×

NMB BANK
NIC ASIA

सरकारलाई पूर्णता दिन सकस

मन्त्री नियुक्तिबारे कांग्रेस र नेकपा एसका शीर्ष नेतासँग प्रधानमन्त्री प्रचण्डको छलफल

बैशाख २, २०८०

NTC
फाइल फोटो
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग छलफल गरेका छन् । 

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहितका नेतासँग समसामियक राजनीतिका विषयमा छलफल गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीले कांग्रेस र नेकपा एसका शीर्ष नेतासँग समसामयिक विषयमा छलफल गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘उपनिर्वाचनको तयारी, मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।’ 


Advertisment
Nabil box
Kumari

छलफलबाट कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र नेकपा एसबाट महासचिव घनश्याम भुसाल पनि सहभागी थिए । 

Vianet communication

प्रधानमन्त्री प्रचण्डसँग अझै पनि ६ वटा मन्त्रालय बाँकी छन् । मुख्यगरी कांग्रेसले मन्त्रीमा पठाउने नाम टुंगो लगाउन नसक्दा सरकारले अझै पूर्णता नपाएको हो । 

कांग्रेसले ८ वटा मन्त्रालय पाउने सहमति भएको थियो तर शेखर पक्षलाई सहमतिमा ल्याउन थप १ मन्त्रालय पाउनुपर्नेमा कांग्रेस छ । १ मन्त्रालय थपिँदा कांग्रेसबाट ५ जना मन्त्री थपिनेछन् ।
 
जसमा संस्थापनबाट एनपी साउँद र मोहनबहादुर बस्नेत मन्त्री हुँदैछन् । शेखर पक्षले पनि ३ जना पाउने भएपछि आवश्यक सल्लाहमा नाम बुझाउने तयारी गरेको छ ।
 
शेखर पक्षबाट धनराज गुरुङ र डीगबहादुर लिम्बू मन्त्री बन्दैछन् । थप १ जनाका लागि सहमति जुटिसकेको छैन । 

सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे मुख्य दाबेदार छन् तर मन्त्रीका लागि प्रदीप पौडेल र सुरेन्द्रराज आचार्य पनि दाबेदार देखिएका छन् । 

वैशाख १० गते हुने उपनिर्वाचनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x