×

NIC ASIA

विश्वविद्यालयमा पुरानो होइन, नवीनतम् प्रविधि अवलम्बन गरौँ - प्रधानमन्त्री

फागुन १२, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वविद्यालयहरू पुरानो तरिकाले नभएर २१ औँ शताब्दीमा विकसित विज्ञान-प्रविधिको प्रयोग गरेर अधिकतम् लाभ लिनुपर्ने बताएका छन्। 

शुक्रबार दिउँसो नेपाल संस्कृत विश्वविद्यालय सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्वमा विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिहरूलाई आत्मसात गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्नुपर्ने बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, 'संस्कृत विश्वविद्यालयलाई अब पुरानो तरिकाले होइन, नवीन शैली र सोचका साथ अघि बढाउनुपर्छ। यतिखेर विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिहरूलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्न सक्नुपर्छ।


Advertisment
Rupse Holidays
Nabil box

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

Vianet communication

​नेपाल संस्कृत विश्वविद्यालयको कुलपतिका हैसियतले नेपाल संस्कृत विश्वविद्यालय सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्न पाउँदा म अत्यन्त हर्षित छु। यस अवसरमा म नेपाल संस्कृत विश्वविद्यालयको स्थापना, यसको विकास र अग्रगतिका लागि अनवरत प्रयत्न गर्नुहुने संस्कृतप्रेमी सबै महानुभावहरूलाई श्रद्धापूर्वक स्मरण गर्दछु।

​आज सम्पन्न विश्वविद्यालय सभाको ७५ औँ बैठकमा हामीले नेपाल संस्कृत विश्वविद्यालयको संस्थागत विकास, यसका नीति एवम् कार्यक्रमका साथै समस्या र सम्भावनाका विषयमा समेत गम्भीर छलफल गर्यौँ साथै महत्त्वपूर्ण निर्णयहरू पनि गर्यौँ। विश्वविद्यालयले उपलब्ध साधनस्रोतको यथोचित परिचालन गरेर आफ्ना शैक्षिक, प्राज्ञिक एवम् भौतिक उन्नयनका क्रियाकलापहरूलाई सन्तोषजनक रूपमै अगाडि बढाइरहेको कुरा यसको वार्षिक प्रतिवेदन र आर्थिक विवरणबाट अवगत हुन्छ। यसका लागि नेपाल संस्कृत विश्वविद्यालयका जिम्मेवार पदाधिकारीहरूलाई धन्यवाद दिनै पर्छ।

कुनै पनि राष्ट्रको सभ्यता, समृद्धि र उन्नति शिक्षाकै जगमा खडा भएको हुन्छ। तसर्थ शैक्षिक क्षेत्रको सुधार र गुणस्तरमा वृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य प्राथमिकताको विषय हो। त्यसमा पनि विश्वविद्यालयजस्ता उच्च शैक्षिक संस्थाले राष्ट्रको इतिहास, मूल्यमान्यता र सांस्कृतिक संवेदनाको मूलचेतनाको नेतृत्व गर्ने हुँदा विश्वविद्यालयको पाठ्यक्रम एवम् यसको पठनपाठनको स्तरलाई उच्च तुल्याउन सघाउनु सरकारको दायित्व र कर्तव्य पनि हो।

यसै कुरालाई आत्मसात् गरेर सरकारले आफ्नो नीति तथा कार्यक्रममा उच्च शिक्षामा विद्यार्थी भर्ना र पहुँच अभिवृद्धिका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने, शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नका लागि पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गर्ने नीति लिएको छ।

यसैगरी वैदिक पौराणिक ग्रन्थहरूमा उल्लेख भएका धार्मिक, सांस्कृतिक क्षेत्रहरूको संरक्षण, विकास र प्रवर्द्धन गर्ने नीतिका साथै आधुनिक प्रविधिको प्रयोग गरी राष्ट्रिय महत्त्वका अभिलेखको संरक्षण र व्यवस्थापन गर्ने कुरालाई पनि सरकारले महत्त्व दिएको छ, जुन नेपाल संस्कृत विश्वविद्यालयको कार्यक्षेत्र र सरोकारसँग सम्बन्धित छ। त्यसैगरी सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थित विकास गर्ने सरकारको योजनामा पनि नेपाल संस्कृत विश्वविद्यालयले सहयोग र सहकार्य गर्न सक्छ।

सरकार नेपालमा सञ्चालित विश्वविद्यालयहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन चाहन्छ। विश्वविद्यालयहरूको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने कुरालाई पनि नेपाल सरकारले आफ्नो नीति कार्यक्रमभित्र समेटेको छ। विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्यहरू र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउन पनि नेपाल सरकार प्रतिबद्ध छ।

वर्तमान अवधि गुणस्तरका लागि प्रतिस्पर्धाको समय हो। आफ्नो क्षमता र स्तरवृद्धि गर्दै जाने हो भने अवसरहरू स्वतः प्राप्त हुँदै जान्छन्। यो सत्यलाई हृदयङ्गम गरेर हरेक संस्थाले आफ्नो क्षमता र स्तरवृद्धि गर्ने कुरामा ध्यान दिनु आवश्यक छ। समयले हामीसँग यही कुराको अपेक्षा गरिरहेको छ। तसर्थ नेपाल संस्कृत विश्वविद्यालयलगायत नेपालका सबै विश्वविद्यालयले समयको यो चुनौती र अवसरलाई स्वीकार गर्नुपर्छ साथै यसै मान्यतामा आधारित रहेर आफ्ना नीति तथा कार्यक्रमहरू तय गर्नुपर्छ।

अचल सम्पत्तिका दृष्टिले अत्यन्त समृद्ध नेपालका केही संस्थामध्ये नेपाल संस्कृत विश्वविद्यालय पनि एक हो। तर बितेका केही वर्षयता उक्त सम्पत्तिलाई विश्वविद्यालयको विकास र विस्तारमा सदुपयोग गर्न सकिएको छैन। तसर्थ चल–अचल सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्दै त्यसको अधिकतम परिचालन गरी विश्वविद्यालय आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रयत्न गर्नुपर्दछ।

नेपाल संस्कृत विश्वविद्यालयका नाममा दाङ जिल्लाको देउखुरी उपत्यका र दाङ उपत्यकामा रहेको क्रमशः १३३६ बिघा र ३२६ बिघा जमिनको स्वामित्व र संरक्षणसँग सम्बन्धित समस्याहरू समाधान गर्नका लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्नेबारेमा यसअघि भएका निर्णयहरूलाई कार्यरूप दिन निर्देशन दिन्छु। यस कार्यमा सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त हुनेछ।

नेपाल संस्कृत विश्वविद्यालय पौरस्त्य मूल्य मान्यताको जगमा खडा भएको विशिष्टीकृत एवम् नेपाली संस्कृतिको उत्तराधिकारसम्पन्न संस्था हो। नेपालको हिन्दू, बौद्ध र जनजातीय संस्कृतिमा संस्कृतको गहिरो प्रभाव छ। नेपालको सांस्कृतिक पहिचान र राष्ट्रियमूल्य संस्कृतभाषा एवम् यसको वाङ्मयमै आधारित छ।

तसर्थ संस्कृत विश्वविद्यालयले विविधताको सम्मानसहित नेपाली समाजको बौद्धिक नेतृत्व गर्दै भावी पुस्तालाई आफ्नो मूल्य र पहिचानप्रति जागरुक तुल्याउन सक्नु पर्दछ। विश्वविद्यालयले आफ्ना नीति र कार्यक्रमहरू तय गर्दा राष्ट्रिय मौलिकता एवम् विशिष्टतालाई ध्यान दिनु आवश्यक छ।

नेपाली समाजका बदलिँदा आकांक्षा र सरकारका प्राथमिकतालाई विशेष ध्यान दिई वर्तमान समयमा नेपाल संस्कृत विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देख्दछु। संस्कृत वाङ्मयभित्र रहेका ज्ञानविज्ञानका विभिन्न विधाको विश्वस्तरमा लोकप्रियता बढ्दै गएको वर्तमान अवस्थामा यसबाट अपेक्षित लाभ लिन विश्वविद्यालयले अवलम्बन गर्नुपर्ने नीति, कार्यक्रम र कार्ययोजनाबारे ठोस र मूर्त योजना निर्माण गर्नु आवश्यक छ। यसका लागि उच्चस्तरमा कार्यदल निर्माण गरेर यथार्थ योजना प्रस्तुत गर्न विश्वविद्यालयलाई निर्देशन दिन्छु। 

संस्कृत विश्वविद्यालयलाई अब पुरानो तरिकाले होइन, नवीन शैली र सोचका साथ अघि बढाउनुपर्छ। यतिखेर विकसित भैरहेका सूचना प्रविधिका नवीन उपलब्धिहरूलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्न सक्नुपर्छ।

अन्त्यमा सभामा उपस्थित भएर आफ्ना अमूल्य सुझाव र सल्लाह दिनुहुने सबै विद्वान् सभासद्ज्यूहरू तथा आमन्त्रित विशिष्ट व्यक्तिहरूलाई हार्दिक धन्यवाद दिन्छु। आजको सभामा लिइएका निर्णयहरूको यथाशीघ्र कार्यान्वयनको अपेक्षासहित नेपाल संस्कृत विश्वविद्यालय सभाको ७५ औँ बैठकको आजको कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु, धन्यवाद।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

जेठ ६, २०८१

काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा शुरू गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।&...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x