चैत ३०, २०८०
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
२८ औँ जनयुद्ध दिवसको अवसर पारेर सुसेला काव्यशालाको दोस्रो शृंखला सम्पन्न भएको छ ।
सोमबार सुसेला सांगीतिक समूह र पुष्पलाल ज्ञानशालाको आयोजनामा काठमाडौँको बागबजारमा सम्पन्न सुसेला काव्यशालामा सांगीतिक कार्यक्रममा साथमा कविताहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कवि तथा राजनीतिकर्मी बलराम तिमिल्सिनाले जनयुद्धको स्मरण गर्दै जनताले जनयुद्ध र त्यसको नेतृत्वसँग गरेको अपेक्षा पूरा हुन नसकेको बताए । जनताले आफ्नो जीवनस्तरमा साच्चिकै परिवर्तन हुन्छ भनेर युद्धमा सहभागी भएको बताउँदै उनले नेतृत्वको सम्झौंतापरस्त नीतिका कारण जनयुद्धका उपलब्धि संस्थागत हुन नसकेको बताए ।
‘जनताले जनयुद्धबाट आफ्नो जीवनस्तर साँच्चै परिवर्तन हुन्छ भन्ने ठानेका थिए। तर नेतृत्व चिप्लँदै चिप्लँदै अहिलेको अवस्थामा आइपुग्यो’, उनले भने ।
उनले जनयुद्धबाट अधुरा रहेका क्रान्तिका बाँकी काम अबको पुस्ताले पुरा गर्नुपर्ने बताए । उनले अहिलेको युवाले पुँजीवादसँग जोगिँदै लड्दै क्रान्तिको बाँकी कार्यभार पूरा गर्नुपर्ने बताए।
कार्यक्रममा लक्ष्मीदेवी गौडेल, समर्पण श्री, विभूति भट्टराई, कपिल सिजापती, शैलज पौडेल र बलराम तिमिल्सिनाले कविता वाचन गरेका थिए।
त्यस्तै सुसेला सांगीतक समूहका अञ्जानबाबु, विष्णु अधिकारी, ठाकुर सुवेदी, श्याम ढकाल र मोहन तिम्सिनाले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए। काव्यशालाको पहिलो शृंखलामा कवि विनोदविक्रम केसीको एकल कविता वाचन गरिएको थियो ।
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...