बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
बैशाख २२, २०८०
नेपाल सरकारले कित्ताकाटमा रोक लगाएको ६ वर्ष पुग्न लाग्यो तर, चोर बाटोबाट हुने कित्ताकाट निरन्तर भइरहेको छ ।
मोही हक कायम, मोही लगत कट्टा, अंशबण्डासहितको कित्ताकाट खुला रहेको अवस्थामा सेटिङमा यसको दुरुपयोग गरी अवैध कित्ताकाट समेत भइरहेको हो ।
रोक्का रहेको भनिएको अवधिमा भएको ठूलो संख्याको कित्ताकाटले पनि यसलाई पुष्टि गर्छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक हेर्दा चालू आर्थिक वर्ष २०७९/०८० को चैत मसान्तसम्ममा मात्र ३ लाख ६० हजार वटा कित्ताकाट भएको देखिन्छ ।
आर्थिक मन्दीका कारण घरजग्गाको कारोबार ठप्प रहेका बेला भएको कित्ताकाटको यो अंक सानो हैन । अघिल्ला वर्षहरूमा अझै धेरै कित्ताकाट भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा १३ लाख ६१ हजार १८४ र आर्थिक वर्ष २०७८/७९ मा १६ लाख ९१ हजार ९०९ कित्ताकाट भएको थियो ।
अघिल्ला दुई आर्थिक वर्ष र यो चैतसम्मको तथ्यांक जोड्दा ३४ लाख १३ हजार १५६ पुग्छ ।
व्यवस्थित तथ्यांक राख्न थालेपछि मुलुकमा ३ करोड १९ लाख ८६ हजार ३८८ वटा कित्ताकाट भएको विभागले जनाएको छ ।
सरकारले कृषि र गैरकृषि जग्गा छुट्याउने भनेर कित्ताकाट रोकेको थियो । तर, यो अवधिमा भित्री चलखेल गरेर हुने कित्ताकाटका निरन्तर भइरह्यो ।
कित्ताकाट रोकिँदा पनि वार्षिक कारोबार ९ लाख
सबै स्थानीय तहले जग्गाको वर्गीकरण नगरेसम्म कित्ताकाट गर्न नपाइने व्यवस्था यसअघि २३ जेठ २०७९ मा जारी भएको ‘भू–उपयोग नियमावली २०७९’ले गरेको छ ।
सो व्यवस्थापछि कृषि र गैरकृषि क्षेत्र नछुट्टिएको भन्दै जग्गाको कित्ताकाट औपचारिक रूपमा ठप्प छ । यसअघि वर्गीकरण भएको ठाउँमा परेको जग्गाको चार आनाभन्दा बढी क्षेत्रफलमा मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था थियो ।
जसले गर्दा अंशबन्डादेखि जग्गा बिक्री वितरणमा नै समस्या भएको गुनासो आइरहेको थियो ।
शुरूमा २६ साउन २०७४ मै भूमि व्यवस्था मन्त्रालयले जग्गा कित्ताकाटमा रोक लगाएको थियो । तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले कृषियोग्य जग्गाको खण्डीकरण रोक्न भन्दै कित्ताकाट रोकेका थिए ।
त्यो निर्णयलाई १८ भदौ २०७७ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बदर गरेकी थिइन् । यसमा रिट परेपछि अर्यालको निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले २०७७ मंसिरमा रोक लगाइदियो ।
त्यसपछि औपचारिक रूपमा जग्गाको कित्ताकाट खुलेकै छैन । तर, एकातिर जग्गाको कित्ताकाट रोकिने अर्कातिर कारोबार झन् बढ्दै जाने अवस्था रहेको तथ्यांकले देखाउँछ ।
सरकारले २३ जेठ २०७९ मा देशैभरका सबै स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्ट्याउनुपर्ने भन्दै ‘भू–उपयोग नियमावली २०७९’ जारी गरेर कित्ताकाट रोकेको थियो ।
यस्तो नियमको पालना अधिकांश स्थानीय तहले गर्न नसकेपछि आर्थिक मन्दीको असर कम गर्न र घरजग्गा व्यवसाय चलायमान गराउन भन्दै सरकारले ५ वैशाख २०८० मा उक्त नियमावली संशोधन गरेर कित्ताकाट खुला गराउने निर्णय गरेको थियो ।
तर, भित्री चलखेल रोकिने र कित्ताकाट गर्ने नाममा पाइरहेको लाभ गुम्ने भन्दै कर्मचारीले सरकारको उक्त निर्णय कार्यान्वयनमा लैजान चासो देखाएका छैनन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारी अंशबण्डा, मोही हक कायम र मोही छुटाउने तथा ठूला कित्ताको कारोबार नरोकिएको बताउँछन् ।
विभागका अनुसार जग्गा कित्ताकाट रोकिएको अवधिमध्ये दुई आवमा ९ लाखभन्दा बढीपटक कारोबार भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ९ लाख ४ हजारवटा कारोबार भएको देखिन्छ भने त्यसबाट ४७ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
राजस्व संकलनको हिसाबले गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी ५८ अर्ब ३४ करोड रुपैयाँ संकलन भएको छ । उक्त वर्ष जग्गाको कुल कारोबार भने ४ लाख ६८ हजार छ ।
पढ्नुहोस्, यो पनि :
पछिल्लो ५ वर्षको कित्ताकाट :
जग्गा कारोबार र राजस्व विवरण :
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...