असोज ६, २०८०
एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा भएको ‘सेलिब्रेटी भर्सेस सेलिब्रेटी’ फूटबलमा अनिल गुरुङले कप्तानी गरेको समूह विजयी भएको छ । एनसेल मुख्यालय आगाडिको लैनचौरमा भएको मैत्रीपूर्ण फूटबलमा गुरुङ ने...
सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ ।
सहिद रङ्गशालामा आज साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले हराउँदै विराटनगर सिटी घरेलुु मैदानमा उपाधि नजिक पुगेको हो । जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चित गरेका छन् । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काए ।
खेलमा विराटनगरले सङ्घर्षपूर्ण जित हासिल गरेको हो । प्रतिस्पर्धात्मक तथा रोचक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेको थियो । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दबाब परेको थियो ।
जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीको मेहनतको कारणले जित हासिल गरेको बताए । उनले पहिलो हाफसम्म खेलाडीले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको उल्लेख गरे । जावलाखेलको प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पटकपटक पाएको अवसर खेर फाल्दा हार भएको बताए ।
खेलको म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । उनले नगद रु ११ हजार पाए । मङ्गलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुने प्रतियोगिताका व्यवस्थापक सरोज लम्सालले बताए ।
चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेता हुने टिमले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार पाउने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।
एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा भएको ‘सेलिब्रेटी भर्सेस सेलिब्रेटी’ फूटबलमा अनिल गुरुङले कप्तानी गरेको समूह विजयी भएको छ । एनसेल मुख्यालय आगाडिको लैनचौरमा भएको मैत्रीपूर्ण फूटबलमा गुरुङ ने...
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव जित्न ६ मतले टाढा छन् । ८५ मध्ये ६० मत गणना हुँदा पारसले ३७ मत ल्याएका छन् । अब ६ मत ल्याउँदा पारस विजयी हुनेछन् । ...
नेपाली क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । चन्दविरुद्ध विनयराज भण्डारीले उम्मेदवारी दिने भने पनि अन्तिम समयमा उनी ब्याक भए । यसैले चन्द निर्विरोध बन्न सफल भए । अध्...
नेपाल क्रिकेट संघको निर्वाचनमा सचिव पदमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लविरुद्ध अग्रता बढाउँदै लगेका छन् । ८५ मध्ये ५० मत गणना हुँदा पारस २९ मतसहित ८ मतले अगाडि छन् । यता प्रशान्तले २१ मत ल्या...
क्रिकेटमा सक्रिय हुँदाहुँदै दुई वर्षअघि सन्यास लिएका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का अन्ततः नेपाल क्रिकेट संघ (क्यान)को ‘प्रभावशाली’ पदाधिकारीमा आएका छन् । क्यानको बाग्मती अध्यक्ष...
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् । उनी निर्विरोध भएपछि अब उनकै प्यानलका पारस खड्काको प्रतिस्पर्धा कस्तो होला भन्ने धेरैलाई चासो छ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस ख...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...