×

NMB BANK
NIC ASIA

केन्द्रीय सत्ता समीकरणको बाछिटा

प्रदेश १ मा खतराको घण्टी, फेरि निर्वाचन होला ?

फागुन १३, २०७९

NTC
Premier Steels

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेश १ सरकारका लागि पनि खतराको घण्टी बज्न सक्ने देखिएको छ। 

Muktinath Bank

अन्य प्रदेशको तुलनामा प्रदेश १ मा फरक परिदृश्य आउने सम्भावना छ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघ तथा प्रदेश सरकारबाट बाहिरिसकेको राप्रपाले प्रदेश १ मा के गर्ला त्यो अब दिनमा थाहा हुनेछ। 


Advertisment
Nabil box
Kumari

पुस १० पछिको सत्ता गठबन्धनमा राप्रपा, जसपा, माओवादी केन्द्र तथा एमाले सम्मिलित थियो । राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर मंसिर ४ अघिको गठबन्धनमा सत्ताको नेतृत्व गरिरहेको माओवादी फर्केपछि प्रदेशमा पनि नयाँ समीकरण बन्ने सम्भावना रहेको छ । 

Vianet communication

एमाले सत्ताबाट बाहिरिएको खण्डमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको सत्ता समीकरण बन्ने छ। जसपा र माओवादी अहिले पनि सत्तामै छन् । एकीकृत समाजवादी र कांग्रेस सरकारबाहिर छन् । राप्रपा प्रदेश सरकारबाट आइतबारदेखि बाहिरिँदै छ भने प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले सरकारबाट बाहिरिए पनि सरकार बनाउन भने अन्य दललाई बहुमत पुग्छ ।

तर, विश्वासको मत पाउने सम्भावना भने न्यून छ।

प्रदेश १ मा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रको सभामुखसहित १३, राप्रपाका ६, नेकपा (एस) का ४ र जसपाको १ सांसद छन्। 

राप्रपाले सरकार छाडेपछि अब प्रदेश १ का मुख्यमन्त्री हिकमत कुमार कार्कीले विश्वासको मत लिनुपर्ने हुन्छ । उनले विश्वासको मत पाउने सम्भावना छैन । राप्रपाले पनि समर्थन फिर्ता गर्दा उनीसँग ४१ सांसद मात्रै हुन्छन् । केन्द्रीय गठबन्धनका कारणले  माओवादी र जसपा पनि सरकारबाट बाहिरिन सक्ने देखिएको छ। 

हिकमत कार्की नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा २ बाट निर्माण भएको हो ।

कार्की नेतृत्वको सरकारले विश्वासको मत लिन नसके प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ३ बाट सरकार गठनको आह्वान गर्छन् या उपधारा २ अन्तर्गत नै गठनको आह्वान गर्छन् भने विषयले पनि प्रदेशमा हलचल ल्याउन सक्ने सांसदहरू बताउँछन् ।

नयाँ बनेको गठबन्धनकै प्रदेश प्रमुख भएकाले उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै आह्वान गर्ने सम्भावना छ । प्रदेश प्रमुख परशुराम खापुङ जसपाका हुन्। 

उपधारा २ अन्तर्गत नै सरकार गठनको आह्वान गर्दा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मिलेर सरकार बनाउन सक्छन् ।

प्रदेश १ मा सांसदको कूल संख्या ९३ हो । बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।

चार दलसँग सभामुखसहित ४७ सांसद छन् । त्यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । उक्त सरकारले विश्वासको मत पाउँदा ४६ सांसद मात्रै पुग्न सक्ने देखिएको छ । सभामुखले बराबरी मत भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउँछन् । सभामुखले पहिलो पटक मतदान गर्न नपाउने र पक्ष–विपक्षमा मत बराबर नहुने अवस्थामा पुनः सरकार ढल्न सक्छ । 

उपधारा २ अन्तर्गत बनेको सरकार ढलेमा उपधारा ३ अन्तर्गत सरकार बन्छ ।

त्यसो भए ठूलो दल नेकपा एमालेका कार्की पुनः मुख्यमन्त्री नियुक्त हुन सक्छन्। उनी मुख्यमन्त्री भए पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक  व्यवस्था छ । उनलाई राप्रपाले विश्वासको मत दिँदा ४६ मात्रै हुन्छ ।

निर्णायक मत दिँदा सभामुख माओवादीका छन् । उनको पनि सरकार ढल्न सक्छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार गठनको आह्वान हुनेछ ।

उपधारा ५ अन्तर्गत सरकार गठन हुँदा कुनै सांसदले बहुमत पुर्‍याउन सक्ने सम्भावना न्यून हुन सक्छ । त्यसपछि प्रदेशसभा विघटन भई पुनः निर्वाचनमा जानुपर्ने अवस्था प्रदेश १ बाट शुरू हुन सक्ने जानकारहरू बताउँछन् । नयाँ समीकरणले प्रदेशलाई थप अस्थिर बनाउन सक्ने राजनीतिक विश्लेष्कहरूको दाबी छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x