×

NMB BANK
NIC ASIA

ट्रम्पविरुद्ध फौजदारी अभियोग

ट्रम्प आत्मसमर्पणको भित्री पाटो : आफैं चाहन्थे हत्कडी लगाएर पक्राउ गरियोस् !​

चैत २२, २०७९

NTC
Premier Steels

आफूविरुद्धको फौजदारी अभियोगको सामना गर्न अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प म्यानह्याटन जिल्ला अदालतमा मंगलवार उपस्थित भएका छन् । 

Muktinath Bank

सन् २०१६ मा राष्ट्रपति निर्वाचनअघि एक पोर्न अभिनेत्री स्टोर्मी डेनियल्सलाई पारस्परिक सम्बन्धको खुलासा नगर्नका लागि १ लाख ३० हजार डलर तिरेको अभियोगमा ट्रम्पलाई अदालतसमक्ष उपस्थित गराइएको हो । पैसा तिरेपछि त्यसको झूटो लेखा विवरण राखेको अनि निर्वाचन अभियानलाई प्रभावित पनि गराउन खोजेको भन्दै उनीमाथि म्यानह्याटन जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको थियो । मंगलवार उनीमाथि लगाइएका ३४ वटा अभियोगको फेहरिस्त पढेर सुनाइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले आफू सबै अभियोगमा निर्दोष रहेको बताएका थिए । उनका वकिलहरूले यी कुनै पनि अभियोग पुर्पक्षसम्म पनि पुग्न नसक्ने किसिमले कमजोर रहेको जिकिर गरेका छन् । आफूलाई राजनीतिक उद्देश्यले प्रेरित भई अभियोजन गरिएको र सन् २०२४ मा हुने राष्ट्रपति चुनावलाई प्रभावित पार्न खोजिएको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

जर्ज वाशिङटन विश्वविद्यालयमा सार्वजनिक सरोकार कानूनका प्राध्यापक तथा कानूनी विश्लेषक जोनाथन टर्लीका अनुसार, ट्रम्पविरुद्धको यो मुद्दा अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिस र फेडरल इलेक्शन कमिशन दुवैले अघि बढाउन अयोग्य भनी छोडिदिएका थिए । 

Vianet communication

यसको साटो ट्रम्पले राजनीतिक चन्दाको सही दाखिला नगरेको अपराधमा अभियोजन अघि बढाइएको भए ट्रम्पलाई अप्ठ्यारो पर्ने थियो भनी टर्ली तर्क गर्छन् । सात वर्षअघिको मुद्दा ब्युँत्याउनुमा राजनीतिक उद्देश्य रहेको उनको भनाइ छ । 

ट्रम्पविरुद्ध अभियोजनका लागि सक्रियता देखाउने म्यानह्याटन जिल्ला न्यायाधिवक्ता आल्भिन ब्राग ट्रम्पविरोधी डेमोक्रेटिक पार्टीका तर्फबाट उक्त पदमा निर्वाचित भएका हुन् । 

उनले ट्रम्पलाई घृणा गर्ने आफ्ना समर्थकहरूलाई जसरी भए पनि ट्रम्पविरुद्धको अभियोगलाई अघि बढाउने प्रतिज्ञा गरेका थिए । पोहोर साल उनले ट्रम्पविरुद्धको अभियोजनलाई अघि बढाउन आलटाल गर्दा अभियोजन टोलीका दुई सदस्यले राजीनामा दिएका थिए । त्यसैले पनि ब्रागलाई ट्रम्पविरुद्ध अभियोजन प्रक्रिया अघि बढाउन दबाब थियो । 

ट्रम्पलाई अभियोजन गरिने भनी घोषणा भएलगत्तै अमेरिकाको क्विन्निप्याक विश्वविद्यालयले गरेको सर्वेक्षणमा ७२ प्रतिशत रिपब्लिकन पार्टीका मतदाताहरूले ट्रम्पका विषयमा सकारात्मक कुरा गरेको पाइयो । अर्थात्, तत्कालको अवस्थामा ट्रम्पविरुद्ध रिपब्लिकन प्राइमरीमा लड्न खोज्ने रोन डिसान्टिस र अन्यले जित्ने कुनै सम्भावना देखिँदैन । 

अमेरिकी पत्रकार टोनी कक्सका अनुसार, ब्रागलाई विवादास्पद अर्बपति जर्ज सोरोसले लगानी गरेका छन् । सोरोस संसारका सबै दक्षिणपन्थी नेताहरूको विरोध गर्छन् र आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई उठ्न नदिनका लागि सबै किसिमका प्रयास गरिरहेका छन् । 

तर ट्रम्पलाई रोक्नका लागि गरिएका यी प्रयासहरूले उल्टो परिणाम ल्याउने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । द गार्डियन पत्रिकामा अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनका सल्लाहकार सिड्नी ब्लुमेन्थालको लेखमा तर्क गरिएअनुसार, ट्रम्पविरुद्ध जति धेरै अभियोगहरू ल्याइन्छ उनी त्यत्ति बढी बलियो बन्दै जान्छन् अनि रिपब्लिकनहरू पनि झनै जंगली हुँदै जान्छन् । 

वास्तवमा ट्रम्पविरुद्ध डेमोक्रेटहरूको अभियानले अमेरिकामा राजनीतिक ध्रुवीकरणलाई थप तीव्र बनाउने देखिँदैछ । यस ध्रुवीकरणबाट आफूलाई फाइदा पुग्ने आकलन ट्रम्पले गरिरहेको देखिन्छ । 

ट्रम्पलाई अभियोजन गरिने भनी घोषणा भएलगत्तै अमेरिकाको क्विन्निप्याक विश्वविद्यालयले गरेको सर्वेक्षणमा ७२ प्रतिशत रिपब्लिकन पार्टीका मतदाताहरूले ट्रम्पका विषयमा सकारात्मक कुरा गरेको पाइयो । अर्थात्, तत्कालको अवस्थामा ट्रम्पविरुद्ध रिपब्लिकन प्राइमरीमा लड्न खोज्ने रोन डिसान्टिस र अन्यले जित्ने कुनै सम्भावना देखिँदैन । 

त्यस्तै गत फेब्रुअरी महिनामा वाशिङटन पोस्ट/एबीसी न्युज पोलले गरेको सर्वेक्षणमा ट्रम्पको पक्षमा ४८ प्रतिशत समर्थन थियो भने राष्ट्रपति जो बाइडनको पक्षमा ४५ प्रतिशत मात्र समर्थन थियो । अहिले ट्रम्पको अभियोजनपछि उनीप्रतिको समर्थन प्रतिशत थप बढेको हुन सक्छ । 

यस अभियोजनले ट्रम्पप्रति खासै सहानुभूति नभएका अमेरिकी मतदातालाई पनि उनको पक्षमा लाग्न प्रेरित गरेको अमेरिकी विश्लेषक कार्ल क्यानन बताउँछन् । ट्रम्प उत्कृष्ट पात्र नभए पनि उनीविरुद्ध सत्तापक्षले खुला रूपमा न्यायिक हतियार दुरुपयोग गरिरहेको भन्ने सोच स्वतन्त्र मतदाताहरूमा पनि पर्न थालेको क्याननको भनाइ छ । 

यस कुरालाई विचार गर्दै ट्रम्पले आफ्नो प्रचारप्रसारलाई थप उचाइमा पुर्‍याउने अभीष्टका साथ अभियोजन प्रक्रियालाई थप नाटकीय बनाउन कोशिश गरेका थिए । उनी त अदातलमा आत्मसमर्पण गरेर पक्राउ परेपछि आफूलाई हत्कडी लगाइयोस् समेत भनिरहेका थिए । अनि अगाडितिर हेरिरहेको आफ्नो अनुहारको तस्वीर खिचेर त्यसलाई भाइरल बनाइयोस् भन्ने उनको चाहना थियो । 

तर अदालतमा त्यस्तो केही भएन । उनलाई हत्कडी पनि लगाइएन । उनले आफू निर्दोष रहेको बताए अनि त्यसबाहेक केही पनि बोलेनन् । अदालतबाट बाहिर निस्केपछि पत्रकारसँग पनि उनले कुरा गरेनन् । 

एकैचोटि फ्लोरिडा पुगेर उनले अमेरिका नर्कतर्फ गइरहेको छ भने । अमेरिकामा समेत यस्तो हुन्छ भनी आफूले कल्पना नगरेको उनले बताए । आफूले निडर भई देशको प्रतिरक्षा गर्ने प्रतिबद्धता जनाई अपराध गरेको उनको भनाइ छ । 

अनि आफ्नो मुद्दा हेर्ने न्यायाधीश हुआन मर्चानकी छोरीले उपराष्ट्रपति कमला ह्यारिसका लागि काम गरेको र आफूलाई घृणा गर्ने पनि उनले बताए । आफूविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्ता आल्भिन ब्रागकी पत्नीले आफूलाई रोकेरै छाड्ने भनी ट्वीट गरेको पनि उनले स्मरण गराए । यसरी यो मुद्दा पूर्णतः राजनीतिबाट प्रेरित भएको भन्ने भाष्यलाई उनले स्थापित गराउन खोजेका छन् । 

आफूमाथिको अभियोजनको बहानामा ट्रम्पले चन्दा समेत उठाइरहेका छन् । अभियोजनको घोषणापछि उनले ४० लाख डलर उठाइसकेको अमेरिकी सञ्चारमाध्यमहरूमा खबर आएका छन् । 

ट्रम्पले आफूविरुद्धको अभियोजनलाई सत्ताप्राप्ति अभियानको एक अंगका रूपमा उपयोग गरिरहँदा उनीमाथिको राजनीतिप्रेरित अभियोजनको दुष्परिणामका विषयमा पनि चर्चा भइरहेका छन् । सत्ताच्युत भएपछि एक पूर्व राष्ट्रपतिविरुद्ध यसरी मुद्दा चलाइँदा यसले ‘प्यान्डोराज बक्स’ खोलिदिने त हैन भनेर पनि आवाजहरू उठिरहेका छन् । 

ट्रम्पले आफूविरुद्धको अभियोजनलाई सत्ताप्राप्ति अभियानको एक अंगका रूपमा उपयोग गरिरहँदा उनीमाथिको राजनीतिप्रेरित अभियोजनको दुष्परिणामका विषयमा पनि चर्चा भइरहेका छन् । सत्ताच्युत भएपछि एक पूर्व राष्ट्रपतिविरुद्ध यसरी मुद्दा चलाइँदा यसले ‘प्यान्डोराज बक्स’ खोलिदिने त हैन भनेर पनि आवाजहरू उठिरहेका छन् । 

द न्युयोर्क पोस्टमा पल स्पेरीले रिपब्लिकन राज्यका न्यायाधिवक्ताहरूले बाइडन परिवार तथा क्लिन्टन परिवारका विरुद्ध फौजदारी अभियोजन ल्याउन सक्ने सम्भावनातर्फ इंगित गरेका छन् । यस प्रतिशोधको सिलसिलाले अमेरिकालाई ‘बनाना रिपब्लिक’ बनाउने उनको तर्क छ । 

त्यस्तै अर्का अमेरिकी विश्लेषक टम बेभनले वायोमिङ र ओहायोका रिपब्लिकन गभर्नरहरूले डेमाक्रेटिक पार्टीका शीर्ष नेताहरूका विरुद्ध फौजदारी अभियोग दायर गर्नका लागि प्रक्रिया बढाउन सक्ने सम्भावना औंल्याएका छन् । यसले अमेरिकाको न्यायिक प्रणालीलाई समस्यामा पार्ने उनले बताए । 

अहिले अमेरिकी संसद् कंग्रेसमा हाउस ओभरसाइट कमिटीका अध्यक्ष रिपब्लिकन सांसद जेम्स कोमरले बाइडन परिवारको शंकास्पद भनिएको व्यापारिक गतिविधिका बारेमा अनुसन्धान गरिरहेको छ । सन् २०२४ मा बाइडन पुनः राष्ट्रपतिमा उठ्नका लागि मनस्थिति बनाइरहेका छन् र उनलाई त्यसबाट रोक्नका लागि उनको परिवारविरुद्धको अनुसन्धान सहायक हुन्छ कि भनी रिपब्लिकनहरूले दाउ हेरिरहेका छन् । 

वास्तवमा ट्रम्पविरुद्धको अभियोजन प्रकरणले अमेरिकाको राजनीति तथा कानून व्यवस्था पतन हुँदै गएको संकेत दिएको छ । फ्रीडम हाउस संस्थाकी साराह रेपुच्चीले अमेरिकी लोकतन्त्रको उत्थानशीलताको कठोर परीक्षा चलिरहेको अनि अमेरिकीहरू दलीय स्वार्थबाट माथि उठेर लोकतन्त्र रक्षाका लागि क्रियाशील हुनुपर्ने बताएकी छन् । 

तर रिपब्लिकन र डेमोक्रेटहरूले एकअर्कालाई कानूनको हतियार प्रयोग गरी सिध्याउन खोजिरहेको अहिलेको अवस्थामा लोकतन्त्र जोगिन गाह्रो पर्ने देखिएको छ । ट्रम्पविरुद्धको अभियोजनले निम्त्याएको झिल्को गृहयुद्धरूपी आगोमा परिणत हुने सम्भावनालाई अतिशयोक्ति भन्न नसकिने स्थिति छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x