×

NMB BANK
NIC ASIA

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिनमा सद्‌भावलाई दुई स्ट्रोकको अग्रता

काठमाडाैं | जेठ २५, २०८०

NTC
Premier Steels

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिनमा राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्‌भाव आचार्य दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिताको खेलमा अन्तिम १८ होलको खेल बाकी छँदा सद्‌भावले एकल अग्रता बनाएका हुन् ।

Muktinath Bank

सद्‌भावले तेस्रो दिन पनि ७–अन्डर ६५ को उत्कृष्ट स्कोर निकाले ।  समग्रमा १६–अन्डर २०० को सानदार स्कोरमा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङलाई दुई स्ट्रोकले पछि पारे । दोस्रो दिनका संयुक्त लिडर सुवास ५–अन्डर ६७ खेल्दै समग्रमा १४–अन्डर २ सय २ को स्कोरमा दोस्रो स्थानमा तल झरे। प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेल बाकी छँदा दाबेदारी प्रस्तुत गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२–अन्डर ७० को कार्ड बनाएका धरानका नीरज तामाङ  समग्रमा ८–अन्डर २ सय ८ सहित तेस्रो स्थानमा छन्। डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्र बहादुर राईले तेस्रो दिन १–अन्डर ७१ को स्कोर गरे। समग्रमा  ७–अन्डर २ सय ९ सहित उनी चौथो स्थानमा रहेका छन् । शुक्र लिडर सद्‌भाव भन्दा नौ स्ट्रोकले पछि परिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

समग्रमा ५–अन्डर २ सय ११ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटीले संयुक्तरुपमा पाँचौ स्थान बाँडे । आज दिनेशले ४–अन्डर ६८ र भुवनले १–अन्डर ७१ मा खेल सकाए। इभन–पार ७२ को स्कोरमा समग्रमा ३–अन्डर २ सय १३ सहित जयराम श्रेष्ठ सातौं स्थानमा रहे । पूर्णप्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २–अन्डर २ सय १४ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे । पुर्णले ६–अन्डर ६६ र  शिवरामले १–ओभर ७३ मा तेस्रो दिनको खेल सकाए। ३–ओभर ७५ को स्कोर निकालेका तोरण बिक्रम शाही समग्रमा १–अन्डर २ सय १५ सहित १०औं स्थानमा छन् ।

Vianet communication

एमरच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा रहेका छन् । आज दुई ओभर ७४ खेलेका उनले समग्रमा ३–ओभर २ सय १९ स्कोर बनाए ।

युवा गल्फर सद्‌भावले लगातार दोस्रो दिन ७–अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । सद्‌भावले पहिलो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र छैटौं होलमा बोगी खेपे । यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गर्दै ११औं, १२औं, १४औं, १५औं र १६औं होलमा पाँच बर्डी प्रहार गरे। उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए ।

सुवासले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाउने क्रममा पहिलो, तेस्रो, चौथाें, सातौं र नवौं होलमा एक–एक सट बचाए । छैटौं होलमा बोगी प्रहार गरे । ब्याक नाइन भने १–अन्डर ३५ मा पूरा गरे । १२औं, १६औ र १८औं होलमा बर्डी प्रहार गरेपनि १०औं र १४औं होलमा एक–एक सट खेर फाले ।

नीरजले फ्रन्ट नाइनमा आज पनि उत्कृष्ट प्रदर्शन गरे । पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए। ब्याक नाइनमा उनले लय गुमाए । ११औं र १२ औं होलमा एक–एक सट बचाए। तर १४औं र १६औं होलमा बोगी खेप्दा १५औं होलमा ट्रीपल बोगी प्रहार गरे ।

शुक्रले फ्रन्ट नाइन १–अन्डर ३५ र ब्याक नाइन इभन–पार ३६ मा सकाए। उनले पहिलो, चौथों, नवौं, १५औं र १७औं होलमा एक–एक सट बचाए। सातौ, आठौं, ११औं र १३औं होलमा बोगी खेपे ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको अन्तिम १८ होलको खेल भोलि हुनेछ । 

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको छ । कुल १५ लाख २० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x