×

Nic Asia
Prabhu Bank

राप्ती लोकमार्गमा बिग्रियो ‘ओटासिल’ सडक

चैत १२, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

राप्ती लोकमार्ग ठाउँठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् ।

yONNEX
Frooti
Appy

जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्, जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ,’ सल्यानबाट दाङ आउँदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने, ‘दुर्घटनाको जोखिम उत्तिकै छ ।’ 


Advertisment
Lokantar App
Saurya island

सल्यानको कपुरकोटदेखि तुलसपुर पुग्दा मानिस चिन्न नसिकने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । ‘धुलोले शरीर थपक्कै ढाकेको हुन्छ,’ मोटरसाइकल चालक लक्ष्मण केसीले भने, ‘खाल्डाखुल्डीले गर्दा पहिले जस्तो छिटो पनि आउन सकिँदैन, आधा घण्टा लाग्ने ठाउँमा, एक डेढ घण्टा लाग्छ ।’

JYOTI
Vianet communication

बिग्रिएको ठाउँमा मर्मतका लागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए । ‘धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले ससाना ठेक्का लागिरहेका छन्,’ उनले भने, ‘स–साना ठेक्काको काम सकेपछि अर्को वर्षदेखि ठूलो ठेक्का लाग्छ ।’

ठाउँठाउँमा ठेक्का गरिएको भए पनि ठेकेदारले काम गरेको अवस्था छैन । पटक–पटक म्याद थप गर्ने कार्य भइरहेको छ । यो आर्थिक वर्षभित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाई छ ।  

राप्ती लोकमार्ग शुरूमा ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको हो । त्यो थोरै सवारी चल्दाको कालोपत्रे भए पनि अहिले धेरै सवारी चल्दा ठाउँठाउँमा बिग्रिएको उनको भनाई छ । तुलसीपुरदेखि रुकुमपश्चिम खौलासम्मको सडक ठाउँठाउँमा बिग्रिएको छ । ३ वर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट आउने गरेको छ ।

चालू वर्षका लागि मात्रै विभिन्न २० खण्डमा करीब ४८ करोड बजेट परेको छ । सडकमा खाल्डाखुल्डी हुँदा चालू वर्षमा मात्रै ३ दर्जन बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ । सडकमा बर्सेनि करोडौं बजेट विनियोजन गरेको भए पनि काम भने नहुने गरेको पाइएको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १८, २०८०

कांग्रेस सभापति शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन् । ​ धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित ...

जेठ १८, २०८०

यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल वायुसेवा निगमका एक कर्मचारी कारवाहीमा परेका छन् । जहाजको ढोकासम्म पुगेका यात्रु ठाकुरसिंह भण्डारीलाई सिस्टममा नाम नभएको भनि घर फर्काइदिने निगमका कर्मचारी गगनबहादुर ...

जेठ १८, २०८०

मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्न विवाह अगाडि १२ पास गरेको छात्रालाई २० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।  गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअ...

जेठ १८, २०८०

भरतपुर महानगरले अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन शुरु गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट अवैध संरचना हटाउन शुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारक...

जेठ १८, २०८०

केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।  नगरपालिकाले आज (बिहीवार) एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका ला...

जेठ १८, २०८०

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्ने बताएका छन् ।        रासस केन्द्रीय कार्यालयमा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘हा...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x