असोज ५, २०८०
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्यो । बिहिबारदेखि सुरु भएको बैठकमा आज ४५ जना केन्द्रीय सदस्यहरुले पा...
काठमाडाैं | जेठ २६, २०८०
नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले नेपालकै सबभन्दा आकर्षक जलाशययुक्त उत्तरगंगा जलविद्युत आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका छन् । सरकारका नीति तथा कार्यक्रम र बजेटमा जलाशययुक्त आयोजनालाई जोड दिइएपनि उत्तरगंगाको विषय नसमेटिएकोमा उनले प्रश्न गरे ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटका सामान्य छलफलमा भाग लिँदै सांसद भट्टचनले उत्तरगंगा आयोजनाको काम अगाडि बढाउन माग गरेका हुन् । ‘नेपालको सबैभन्दा राम्रो सुख्खा याममा १०० प्रतिशत फल दिने उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजनाबारे किन सोच्न सकेका छैनौं ।
३५ वर्ष अगाडि जायिकालले गरेको अध्ययनले सबभन्दा फिजिबल भनेको छ, यो शुरु नगर्नेमा के कारण छ ?’ भट्टचनले प्रश्न गरे ।
बाग्लुङको ढोरपाटन र निसिखोला क्षेत्रमा पर्ने यो बहुद्देश्यीय आयोजनाको हेडग्रेसबाट ८२८ र टेलग्रेसबाट ८६० गरी १६ सय ८८ मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको उनले बताए ।
सांसद भट्टचनले बौद्ध धार्मिक स्थल समेटेर निर्माण गरिने भनिएको बुद्ध सर्किटमा मनाङ र मुस्ताङ जिल्लालाई समेटन सरकारको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्रीको चीन भ्रमण अगावै १३ अर्ब रुपैयाँ लिने सम्झौता गरौं
सांसद भट्टचनले बाग्लुङ र मुस्ताङ जिल्लामा अनलाइन कक्षा संचालनका लागि चीनको एक्जिम बैंकबाट १३ अर्ब रुपैयाँ लिने सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण अगावै गर्न आग्रह गरेका छन् । ‘बजेटमा गुणस्तरीय शिक्षा आम नागरिकको पहुँच भन्ने नारा छ ।
केही दिन अगाडि चीन सरकारको सहयोगमा १३ अरब रुपैयाँ रकम बराबर एक्जिम बैंकको सहयोगमा नेपाल सरकारलाई उपलव्ध गराई नेपालका बाग्लुङ र मुस्ताङ जिल्लामा जिल्लामा अनलाइन कार्यक्रम संचालन गर्ने योजना बनाएको छु’ सांसद भट्टचनले संसदमा भने, ‘२० वर्षको किस्ताबस्तीमा तिर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको चीन भ्रमण अगावै सम्झौता गर्ने तयारी गरौं । हामी चीनले बनाइदिएको संसद भवनमा बसिरहेका छौं भने चीनबाट रकम लिनुहुन्न भन्ने छैन होला ।’
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्यो । बिहिबारदेखि सुरु भएको बैठकमा आज ४५ जना केन्द्रीय सदस्यहरुले पा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण आजबाट शुरू हुँदैछ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर शुक्रबार चीन प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आज हाङजाउमा हुने १९औँ एसिय...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन् । समाजवादी पेसागत कानून व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्&zwnj...
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशमा जातीय र धार्मिक सद्भाव खल्बलाउने संकेत देखा पर्न थालेको बताएका छन् । धार्मिक सहिष्णुता बिग्रने गरी देशका केही स्थानमा संकेतहरू देखा पर्न थाल्नु गम्भीर ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन् । नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको दोस्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका बालकृष्ण खाँणलाई भेटेका छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा शनिवार बिहान ९ बजे शेखरले खाँ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...