कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
काठमाडाैं | जेठ ३०, २०८०
गृह मन्त्रालयले मनसुन शुरू हुनुभन्दा अगाडि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना– २०८०’ स्वीकृत गरेर यसपालिको वर्षातमा साढे १२ लाख मानिसहरू प्रभावित हुने अनुमान गर्यो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ अध्यक्ष रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्ययोजना स्वीकृत गरेको हो । बर्सेनि बन्ने गरेको कार्ययोजनाको यो १८ औं संस्करण हो ।
मनसुनअगावै कार्ययोजना त आएको छ तर अघिल्ला वर्षहरूमा जस्तै यसपालि पनि विपद् पूर्वतयारीका लागि जनशक्ति र स्रोत व्यवस्थापनमा उचित ध्यान दिइएको छैन ।
अघिल्ला वर्षहरूमा बाढी, पहिरो र डुबानले धनजनको ठूलो क्षति गरेको थियो । त्यो समयमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरे ।
केही सामाजिक संस्थाहरूले खाद्यन्न र लत्ताकपडा बाँडे तर, समयमै उद्धार तथा पीडितको उचित व्यवस्थापन नभएकोमा प्रश्न उठ्यो ।
यसपालि वर्षातको समय नजिकँदै गर्दा कार्ययोजना त पारित भयो तर स्रोतसाधन र दक्ष जनशक्तिको पाटोमा भने खासै काम भएको छैन ।
नेपाल प्रहरीमा अहिले विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका जनशक्ति १ हजार ८६१ जना छन् । त्यसमा पनि धेरैजसो आधारभूत तालिम लिएका मात्र छन् ।
प्रहरीको विपद् व्यवस्थापन कार्यालय समाखुशीले १ हजार १९२ जना जनशक्ति उत्पादन गरेको छ भने अन्य दातृ निकाय र संघ-सस्थाहरूबाट ९६९ जना प्रहरीले तालिम लिएका छन् ।
प्रहरीले प्रत्येक वर्ष ४५ कार्यदिनको ३०/३० जनाको तालिम सञ्चालन गर्दै आएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतका अनुसार अघिल्लो वर्ष ४ वटा तालिम सञ्चालन भएका थिए ।
८ कार्यदिन भएको एउटा एडभान्स तालिम सञ्चालन भएको थियो ।
प्रहरीमा अहिले सशस्त्र प्रहरी बलको सि.सं. ३ बाट उत्पादन भएका १ जना गोताखोर (१०० फिट पानीभित्र गहिराइमा गएर खोजी तथा उद्धार गर्न सक्ने), ३ जना वाटर गाइड र ४ जना वाटर इन्डिस (१५ फिट पानीभित्र गएर खोजी गर्न सक्ने) दक्ष जनशक्ति छन् ।
प्रहरीले अहिले देशका ७ वटा प्रदेशमा विपद् व्यवस्थापन गुल्म स्थापना गरेको छ । कोशी प्रदेशको झापा, मधेश प्रदेशको वीरगञ्ज, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको बाग्लुङ, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको जुम्ला र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा गुल्म स्थापना गरेको प्रवक्ता कडायतले बताए । प्रत्येक गुल्ममा प्रहरी इन्स्पेक्टरको कमान्डमा १२५ जना प्रहरीहरू हुने गर्छन् ।
‘हामीले प्रत्येक प्रदेशको भौगोलिक अवस्था र प्राकृतिक जोखिमका आधारमा गुल्म राखेका हौं,’ प्रवक्ता कडायतले लोकान्तरसँग भने ।
यति हुँदाहुँदै पनि प्रहरीमा आवश्यक पर्ने स्रोत र साधनको कमी भएको डीआईजी कडायतको भनाइ छ । उपत्यकाको विपद् व्यवस्थापन कार्यालयमा आगो नियन्त्रणका लागि आवश्यक उपकरण, डोरी र घर भत्किएका ठाउँबाट उद्धारलगायतका सामानहरू रहेको तर प्रदेशमा सामग्रीहरू अपुग भएको उनले बताए ।
‘सामग्री हुँदै नभएको भन्न त मिलेन तर आवश्यक पर्ने सामग्रीको कमी छ,’ प्रवक्ता कडायतले भने, ‘स्थानीय तहहरूले विपद्का लागि सामग्री किन्ने व्यवस्था गरेका छन्, तर उनीहरूले चाहिने भन्दा पनि झारा टार्ने खालका सामग्री दिन्छन् ।
स्थानीय तहले साबेल, डोरी, बाल्टिनलगायतका सामग्री मात्र उपलब्ध गराउँदै आएका छन् । ती सामग्री सामान्य विपद्मा पनि पर्याप्त नहुने उनले बताए ।
पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा ए क्लास एम्बुलेन्सहरू खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक–एकवटा रहने व्यवस्था गरेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयले प्रहरीलाई यो आर्थिक वर्षमा ४५ लाखको सामान उपलब्ध गराएको थियो ।
यस्तै, सशस्त्र प्रहरी बलले पनि विपद् व्यवस्थापनका लागि २ हजार २३० जना कर्मचारीलाई खटाएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार ७ वटै प्रदेशमा बाहिनीसँग जोडिएर विपद्को एक–एकवटा प्लाटुन तयारी अवस्थामा छन् । प्रत्येक प्लाटुनमा ३५ जनादेखि ५० जनाको टोली तयारी अवस्थामा छ । यस्तै सशस्त्रले ७ वटै प्रदेशमा ७४ जना गोताखोरलाई तैनाथ गरेको छ ।
पानीसम्बन्धी विपद् आएको खण्डमा र नदीहरूमा मानिस हराएको खण्डमा गोताखोर परिचालन गर्ने गरिएको छ । सशस्त्रसँग अहिले एमसीभी भेइकल ८ वटा र डाक्टरसहितका अत्याधुनिक एम्बुलेन्स ८ वटा छन् ।
यति हुँदाहुँदै पनि आवश्यक मात्रामा स्रोत र साधनको अभाव छ । स्थानीय तहले दिने स–साना सामानहरू र राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणले दिने स्रोत तथा साधनबाट उद्धार टोली परिचालन गर्ने गरेको एसएसपी खड्काले बताए ।
‘हामीसँग अहिले एकसरो काम गर्नका लागि स्रोत साधन छ, अझै पनि आवश्यक पर्ने स्रोत साधनहरू पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन,’ उनले लोकान्तरसँग भने । सशस्त्रले कुरिनटारमा विपद् व्यवस्थापन शिक्षालय सञ्चालन गर्दै आएको छ ।
नेपाली सेनाले विपद् व्यवस्थापन निर्देशनालयमार्फत विपद् व्यवस्थापनको काम गर्दै आएको छ । सेनाले विपद् व्यवस्थापन तालिम केन्द्र, विपद् व्यवस्थापन गण १ र गण २ मार्फत देशभरमा विपद् व्यवस्थापनको काम गर्छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार सेनाका सबै जनशक्तिले विपद् व्यवस्थापन तालिम लिएका छन् ।
‘सम्भावित विपद् हुने समयमा हरेक युनिटमा विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा हुन्छ । गणमा गुल्म र गुल्ममा एउटा प्लटुन तयारी अवस्थामा हुन्छन्,’ सहायक रथी भण्डारीले लोकान्तरसँग भने ।
कहाँ–कहाँ छ विपद्को जोखिम
सामान्यतया जेठ अन्तिम साताबाट मनसुन नेपाल प्रवेश गर्दछ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गर्ने सम्भावना रहेको बताएका छन् । नेपालमा मनसुन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ ।
नेपालमा भारी वर्षाका कारण सिर्जित बाढी तथा पहिरो प्रमुख मनसुनजन्य विपद् हुन् । यसका साथै मनुसनको अवधिमा झाडापखाला, हैँजाजस्ता पानीजन्य रोग, सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य प्रकोप बढ्ने गरेको राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणले जनाएको छ ।
गृह मन्त्रालयको विगतको तथ्यांकअनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुंगा, ललितपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्यूठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन् ।
त्यसैगरी, बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...