×

NMB BANK
NIC ASIA

राष्ट्रपतिमा पौडेल विजयी भएपछि अँगालोमा बाँधिदै देउवाले दिए बधाई

फागुन २५, २०७९

NTC
Premier Steels

राष्ट्रपतिमा आफ्नै दलका नेता रामचन्द्र पौडेल निर्वाचत भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई अँगालो मारेरै बधाई दिएका छन् ।

Muktinath Bank

पौडेल निर्वाचित भएलगत्तै सामाजिक सञ्जालमा लेखेर बधाई दिएका देउवाले निर्वाचन परिणामको औपचारिक घोषणा कार्यक्रममा पौडेललाई भेटेरै बधाई दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन परिणाम घोषणा कार्यक्रममा सबै नेताले देउवालाई कुरिरहेका थिए । अन्तिममा देउवा आएलगत्तै पौडेल आफ्नो सिटबाट उठेर देउवासँग अँगालोमा बाँधिएका हुन् । उभिएका देउवासँग पौडेल आफैं खुशी हुँदै अँगालिन पुगेका थिए ।


Advertisment
Nabil box
Kumari

देउवाले पनि अँगालो हाल्दै राष्ट्रपतिमा विजयी भएकोमा बधाई दिए । 

Vianet communication

निर्वाचित भएलगत्तै देउवाले ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’ भनेर सामाजिक सञ्जालमा लेख्दै बधाई दिएका थिए । 

पौडेलले ३३ हजार ८०२ मत प्राप्त गरी एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका थिए । नेम्वाङले १५ हजार ५१८ मत पाएका छन् ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधि सभाका २७२ र प्रदेश सभाका ५५० सांसद मतदाता थिए । जसमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३१३ तथा प्रदेश सभाका ८१८ सदस्यले भोट हालेका थिए । 

पौडेल चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका नेता हुन् तर यसअघि लगातार २ कार्यकाल एमालेकी विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । यसैले पौडेल तेस्रो राष्ट्रपति हुन् ।

पहिलो राष्ट्रपति कांग्रेसबाटै डा. रामवरण यादव निर्वाचित भएका थिए ।

यसअघि पौडेल पूर्व संस्थापन अर्थात् कोइराला निकटको समूहमा थिए तर १४औं महाधिवेशनयता पौडेल देउवा निकट रहेका थिए । अन्ततः देउवासँगको यही निकटताले पौडेल राष्ट्रपति बन्न सफल भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x