जेठ १९, २०८०
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रवार उज्जैनको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्दैछन् । राजधानी नयाँदिल्लीबाट प्रधानमन्त्री प्रचण्ड इन्दोरतर्फ प्रस्थान गरिसकेका छन् । इन्द्रोर...
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन् ।
बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ नामक तस्वीर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन (राजतन्त्र) हुन नसक्ने बताएकी हुन् ।
‘राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्ने कुरा पनि गणतन्त्रबाट सम्भव भएको हो । नत्र यसरी स्वतन्त्रता हुँदैनथ्यो । हाम्रा शासक, सत्ता सञ्चालकहरूले गरेका कमजोरी र गल्तीलाई पनि हामी बाहिर बोल्न सक्दैनथ्यौं,’ उनले भनिन्, ‘यहाँ भएका समस्यालाई सुधार गर्ने पनि गणतन्त्रले नै हो । लोकतन्त्रले नै हो । यसको विकल्प पश्चगमन हुन सक्दैन । पछाडि फर्कने कुरा हुन सक्दैन ।’
गणतन्त्रकै कारण भ्रष्टाचार र बेथितिविरुद्ध ढुक्कले बोल्न सक्ने वातावरण बनेको उनको तर्क छ ।
मन्त्री शर्माले सरकार सञ्चालनका क्रममा भएका त्रुटिलाई व्यवस्थासँग जोडेर हेर्न नमिल्ने बताइन् । उनले गणतन्त्रले दलित, महिला लगायतका उत्पीडित समुदायलाई राजनीतिको शीर्ष तहमा पुर्याएको पनि बताइन् ।
राज्यको माथिल्लो तहमा पुगको कोही व्यक्ति बिग्रिएमा त्यसलाई गणतन्त्रको दोष भन्न नमिल्ने उनको जिकिर छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रवार उज्जैनको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्दैछन् । राजधानी नयाँदिल्लीबाट प्रधानमन्त्री प्रचण्ड इन्दोरतर्फ प्रस्थान गरिसकेका छन् । इन्द्रोर...
भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँदिल्लीस्थित आफू बसेको होटल आईटीसी मौर्यमा शुक्रवार बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा...
कोशी प्रदेशसभा बैठक आज शुक्रवार बिहान ११ बजे बस्दैछ । बिहीवार आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि बैठक स्थगित गर्दै सभामुख बाबुराम गौतमले अर्काे बैठक शुक्रवार बस्ने जानकार...
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा अगाडि बढिरहेको बताएका छन् । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उनले उल्लेख गरे । सुनसरीको सदरम...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीवार साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजन...
नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो । पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...