×

NMB BANK
NIC ASIA

रिहा भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा पुगे पल शाह

हेलिकोप्टरमार्फत रुकुम महोत्सवमा पुगेका अभिनेता शाहलाई हेर्न दर्शकको भिड

चैत १, २०७९

NTC
तस्वीर : नारायण ओलीबाट
Premier Steels

अभिनेता पल शाह कारागारमुक्त भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् ।

Muktinath Bank

दुई साताअघि कारागारबाट रिहा भएका शाहले बुधवार रुकुम पुगेर त्यहाँ जारी महोत्सवमा उपस्थिति जनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी एक वर्षभन्दा लामो समयपछि यसरी महोत्सवमा पुगेर दर्शकसँग साक्षात्कार गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

रुकुमपश्चिममा जारी ‘रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’को छैटौ दिनको मुख्य आकर्षकका रुपमा पुगेका शाहलाई हेर्न फ्यान एवं दर्शकहरुको बाक्लो उपस्थिति थियो ।

Vianet communication

रुकुम उनको गृह जिल्ला दाङको छिमेकी जिल्ला पर्छ ।

‘नमस्कार सबैलाई । सन्चै हुनुहुन्छ ?’ भन्दै स्टेजमा उक्लिएका उनको उपस्थितिमा दर्शकहरुले चर्को हुटिङ गरेका थिए । त्यहाँ उनले आफ्नो एक वर्षे जेल जीवनबारे अनुभव सेयर गरे । चाँडै म्युजिक भिडियोमार्फत अभिनयमा फर्किन लागेको उनले दर्शकलाई जानकारी गराए । 

उनले आफू अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरि’बोलको गीतमा स्टेजमा नृत्य गर्नुका साथै उक्त गीत थोरै गुनगुनाएर समेत सुनाएका थिए ।  

तस्वीर : पल शाहको फेसबुकबाट

उनी हेलिकोप्टरमार्फत बहिनी रोशनीसँगै रुकुम पुगेका थिए । आयोजकले नै उनको लागि हेलिकोप्टरको व्यवस्था गरेको थियो । उनी बुधवार नै काठमाडौं फर्किने बताइएको छ । 

एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो ।

जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन दिएका थिए । जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो । उच्च अदालत पोखराले पनि सफाइ दिएसँगै उनी कारागारबाट रिहा भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x