×

NMB BANK
NIC ASIA

कांग्रेस नेतासँग निजी क्षेत्रले खोले गुनासाका पोका, शेखरले भने– माग सम्बोधन गराउन पहल गर्छु

फागुन २३, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका नेताहरूसँग निजी क्षेत्रका उद्योगी व्यवसायीले उद्योग व्यवसाय गर्न समस्यै–समस्या भइरहेको गुनासो गरेका छन् ।

Muktinath Bank

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा सहितको टोलीसँग भएको अन्तर्क्रियामा निजी क्षेत्रले अर्थतन्त्र खस्किदै जाँदा भोग्नुपरेको समस्याको बेलिविस्तार सुनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थतन्त्रको पछिल्लो अवस्था, विश्वव्यापी आर्थिक मन्दीका कारण नेपाली अर्थतन्त्रमा परेको असर तथा सरकारको नीति नियमका कारण व्यापार व्यवसायमा परेको समस्या सुनाएका छन् ।


Advertisment
Nabil box
Kumari

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था तथा उद्योगी व्यवसायी र अर्थविद् सहितले कांग्रेस नेता कोइराला र महामन्त्री थापासँग व्यापार व्यवसायमा २०–८० प्रतिशतले घटेको र यसबाट हुन सक्ने सम्भावित जोखिमको जानकारी गराएका छन् ।

Vianet communication

अन्तर्क्रियामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो अर्थतन्त्रको अवस्थाबाट कुनै एउटा निश्चित क्षेत्र मात्रै नभएर समग्र आर्थिक प्रणालीमा नै असर परेको बताए । उनले भने, ‘निजी क्षेत्र, व्यवसायी, बैंक मात्रै होइन, सिंगो अर्थतन्त्र प्रणालीमा नै समस्या परेको छ । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने विकराल अवस्थामा देश पुग्ने देखिएको छ ।’  

गोल्छाले भने, ‘अर्थतन्त्रको अवस्था यतिधेरै समस्यामा पर्न थालिसक्यो कि त्यो असर यसअघि महाभूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता समयमा परेकोभन्दा ठूलो असरको रूपमा देखा परिसकेको छ ।’ 

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले सरकार र समाजले व्यवसायी तथा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नै गलत भएको बताए । ‘नाफा गर्नु पाप हो भन्ने जसरी व्यवहार गरिन्छ,’ उनले भने, ‘यसरी कसरी व्यवसायीको मनोबल उकासिन्छ र लगानीको वातावरण बन्छ ?’

मुरारकाका अनुसार देशमा उद्योग व्यवसाय गर्ने वातावरण नै नभएकोमा चिन्ता व्यक्त गरे । मुरारकाले दुःखेसो पोख्दै भने, ‘निजी क्षेत्रले काम गर्न यतिधेरै समस्या छन् कि सुनाउन कहाँ जाने भन्ने छैन । यति भने निजी क्षेत्रलाई राज्य र विधायिकाले हेर्ने नजर नै नाफा मात्रै गर्छन्, धेरै कमाउँछन् भन्ने मात्रै भयो । यो क्षेत्रले गरेको राजस्वमा योगदान सरकारले देखेन ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भने, ‘२० प्रतिशत राजस्व घट्दा सरकार आत्तिएर खर्च कटौती गर्नेदेखि करारका कर्मचारी हटाउन विवरण माग्न थालिसक्यो । निजी क्षेत्रको त २०–८० प्रतिशतसम्मले व्यापार खस्किएको छ । यो अवस्थामा हाम्रो हालत के भएको होला ? खै सरकारले सोचेको ?’

उनले अब आउने अर्थमन्त्री कांग्रेस पार्टीबाट हुने भएकाले आफूहरूको समस्या समाधान हुनेमा विश्वस्त भएको पनि बताए । 

अन्तर्क्रियामा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले राज्य संयन्त्र इतिहासकै खराब अवस्थामा रहेको भनाइ राखे । उनले भने, ‘कांग्रेस नेता डा. कोइराला, कार्यक्रममा उपस्थित महामन्त्री गगन थापा लगायतबाट निजी क्षेत्रले आशा गरेको र अबको अर्थतन्त्र सुधारमा उहाँहरूबाट हुने प्रयास सकारात्मक हुनेछ । देशको अर्थतन्त्रबारे कांग्रेसले स्पष्ट नीति बनाउला भन्ने अपेक्षा गरेका छौं ।’

‘पार्टीले घोषणा पत्रमा मात्रै राखेर हाम्रो नीति यही हो भनेर हुँदैन, मुलुक चलाउन अर्थसम्बन्धी स्पष्ट नीति र योजना हुनुपर्छ,’ शर्माले भने, ‘जबसम्म अर्थ मन्त्रालयको सामान्य अधिकारीले चाहेको बेला बदल्न सक्ने नीति नियम भइरहन्छ, तबसम्म यो देशको आर्थिक उन्नति सम्भवै छैन ।’

शर्माले समाजिक सुरक्षाका नाममा नगद बाँड्ने परम्परा बन्द नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । विश्वका सम्पन्न भनिने राष्ट्र पनि आर्थिक सहायता बाँडेका कारण असफल भएको उदारहण पनि शर्माले दिए । शर्माले भने, ‘नेपालमा वार्षिक ५ लाख युवा श्रम बजारमा आउँछन्, हामीले मुस्किलले १८ हजारलाई रोजगारी दिन सक्छौं । यस्तो मुलुकमा नगद बाँडेर हुँदैन, यसलाई तत्काल रोक्नुपर्छ ।’

अन्तर्क्रियामा अर्थतन्त्रका समस्या र समाधानका गर्न कांग्रेस नेता कोइरालाले आफ्नो तर्फबाट भरपुर प्रयास हुने बताए । कोइरालाले भने, ‘हाम्रो पार्टी सधैं निजी क्षेत्रको विकास र विस्तारको पक्षमा छ । तपाईंहरूका सबै समस्या र समाधानका उपाय संसद् र सरकारसामु पुर्‍याउन प्रयास गर्छु ।’

कोइरालाले कांग्रेस निजी क्षेत्रको माग र समस्या समाधान गर्ने विषयमा सधैं अग्रसर हुने बताए । अहिलेको अर्थतन्त्रको विषयमा जानकारी लिनुपर्ने समय सान्दर्भिक अवस्था भएको पनि उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x