×

NMB BANK
NIC ASIA

आणविक जोखिममा संसार

बेलारुसमा आणविक हतियार राख्ने रुसको घोषणाले विश्वमा मच्चिएको खैलाबैला

चैत १४, २०७९

NTC
AP
Premier Steels

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार तैनाथ गर्न शुरू गर्ने घोषणा शनिवार (मार्च २५) गरेपछि खैलाबैला मच्चिएको छ । 

Muktinath Bank

जुलाई १ सम्ममा सीमित दायरामा विनाश गर्ने ट्याक्टिकल आणविक हतियार राख्नको लागि तोकिएको भण्डार बनाउने काम सम्पन्न भइसक्ने पुटिनको भनाइ छ । बेलायतले युक्रेनलाई डिप्लिटेड युरेनियम म्युनिसन भनिने हतियार उपलब्ध गराउने घोषणा गरेलगत्तै रुसले आधिकारिक रूपमा बेलारुसी भूमिमा आणविक हतियार तैनाथीको घोषणा गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुटिनको घोषणा सार्वजनिक भएपछि पश्चिमी सैन्य गठबन्धन नेटोले त्यसको निन्दा गरेको छ । रुसले आणविक हतियार तैनाथीका विषयमा खतरनाक र गैरजिम्मेवार घोषणा गरेको नेटोको आरोप छ । आफूले विकसित परिस्थितिलाई नजिकैबाट नियालिरहेको र यसबाट आफ्नो आणविक रणनीतिमा यसबाट कुनै परिवर्तन नआउने पनि उसको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

आणविक हतियार तैनाथी घोषणाका क्रममा पुटिनले युरोपका विभिन्न देशमा अमेरिकाले आणविक हतियार राखेको स्मरण गराए । हुन पनि अमेरिकाले नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी, इटली र टर्कीसँग आणविक बाँडफाँट सहमति गरी ती देशमा लगभग १०० वटा ट्याक्टिकल आणविक हतियारहरू तैनाथ गरेको छ । 

Vianet communication

आणविक हतियार दुई किसिमका हुन्छन् : स्ट्राटेजिक र ट्याक्टिकल । स्ट्राटेजिक आणविक हतियार हजारौं माइल टाढा रही पनडुब्बी, लामो दूरीको बमवर्षक विमान वा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रबाट प्रहार गर्न सकिन्छ । यसले पूरा शहरलाई नै ध्वस्त बनाइदिन सक्छ । 

ट्याक्टिकल आणविक हतियार चाहिँ एउटा विशेष क्षेत्रको निशानालाई ध्वस्त पार्न वा सीमित दायराभित्रको तारोलाई नष्ट पार्नका लागि उपयोग गरिन्छ । त्यसको विस्फोटक शक्ति (पेलोड) पनि सानै हुन्छ । 

शीतयुद्धको समयमा अमेरिका र तत्कालीन सोभियत संघले यस्ता हतियार व्यापक रूपमा बनाएका थिए । शीतयुद्ध सकिएपछि अमेरिकाले २३० वटा यस्ता हतियार बाँकी राखेर आधा जति आफ्ना युरोपेली साझेदारहरूको भूमिमा राखेको छ । रुससँग चाहिँ यस्ता दुई हजार हतियार रहेको बताइन्छ । 

गत अक्टोबर महिनामा रुसको (कालिनिनग्राद क्षेत्रसँग सीमा जोडिने) छिमेकी पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले आफ्नो भूमिमा आणविक हतियार राख्नका लागि अमेरिकालाई अनुरोध गरेका थिए । युरोपका विभिन्न ठाउँमा राखिएका आणविक हतियार पोल्यान्डमा पनि सार्नका लागि अमेरिका र पोल्यान्डबीच कुराकानी चलिरहेको बताइन्छ । 

रुसलाई आणविक जोखिममा पार्नका लागि अमेरिकीहरूको निर्देशनमा युरोपेलीहरू विभिन्न कदम चाल्न खोेजिरहेका छन् भने रुसले बेलारुसमा आणविक हतियार राख्न खोज्दा आपत्ति पनि जनाइरहेका छन् भनी रुसीहरू आरोप लगाउँछन् । 

रुसलाई आणविक जोखिममा पार्नका लागि अमेरिकीहरूको निर्देशनमा युरोपेलीहरू विभिन्न कदम चाल्न खोेजिरहेका छन् भने रुसले बेलारुसमा आणविक हतियार राख्न खोज्दा आपत्ति पनि जनाइरहेका छन् भनी रुसीहरू आरोप लगाउँछन् । 

बेलारुस र रुसको छिमेकी युक्रेनले बेलारुसी भूमिमा आणविक हतियार राख्ने कामबाट आणविक अप्रसार सन्धिको उल्लंघन हुने आरोप लगाएको छ । पुटिनले त्यस आरोपको खण्डन गर्दै अमेरिकाले युरोपमा हतियार राखे जस्तो कदम मात्र आफूले चालेको बताएका छन् । बेलारुसको भूमिमा आणविक हतियार राख्ने तर त्यसको नियन्त्रण उसलाई गर्न नदिने पुटिनको भनाइ छ । 

त्यसो त अमेरिका र नेटोले युक्रेन युद्धको दायरा बढाउन सक्ने भन्दै बेलारुसी सैनिकहरूलाई आणविक हतियार सञ्चालन तथा उपयोगको तालिम दिने चेतावनी पनि पुटिनले दिएका छन् । 

रुसी सेनाले बेलारुसलाई ट्याक्टिकल न्युक्लीयर हतियारको वारहेड खसाल्नका लागि आवश्यक सबै सामग्री उपलब्ध गराइसकेको छ । ती हतियार बोक्नका लागि बेलारुसी वायुसेनाका कम्तीमा १० वटा विमान तयार पारिसकिएको बताइएको छ । 

माथि पनि उल्लेख भएअनुसार, विशेषगरी बेलायतले युक्रेनलाई डिप्लिटेड युरेनियम हतियार उपलब्ध गराउने योजना सार्वजनिक भएपछि त्यसको असर बेलारुसलाई समेत पर्ने आशंका गर्दै त्यहाँका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसी आणविक हतियार तैनाथीमा जोड दिएको बताइन्छ । एक साताअघि लुकाशेन्कोले बेलायतलाई चेतावनी दिँदै रुसले बेलारुसलाई वास्तविक युरेनियम हतियार उपलब्ध गराउन सक्ने भएकाले आफ्नो योजना फिर्ता लिन आग्रह गरेका थिए । 

बेलायत र अमेरिकाले चाहिँ डिप्लिटेड युरेनियमको आणविक नभई परम्परागत उपयोग मात्र गर्न खोजेको बताएका छन् । डिप्लिटेड युरेनियमले रुसी सैनिकहरूको कवचलाई छेडेर नष्ट गर्ने काम गर्नेछ । 

तर त्यसबाट निस्कने विकिरणले पुस्तौंसम्म असर पार्ने भनी रुसीहरूले सर्बियाविरुद्ध सन् १९९० को दशकमा नेटोले गरेको आक्रमणको उदाहरण दिँदै त्यस्तो हतियार युक्रेनलाई दिन नहुने तर्क गरेका छन् । संयुक्त राष्ट्रसंघले पनि यसको उपयोग हानिकारक हुने भनी चिन्ता व्यक्त गरेको छ ।  

बेलारुसले रुसी आणविक हतियार तैनाथ गरेमा उसविरुद्धको आर्थिक प्रतिबन्ध थप कसिलो बनाउने भनी नेटोले चेतावनी दिएको छ । तर सन् २०२० मा लुकाशेन्कोलाई अपदस्थ गर्नका लागि पश्चिमले चलाएको अभियानलाई नभुलेका बेलारुसी राष्ट्रपतिले आफ्नो मुलुकको प्रतिरक्षा क्षमता अभिवृद्धिका लागि रुसबाट आणविक हतियार लिन हिचकिचाएका छैनन् । 

अहिले रुसले बेलारुसलाई लडाकू विमानमार्फत आकाशबाट जमीनमा मार हान्ने आणविक हतियार उपलब्ध गराउन खोजेको छ । त्यसो त रुसले जमीनबाट मार हान्ने इस्कन्दर प्रणालीको आणविक हतियार सहितको हाइपरसोनिक र परम्परागत क्रुज क्षेप्यास्त्र बेलारुसमा पहिलेदेखि नै तैनाथ गरेको छ । 

पश्चिमी विश्लेषकहरूका अनुसार, बेलारुस आफैंसँग भएका क्षेप्यास्त्र प्रक्षेपण प्रणालीमा आणविक वारहेडहरू राख्न रुसले सहयोग गर्ने सम्भावना छ । बेलारुसलाई यसरी आणविक हतियार समेत उपयोग गर्न रुसले सघाएछ भने चाहिँ स्पष्ट रूपमा आणविक अप्रसार सन्धिको उल्लंघन भएको ठहर्छ किनकि बेलारुस आणविक हतियार नभएको राष्ट्र हो । 

एक साताअघि मात्र रुस र चीनले अर्को मुलुकमा आणविक हतियारको तैनाथी गर्न नहुने र भएको त्यस्तो हतियार पनि फिर्ता लिनुपर्ने भनी संयुक्त घोषणा गरेलगत्तै पुटिनले बेलारुसमा आणविक हतियार तैनाथी गराउनु आपत्तिजनक रहेको पश्चिमा विश्लेषकहरू बताउँछन् ।  

तर रुसले आणविक हतियारको तैनाथी आफ्नो मुलुकभन्दा बाहिर गर्न लागेको भए पनि हतियार उपयोग गर्न खोजिरहेको संकेत नपाइएको अमेरिकाको भनाइ छ । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रियन वाटसनले रुसबाट आणविक हतियार उपयोगका लागि तयारी भइरहेको संकेत नपाइएको बताइन् । अनि अमेरिकी थिंकट्यांक इन्स्टिच्युट फर द स्टडी अफ वारको पछिल्लो आकलनअनुसार, पुटिनको घोषणापछि पनि आणविक हतियार उपयोगको तहमा पुग्ने गरी युद्ध चर्किने सम्भावना एकदमै कम छ । 

हुन पनि कुनै राष्ट्रले आणविक हतियार अरूलाई तर्साएर आफूमाथिको आक्रमणबाट विमुख बनाउनका लागि गर्छ । अहिलेसम्म युद्धमा दुईपटक मात्र आणविक हतियारको उपयोग गरिएको छ । दोस्रो विश्वयुद्धको अन्त्य हुने बेलामा अमेरिकाले जापानको हिरोशिमा र नागासाकीमा आणविक बम खसाएबाहेक कतै पनि आणविक हतियार उपयोग गरिएको छैन यद्यपि संसारमा अहिले १३ हजार ४०० भन्दा बढी आणविक हतियार रहेको आकलन संयुक्त राष्ट्रसंघले गरेको छ । 

हुन पनि कुनै राष्ट्रले आणविक हतियार अरूलाई तर्साएर आफूमाथिको आक्रमणबाट विमुख बनाउनका लागि गर्छ ।

त्यसैले बेलारुसमा आणविक हतियार राखेर रुसले नेटोलाई तर्साउन मात्र खोजेको हुनुपर्छ । हुन पनि युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइल पोदोल्याकले पुटिन युद्ध हारिन्छ भनी डराएको र अरूलाई आणविक हतियारको हवाला दिएर तर्साउन खोजेको टिप्पणी गरे ।

तर आणविक हतियार तैनाथीको यस प्रतिस्पर्धाले विश्वलाई थप जोखिममा पारेको छ । हिन्द–प्रशान्त क्षेत्रमा अमेरिका र बेलायतले अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने पनडुब्बीका नाममा आणविक हतियार बोक्न सक्ने पनडुब्बी दिन लागेको भनी आशंका गरिएको बेलामा रुसले बेलारुसलाई आणविक हतियार उपयोगका लागि तयार गर्न खोजेको देखिन्छ । शक्तिराष्ट्रहरूको तनावमा समग्र मानवतालाई खतरा हुने यस्ता हतियारको दौड हुनु दुर्भाग्यपूर्ण छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x