×

NMB BANK
NIC ASIA

योगेश भट्टराई भन्छन्– नक्कली शरणार्थी प्रकरण प्रहरीको छवि उजिल्याउने अवसर

बैशाख २९, २०८०

NTC
Premier Steels

नेकपा एमालेका सचिव योगेश भट्टराईले  नेपाल प्रहरीका लागि राजनीतिक अपराधको जालो नष्ट गर्ने उपयुक्त अवसर प्राप्त भएको बताएका छन् । 

Muktinath Bank

भट्टराईले शुक्रवार सामाजिक सञ्जालमार्फत शरणार्थी प्रकरणमा भएको राजनीतिक अपराध र अपराधको राजनीतिकरणको जालो नष्ट गरेर प्रहरीको छवि उज्यालो पार्ने उपयुक्त अवसर प्राप्त भएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार, मानव तस्कर र प्रशासनिक नेतृत्वको अगुवाइमा नागरिकलाई अनागरिक बनाउनु राष्ट्रद्रोहसमेत भएको उनको भनाइ छ । ‘नक्कली भुटानी शरणार्थी केस सामान्य अपराध मात्र होइन, मानव तस्करी र बेचबिखनमा सरकारको राजनीति र प्रशासनिक नेतृत्व कै अगुवाइमा भएको राष्ट्रद्रोह हो' उनले सामाजिक सञ्जालमा लेखेका छन् ।


Advertisment
Nabil box
Kumari

'आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेशिन बाध्य बनाउनेलाई निन्दा र भर्त्सना गर्ने कुनै पनि शब्द नै छैन । नेपाल र नेपालीको आत्मसम्मानमाथि अपूरणीय क्षति पुगेको छ’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी र राज्यको सांस्कृतिक अधःपतनलाई सुद्धिकरण गर्ने, व्यवस्थाप्रति जनविश्वास जाग्रित गर्ने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको जालो नष्ट गर्ने र नेपाल प्रहरीको छवि उजिल्याउने उपयुक्त अवसर हो यो ।’

Vianet communication

यस अघि अप्ठ्यारो घटनामा पनि प्रहरी काबिल भएको भन्दै उनले विना दबाब अनुसन्धान अगाडि बढाउन आग्रह गरेका छन् । ‘साधन र स्रोतका बाबजुद अपराधीक घटनाको छानबिन गरी सत्य-तथ्य बाहिर ल्याउन नेपाल प्रहरी सक्षम छ । विगतमा कतिपय जटिल र अप्ठ्यारो ठानिएका घटनामा नेपाल प्रहरीले आफूलाई काबिल साबित गरेको छ’ उनले भनेका छन्, ‘प्रहरीको अनुसन्धानमाथि बाह्य दबाब, राजनीतिक हस्तक्षेप र स्वार्थ समूहले रोटी सेक्न खोज्दा अनुसन्धान कसरी बरालिन्छ भन्ने कुरा निर्मला पन्त काण्डबाट नेपाल प्रहरीले पाठ सिकेकै होला ।’

यसले प्रहरीलाई शरणार्थी प्रकरणमा स्वतन्त्र ढंगले छानबिन गर्न दिनुपर्ने, राजनीतिक दबाव र पक्षधरताबाट मुक्त राख्नुपर्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x