असोज १०, २०८०
नेपाल चिकित्सक संघ गण्डकी शाखाले विरोधका कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले २ बुँदे निर्णयसहितको विज्ञप्ति जारी गरेसँगै हालको लागि सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित भएको...
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा सोमवार शुभकामना व्यक्त गर्दै उनले सन्देशमा भनेका छन्, ‘आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ । विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ ।’
यस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहँदा प्लास्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले प्लास्टिकजन्य फोहोर वातावरणीय चुनौती बन्न पुगेको उनले बताए ।
‘मानव जातिको महत्त्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास साथै बढ्दो प्रदूषणको चुनौती बनेको छ,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।
राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।
वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमहरूले वन तथा वातावरणको क्षेत्रमा उपलब्धि हासिल भएको उनले बताए । वातावरणको संरक्षण तथा संवद्र्धनको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश तथा स्थानीय निकाय, सुरक्षा निकाय, विकास साझेदार एवं सबैलाई धन्यवाद समेत दिए ।
नेपाल चिकित्सक संघ गण्डकी शाखाले विरोधका कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले २ बुँदे निर्णयसहितको विज्ञप्ति जारी गरेसँगै हालको लागि सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित भएको...
चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गरेका छन् ...
मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ । ‘...२०८० साल...
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकाले बिहीवार सार्वजनिक बिदा दिएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपानेले बुधवार एक सूचना प्रकाशित गर्दै नगरपालिकाले बिहीवार अनन्त चतुर्दशीको अवसरमा सार्वजनिक बिद...
सहमतिमा नेतृत्व छान्ने प्रक्रिया विफल भएपछि नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि दुईजनाले उम्मेदवारी मनोनयन फारम भरेका छन् । रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले प्रस्तावक र समर्थकसहित ...
नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जनाएको छ । नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...