जेठ १८, २०८०
केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले आज (बिहीवार) एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका ला...
काठमाडौंको टोखाका २८ वर्षीय विश्वास अर्याल कास्कीको पोखराबाट बेपत्ता भएका छन् ।
गत वैशाख २८ गते काठामाडौंबाट पोखरा गएका उनी वैशाख २९ गतेदेखि बेपत्ता बनेका विश्वासका बुबा बुवा राजेन्द्रबन्धु अर्यालले जानकारी दिए ।
उनका अनुसार विश्वास पोखरा गएर विरौटास्थित फुपूको घरमा बसेका थिए ।
वैशाख २९ गते साँझ फुपूको छोरालाई साथमा लिएर साथीको दाइको बिहेको रिसेप्सन पार्टीमा गएका थिए । पार्टीबाट निस्किए पछि उनी बेपत्ता भएको राजेन्द्रबन्धुको भनाइ छ ।
विश्वास हराएपछि परिवारले प्रहरीमा खोजतलास गर्नका लागि उजुरी पनि दर्ता गराएको छ । तर उनको अवस्था पत्ता लाग्न सकेको छैन ।
छोरा नफर्केपछि राजेन्द्रबन्धुले वैशाख ३१ गते पोखरा पुगेर प्रहरीमा जाहेरी दिएका थिए । ‘अहिलेसम्म खोजतलास जारी छ । बाबु पत्ता पनि लाछैन । अरू केही घटना भएको भए प्रमाणित त्यस्तो आधार पनि छैन’, उनले भने ।
सीसीटीभी फुटेज हेर्दा विश्वास पालिखेचोकबाट राति साढे १० बजे नदीपुरतर्फ गएको देखिएको उनले जानकारी दिए ।
‘सीसीटीभी फुटेजमा दुई जना केटाले उसलाई घेरेर लगेको देखिएको छ’ विश्वासका बुबाले भने । त्यसपछि नदीपुर पुलमा उसको मोबाइल र पर्स खोसिन्छ । नदीपुरमै मोबाइल खोसिएपछि भेट्छु कि भनेर हेर्न आको जस्तो देखिन्छ’, सीसीटीभी फुटेजमा देखिएको दृश्यबारे विश्वासका बुबा राजेन्द्रबन्धुले भने ।
करिब १२ बजेको समयमा वडा कार्यालय नजिकै सीसीटीभी फुटेजमा देखिएका विश्वास त्यहाँबाट कता गए पत्तो नपाएको राजेन्द्रबन्धुले बताए ।
विश्वासको मोबाइल लुट्ने २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए । तर बेपत्ता विश्वासको अवस्था पत्ता लाग्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जेठ १ गते नदीपुरको पहेंलो पुलको मुनि विश्वास खसेको आशंकामा दिनभर खोजतलास गरिएको प्रहरीले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सेती नदीको खोंचमा पनि उनको खोजी गरेको थियो । तर उनी नभेटिएको प्रहरीले जनाएको छ ।
केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले आज (बिहीवार) एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका ला...
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा संस्थाका कार्यकारीका अध्यक्षसहित ६ ज...
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्ने बताएका छन् । रासस केन्द्रीय कार्यालयमा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘हा...
यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल वायुसेवा निगमका एक कर्मचारी कारवाहीमा परेका छन् । जहाजको ढोकासम्म पुगेका यात्रु ठाकुरसिंह भण्डारीलाई सिस्टममा नाम नभएको भनि घर फर्काइदिने निगमका कर्मचारी गगनबहादुर ...
भरतपुर महानगरले अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन शुरु गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट अवैध संरचना हटाउन शुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारक...
कांग्रेस सभापति शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन् । धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...