले राख्नुपर्ने अडानमा टसमस नहुँदा प्रचण्ड ओलीको कित्तामा पुगेर प्रधानमन्त्री भएका थिए ।

यसबाट आलोचित देउवाले कोर्स करेक्सन गरेर फेरि कांग्रेसलाई सत्ता राजनीतिको केन्द्रमा उतार्न सबै प्रयत्न लगाइरहेका छन् । यसका लागि पार्टीभित्रै विरोधी कित्ताका नेतालाई यसपटक वार्ता र संवादमा पठाइरहेका छन् । डा. शेखर कोइरालादेखि गगन थापासम्मलाई विश्वास गरेर देउवा यसपटक बढिरहेका छन् ।

प्रचण्डले दलबाट राष्ट्रपति बनाउँदा आफूले पटकपटक दुःख पाएको भन्दै यसपटक आफ्नो दल निर्णायक भएको अवस्थामा साझा वा स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । साझा र स्वतन्त्र व्यक्ति किन अघि सार्न खोजिएको भन्दै प्रचण्डले बिहीबार पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा लामो व्याख्या गरिएको बताएका थिए ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानसेनापति प्रकरणमा र पछि दुई पटक विद्या भण्डारी राष्ट्रपति हुँदा संसद विघटन हुने, आफूलाई प्रधानमन्त्री हुनबाट रोक्नेसम्मको खेल भएको टिप्पणी गरेका थिए । यसैले स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउँदा राजनीतिक स्थिरता हुने पक्षमा प्रचण्ड पुगेका छन् ।

यसअघि दलबीच किचलो बढ्दा प्रचण्डकै प्रस्तावमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेका थिए । प्रचण्डले फेरि पनि पूर्वप्रधानन्यायाधीश मध्येबाटै उनै रेग्मी वा कल्याण श्रेष्ठतर्फ राष्ट्रपतिको इशारा गरिरहेको बताइन्छ ।

कांग्रेससँगै राष्ट्रपतिमा सहमति हुने अवस्थामा चर्चामा रहेका रामचन्द्र पौडेलभन्दा कृष्णप्रसाद सिटौलालाई प्रचण्डले रुचाएको बताइन्छ । माओवादी शान्ति प्रक्रियामा आएता सिटौला प्रचण्डको ‘सवारीमन्त्री’बन्दै आलोचित हुने गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x