×

Nic Asia
Dabur
Prabhu Bank

चुँदारा पेशा गरेर दिनचर्या चलाउनै कठिन

चैत ८, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

काठको ठेकी बनाउने चुँदाराले श्रम अनुसारको ज्याला पाउन सकेका छैनन् । लामो समयदेखि यो पेशा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ ।

yONNEX
Frooti
Appy

विगत वर्षमा धेरैले यो पेशा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेशा संकटमा पर्दै गएको चुँदाराको भनाइ छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

ठाउँअनुसार गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहर लगायतका काठबाट स–साना आकारका गोलियालाई कुँदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । जसका लागि उनीहरूलाई निकै मेहनत पर्ने गर्दछ ।


Advertisment
Lokantar App
Saurya island

दूध जमाउने ठेकीबाहेक मोही पार्ने ठेकी, कोसी, आरी खुर्पेटा कुँदेर चुँदाराले आफ्नो जीविका चलाउँदै आएका छन् । ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाँक, रुखान, सादन लगायतका औजारको प्रयोग हुने गर्दछ । नयाँ पुस्तामा ध्यान नजाँदा तथा व्यावसायिक हुन नसक्दा यहाँ अहिले पनि परम्परागत रूपमा नै ठेकी बनाउने चलन छ । काम गर्ने प्रविधिले आधुनिकता नपाउँदा श्रम धेरै गर्नुपर्ने भएकाले जीविका चलाउन समस्या हुने चुँदारा बताउँछन् ।

JYOTI
Vianet communication

धेरै मेहनतले खोलाखोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि यो पेसा छाड्दै गएको ५१ वर्ष बढी समयबाट चुँदारा पेशा गर्दै आएका टेम्केमैयुुङ गाउँपालिका–८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए । ‘न्यून ज्याला लगायत कारणले यो हाम्रो पुख्र्यौली पेशा संकटमा पर्न थालेको छ,’ विश्वकर्माले भने, ‘मेहनत धेरै गर्नुपर्छ । मेहनत अनुसारको आम्दानी हुँदैन, धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन् ।’

काठको सामग्री बनाउनका लागि दार, पँयले, लोडसल्ला, मौवा, कटहर लगायत रुखको काठ उपयोगी हुने विश्वकर्माले बताए तर पछिल्लो समय त्यस्ता काठ समेत अभाव हुँदै गएको उनले बताए । ‘काममा त दुःख छँदैछ । अझ काठको पनि अभाव छ । गाउँले आफैंले काठ खोजेर ल्याए भने हामी बनाइदिन्छौं । हामीले ज्याला लिने हो,’ विश्वकर्माले भने, ‘एक पाथी जाने ठेकी बनाएको २५० देखि ३०० रुपैयाँसम्म ज्याला लिने गरेका छौं । २ जनाले दिनभर काम गरेको १ हजार ५०० रुपैयाँसम्म हुन्छ ।’ 

आफूले पाउँदै आएको ज्याला समय सुहाउँदो नभएको विश्वकर्माको भनाइ छ । मेहनतका आधारमा प्रतिफल नहुने भएकाले नयाँ पुस्ताले चासो नदिँदा पेशा लोप हुने अवस्थामा पुगेको उनले बताए । विश्वकर्माले भने, ‘यो काम गरेर हामीले जीवन गुजरा गर्न सकिएको छैन । हिउँदको समयमा खोलामा पानी कम हुने भएकाले निरन्तर काम हुँदैन । वर्षातको समयमा मात्र सञ्चालन हुन्छ । काम गर्न झन्झट हुने भएकाले धेरैले यो पेसा नै गर्न छाडे । नयाँ पुस्ताले चासो दिँदैनन् । पेशा जोगाउन नै समस्या छ ।’

खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पंखामा खसाइ काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक)को सहायताले काठलाई कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ । त्यसको अलावा हातले यन्त्र घुमाएर पनि काठका सामग्री बनाउने चलन छ । चुँदाराले कलात्मकरूपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाडो, गम्बु लगायत विभिन्न सामग्री बनाउँदै आएका छन् ।

हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउन सके काम गर्न सहज हुने चुँदाराको काम गर्दै आएका अर्का स्थानीय जंगबहादुर विकले बताए । विकले भने, ‘हामीले बलको भरमा परम्परागत रूपमा काम गरिरहेका छौं । बाउबाजेले जसरी गरे हामीले पनि त्यही विधिअनुसारको काम गर्दै आएका छौं । आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग गरे हुने तर यो पेशाको संरक्षणमा खास कसैको सहयोग छैन ।’

पेशालाई जोगाउन नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने विकको भनाइ छ । तालिमको व्यवस्था गरेर सीपलाई सबैमा विस्तार गर्नुपर्ने विकले बताए । ‘यो सीपलाई विस्तार गर्न आवश्यक छ,’ विकले भने, ‘विस्तार गर्न सकिएन भने यो काम गर्ने मानिस पाउन मुस्किल छ । राज्यको तर्फबाट जीवन गुजारा गर्न सक्नेसम्मको वातावरण निर्माण भयो भने पेशालाई बचाइराख्न सकिन्थ्योजस्तो लाग्छ । अहिले पनि हामीले काम गर्न आवश्यक सामग्री जुटाउन नै समस्या छ ।’

पराम्परागत रूपमा सञ्चालन हुँदै आएका यस्ता पेशाको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्ने स्थानीय गोरखबहादुर विष्टले बताए । राज्यको तहबाट यस्ता पेशालाई प्राथमिकता नदिने हो भने नयाँ पुस्ताका लागि इतिहास हुने विष्टको भनाइ छ । रैथाने पराम्परागत पेशाको संरक्षण गर्न ठोस योजना बनाउन आवश्यक रहेको उनले बताए ।

विष्टले भने, ‘यो पेशालाई जोगाउनुपर्ने अवस्था छ । धेरैले पेशा छाड्दै जाँदा यस्तो काम गर्ने मानिस पाउन नै मुस्किल छ ।’

स्वास्थ्यका लागि पनि काठका भाँडा फाइदाजनक मानिन्छ । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा बिस्तारै हराउन थालेका हुन् । गाउँमा पशुपालन गर्ने व्यवसाय घटेपछि काठका ठेकीको प्रयोगमा पनि कमी आएको देखिन्छ । अझै पनि जिल्लाका केही ग्रामीण स्थानमा कुँदेरै ठेकी बनाउने चलन छ ।

परम्परागत रूपमा गाईभैंसीको दूध जमाउन प्रयोग गरिने काठका ठेकीको चलन पछिल्लो समय हराउँदै गएको छ । बजारमा आधुनिक स्टिल लगायत प्लाष्टिकका सामग्री पाइन थालेपछि काठको ठेकीको प्रयोग हराउँदै गएको हो । – युवराज विष्ट/रासस

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ ६, २०८०

बुटवलका तिरास लामटांगे मगर १ दशकदेखि शिक्षण पेशामा छन् तर अहिले तिरासको जोडी कफी बिक्रीमा तल्लिन छ । लामटांगेले कफी पारखीका लागि ‘द कफी हब’ सञ्चालनमा ल्याएका छन् । रूपन्देहीको तिलोत्तमा योगिक...

जेठ १३, २०८०

हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास ग...

जेठ १३, २०८०

रूपन्देहीको सैनामैनाकी यशोदा थापाले १ दशकअघि ‘प्लस टु’ पढ्दै गर्दा सांकेतिक भाषा (दोभाषे) को तालिम लिइन् । कान सुन्न नसक्नेहरूका पीडाले थापालाई सांकेतिक भाषा सिक्न उत्प्रेरित गर्‍यो । अपाङ्ग...

जेठ १३, २०८०

नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज...

जेठ ६, २०८०

पप्पु अन्सारीको ३ वर्ष पहिले र अहिलेको दिनचर्या फरक छ । ३ वर्षअघिसम्म उनी विराटनगरको निजी विद्यालयमा पढाउँथे ।  शिक्षक हुँदा तलब कहिले आउँछ भनेर चिन्ता गर्ने पप्पुलाई अहिले तलब कसरी खुवाउने भन्ने चिन्ता...

बैशाख २४, २०८०

सन् २०१० तिर डा. प्रमोद लामिछाने काठमाडौं विश्वविद्यालय अन्तर्गत ललितपुरको बी एन्ड बी (बास्कोटा एन्ड वैद्य) अस्पतालमा रेसिडेन्ट डाक्टरको रूपमा कार्यरत थिए । दुर्घटनाका बिरामी रातिको समयमा पनि आउने भएकाले अबेरस...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x