×

NMB BANK
NIC ASIA

महन्थलाई राष्ट्रपति बनाउने प्रस्तावमा के भने देउवाले ?

फागुन १०, २०७९

NTC
Premier Steels
Marvel

लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा समर्थन माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेका छन् । 

Muktinath Bank

देउवाको धुम्बाराहीस्थित निवासमा भेटका लागि अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा सहितका नेता पुगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसबाट सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी भएका थिए । 


Advertisment
Nabil box
Kumari

छलफलमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले लोसपाले राष्ट्रपतिमा महन्थ ठाकुरलाई समर्थन गर्न आग्रह गरेको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

‘महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा अघि बढाउने निर्णय गर्‍यौं । अरु पार्टीसँग पनि भेट गरिसक्यौं भनेर लोसपाका नेताहरू कांग्रेसँगको छलफलमा आउनुभएको थियो,’ खड्काले लोकान्तरसँग भने, ‘हामीले पार्टीको बैठकले सल्लाह गरेर एउटा टुंगोमा पुग्छौं भन्ने जवाफ दिएका छौं ।’ 

कांग्रेस आफैंले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेको भन्दै खड्काले पार्टीले बैठक गरेर उम्मेदवार घोषणा गर्ने जानकारी दिए । 

‘हामीले यसअघि नै सार्वजनिक रूपमा राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छौं,’ खड्काले भने, ‘पदाधिकारी वा केन्द्रीय कार्यसम्पादन समितिको बैठक गरेर केही दिनमा हाम्रो उम्मेदवार सार्वजनिक गर्छौं ।’

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन गर्ने तालिका छ । मनोनयनको १ दिनअघि मात्रै कांग्रेसले उम्मेदवार तय गर्ने जानकारी उनले दिए । 

भेटमा सहभागी भएका नेता अनिल झाले आफूहरूको आग्रहमा कांग्रेस सभापतिले पार्टीमा सरसल्लाह गरेर जवाफ दिने बताएको जानकारी दिए ।

‘हामीले हाम्रो अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा जिताउन सहयोग गर्नुस् भनेर भेटेरै आग्रह गरेका छौं,’ झाले लोकान्तरसँग भने, ‘उहाँले पार्टीमा आवश्यक सरसल्लाह गरेर एउटा टुंगोमा पुग्छौं भन्नुभएको छ ।’ 

भेटका क्रममा देउवाले महन्थ सहमति गर्नका लागि उपयुक्त पात्र भएको बताए पनि कांग्रेसको पनि दाबी रहने बताएका थिए । 

‘हामी आफैं पनि राष्ट्रपतिका लागि दाबेदार पार्टी हो तर हामीले उम्मेदवार अगाडि सारिसकेका छैनौं,’ देउवाको भनाइ उदृत गर्दै झाले भने, ‘सहमति जुटाउनका लागि महन्थजी राम्रो पात्र हो । हामी आफैं पनि दाबेदार रहेकाले पात्र अगाडि सारिसकेका छैनौं, हामी छलफलमै छौं ।’

नेता झाका अनुसार देउवाले लोसपा र कांग्रेस एउटै मोर्चामा रहेको भन्दै सहमतिको वातावरण बनाएर अगाडि जानुपर्ने बताएका थिए । 

पछिल्लो समय राष्ट्रपतिको विषय पेचिलो बन्दै गएको छ । यसैले यस्ता भेट नियमित भइरहेका छन् । लोसपाले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर पनि राष्ट्रपतिमा ठाकुरलाई समर्थन गरेर जान आग्रह गरेको थियो । 

यसअघि अध्यक्ष ठाकुरसहितका नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरिसकेका छन् । ठाकुर राष्ट्रपतिको उम्मेदवार भए जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने बुझाइ कांग्रेस, एमाले, माओवादी सबै दलमा छ । यसैले यी दललाई मिलाउन ठूला दल नै पहलकदमी लिइरहेका छन् ।

राष्ट्रपतिमा अहिलेसम्म कांग्रेस, एमाले र लोसपाले दाबी गरेका छन् । माओवादीसँग राष्ट्रपति चुनावको नतिजालाई जता पनि पल्टाउन सक्ने निर्णायक मत रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x